मुख्य समाचार
अनुसन्धान आयोगले हुम्ला ताजाकोट गाउँपालिकाका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत लालप्रसाद ढकालसमेत गरी चारजनाविरुद्ध भ्रष्टाचार मु्द्दा दायर
अनुसन्धान आयोगले हुम्ला ताजाकोट गाउँपालिकाका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत लालप्रसाद ढकालसमेत गरी चारजनाविरुद्ध भ्रष्टाचार मु्द्दा दायर

: अख्तियार दुरूपयोग अनुसन्धान आयोगले हुम्ला ताजाकोट गाउँपालिकाका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत लालप्रसाद ढकालसमेत गरी चारजनाविरुद्ध भ्रष्टाचार मु्द्दा दायर गरेको छ।



आयोगले ता्जाकोट गाउँपालिकाका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत ढकाल,स्वास्थ्य शाखा प्रमुख राजेन्द्र स्याङकु, सहलेखापाल विर्षसिंह सुनार र आर्यन फार्माका सञ्चाअलक कृष्ण कुमार भुजुवाविरुद्ध बुधबार विशेष अदालत काठमाडौंमा आरोप- पत्र दायर गरेको हो।



आयोगका अनुसार उनीहरूविरुद्ध स्वास्थ्य शाखाको औषधि खरिदमा अनियमितता गरेको भन्ने उजुरी परेको थियो। सोही उजुरीका आधारमा छानबिन हुँदा गाउँपालिकाको स्वास्थ्य उपकरण खरिद गर्दा वदनियतपूर्ण तवरले खरिद गरेको भन्दा बढी औषधिको विवरण थप गरी १ लाख ९१ हजार ८५० रुपैयाँ भुक्तानी लिएको खुल्न आएको अख्तियारको दावी छ।




उनीहरूमध्ये निमित्त प्रमुख प्रशासकीय अधिकृत ढकाल र स्वास्थ्य शाखा प्रमुख स्याङ्कू र सह लेखापाल सुनारविरुद्ध १ लाख ९१ हजार ८५० रुपैयाँ र आर्यन फार्मा नेपालगञ्जका सञ्चालक भुजुवालाई १ लाख ९० हजार ८०० विगो माग र सजाय माग गरिएको आरोप-पत्रमा उल्लेख छ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
— नेकपा संयोजक पुष्पकमल दाहालले स्वच्छ, निष्पक्ष र धाँधलिरहित वातावरणमा निर्वाचन भए नेकपा एक नम्बर पार्टी बन्ने दाबी गरेका छन् । बुधबार काठमाडौंमा आयोजित एक कार्यक्रममा दाहालले सामाजिक सञ्जालमा हुने गतिविधिले चुनावी नतिजा निर्धारण नगर्ने बताएका हुन् । 'स्वच्छ, निष्पक्ष र धाँधलीरहित निर्वाचन हुँदा हाम्रो नेपाली कम्युनिस्ट पार्टी (नेकपा) एक नम्बर पार्टी बन्ने सम्भावना छ ...
— सुरक्षित आप्रवासनका लागि राष्ट्रिय सञ्जाल (एनएनएसएम)ले वैदेशिक रोजगारीसम्बन्धी मुद्दा प्राथमिकताका साथ घोषणापत्रमा समावेश गर्न राजनीतिक दलहरुलाई आग्रह गरेको छ। सञ्जालले विज्ञप्तिमार्फत वैदेशिक रोजगारीमा संलग्न नेपाली श्रमिक र उनका परिवारको हक अधिकार संरक्षणलाई प्राथमिकताका साथ राख्न अपिल गरेको हो। नेपाली श्रमिक र श्रमिक परिवारको अधिकार संरक्षणमा कार्यरत गैरसरकारी संस्थाहरूको छाता संगठन एनएनएसएमले वैदेशिक रोजगारीका क्रममा श्रमिकले भोग्दै ...
— प्रधानमन्त्री सुशीला कार्कीले स्वास्थ्य बिमाको स्रोतसम्बन्धी समस्या तत्काल समाधान गर्ने बताएकी छन् । बुधबार सम्बन्धित पक्षसँगको छलफलमा प्रधानमन्त्री कार्कीले उक्त प्रतिबद्धता व्यक्त गरेकी हुन् । प्रधानमन्त्री कार्कीले स्वास्थ्य बिमा कार्यक्रम विपन्न वर्गको भएकाले यसलाई विपद्कै रुपमा लिएर अर्थमन्त्रीसँग छलफल गरी समस्या समाधान गर्न ढिलाइ नगर्ने बताइन् । उनले उक्त कार्यक्रमलाई कडा नियमन गर्न जरुरी रहेको पनि ...
— गृहमन्त्री ओमप्रकाश अर्याल र संयुक्त राष्ट्र संघीय लागूऔषध तथा अपराध नियन्त्रण कार्यालय (यूएनओडीसी) को दक्षिण एसिया हेर्ने क्षेत्रीय प्रतिनिधि क्रिस्टियन होल्जबीच शिष्टाचार भेट सम्पन्न भएको छ । भेटमा मन्त्री अर्यालले यूएनओडिसीले लागूऔषध नियन्त्रण लगायतका क्षेत्रमा नेपाललाई पुर्‍याउँदै आएको सहयोगको लागि धन्यवाद व्यक्त गरे । साथै यूएनओडिसीसँगको सहकार्य अझै बढाउँदै लैजान सकिने बताए । यूएनओडिसी क्षेत्रीय प्रतिनिधि होल्जले ...
: निर्वाचन आयोगले समानुपातिक निर्वाचन प्रणालीतर्फका उम्मेदवारहरूको अन्तिम बन्दसूची प्रकाशन गरेको छ। फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनको समानुपातिक निर्वाचन प्रणालीतर्फको निर्वाचन अधिकृतको कार्यालयमा राजनीतिक दलहरूबाट पेस भएका ६३ राजनीतिक दलबाट ५७ निर्वाचन चिन्ह कायम भएका ३ हजार १३५ उम्मेदवारको अन्तिम बन्दसूची आज सार्वजनिक गरेको हो। प्रतिनिधि सभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ...