— कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले दिएको राजीनामा स्वीकृत भएको छ । ८ माघमा पौडेलले दिएको राजीनामा कांग्रेस सभापति गगनकुमार थापाले स्वीकृत गरेका हुन् ।
पौडेल २७ वैशाख २०७३ देखि कार्यालयमा मुख्य सचिव पदमा कार्यरत थिए । राजीनामा स्वीकृत गर्दै सभापति थापाले पार्टीको विधान, नियमावली तथा नीतिअनुसार जिम्मेवारी निर्वाह गरेकोमा पौडेलप्रति पार्टी र व्यक्तिगत रुपमा धन्यवाद व्यक्त गरेका छन् ।
साथै, कांग्रेसको विधान, २०१७ (संशोधनसहित) को धारा २५ (१०), कांग्रेसको नियमावली, २०७६ को नियम ४६ (ग) तथा कांग्रेस कर्मचारी विनियमावली, २०७९ को नियम १४ (क) बमोजिम अर्को व्यवस्था नहुन्जेलसम्मका लागि केन्द्रीय कार्यालयका सचिव कृष्णप्रसाद दुलाललाई केन्द्रीय कार्यालयको का.वा. मुख्य सचिवको जिम्मेवारी ताेकिएको छ ।