मुख्य समाचार
हर्कराज राई (साम्पाङ) ले धरान खानेपानी व्यवस्थापन बोर्डमा २२ जना आफन्त र कार्यकर्तालाई गैरकानुनी रूपमा नियुक्ति दिएर जागिर खुवाएको खुलासा
हर्कराज राई (साम्पाङ) ले धरान खानेपानी व्यवस्थापन बोर्डमा २२ जना आफन्त र कार्यकर्तालाई गैरकानुनी रूपमा नियुक्ति दिएर जागिर खुवाएको खुलासा

: भ्रष्टाचारविरोधी छवि बनाएर चर्चामा आएका धरान उपमहानगरपालिकाका निवर्तमान मेयर हर्कराज राई (साम्पाङ) ले धरान खानेपानी व्यवस्थापन बोर्डमा २२ जना आफन्त र कार्यकर्तालाई गैरकानुनी रूपमा नियुक्ति दिएर जागिर खुवाएको खुलासा भएको छ ।



मेयर पदमा रहँदा साम्पाङले प्रक्रिया र कानुनी मापदण्ड विपरीत ठाडो आदेशमा कर्मचारी नियुक्ति गरी खानेपानी बोर्डमा जागिर दिलाएको तथ्य बाहिर आएको हो । खानेपानी बोर्डमा नियुक्त गरिएका २२ मध्ये अधिकांश साम्पाङका आफन्त तथा नजिकका कार्यकर्ता रहेको आरोप छ ।



नियुक्त गरिएकामध्ये राजिन राई, लक्ष्मी आङ्बुहाङ लिम्बू, पुन्नकला राई, सीता राई, भावना थाम्सुहाङ, मदन राई, सिर्जना राई, कोपिला राई, चन्द्रम राई, गोपाल राई, देवी राई, मनकुमार राई, निर्मल थापा मगर, गिरिराज राई, ओमकुमार राई, सर्मना राई, निरुजा राई, पुजा राई, नामसाङ राई, रामनाथ राई, कल्पना राई र हिरादेबी राई रहेका छन् ।




उनीहरूलाई सहायककर्ता प्रमुख, कार्यालय सहयोगी, चौकीदार, माली, प्लम्बर, सुपरभाइजर, कम्प्युटर अपरेटर जस्ता पदमा नियुक्त गरिएको छ । साम्पाङले नियुक्त गरेका कर्मचारीमध्ये मनकुमार राई र निर्मल थापा मगरले खरदार स्केलमा तलब बुझ्ने गरेको र अन्य २० जनाले कार्यालय सहयोगी स्केलमा तलब बुझ्ने गरेको पाइएको छ ।

खानेपानी व्यवस्थापन बोर्डका निर्देशक राजु पोखरेलका अनुसार साम्पाङ मेयरमा निर्वाचित भएपछि २०७९ चैत १ गतेदेखि २०८२ साउन ७ गतेसम्म २२ कर्मचारी नियुक्त गरिएको जानकारी दिएका छन् । कर्मचारी नियुक्ति गर्दा सार्वजनिक विज्ञापन आह्वान गरी प्रतिष्पर्धात्मक प्रक्रिया पूरा गर्नुपर्ने कानुनी व्यवस्था भए पनि उक्त प्रक्रिया पालना नगरिएको पाइएको छ । नियुक्त गरिएका सबै कर्मचारी साम्पाङको ठाडो निर्देशनमा गरिएको थियो ।

स्रोतका अनुसार साम्पाङले २० जनालाई कार्यालय सहयोगीस्तरको मासिक २४ हजार ७०२ रुपैयाँ तलब र दुई जनालाई खरिदार स्केलअनुसार मासिक ३२ हजार ९०२ रुपैयाँ तलब दिने गरी नियुक्ति दिलाएका थिए । यसरी गरिएको नियुक्तिले धरान खानेपानी व्यवस्थापन बोर्डलाई मासिक पाँच लाख ५९ हजार ८४४ रुपैयाँ बराबरको आर्थिक भार परेको छ ।

धरान खानेपानी व्यवस्थापन बोर्डका अध्यक्ष समेत रहेका साम्पाङले पारदर्शिता र सुशासनको कुरा गर्दै आएका थिए । तर आफन्त र कार्यकर्तालाई गुपचुप रूपमा जागिर दिलाएको विषय बाहिरिएपछि उनको ‘भ्रष्टाचारविरोधी’ छविमाथि गम्भीर प्रश्न उठेको छ ।

साम्पाङले धरानको मेयर पदबाट राजीनामा दिएर सुनसरी क्षेत्र नम्बर–१ बाट प्रतिनिधिसभा सदस्य निर्वाचनमा उम्मेदवारी दिएका छन् । उनी श्रम सँस्कृति पार्टीका अध्यक्ष हुन् । खानेपानी ब्यबस्थापन बोर्डका अध्यक्ष समेत रहेका धरान उपमहानगरपालिकाका कार्यबाहक मेयर अईन्द्रबिक्रम बेघाले नियम बिपरीत कर्मचारी नियुक्ति गरेको पाइए खारेज गरी सुशासन कायम गर्ने बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
— नेकपा संयोजक पुष्पकमल दाहालले स्वच्छ, निष्पक्ष र धाँधलिरहित वातावरणमा निर्वाचन भए नेकपा एक नम्बर पार्टी बन्ने दाबी गरेका छन् । बुधबार काठमाडौंमा आयोजित एक कार्यक्रममा दाहालले सामाजिक सञ्जालमा हुने गतिविधिले चुनावी नतिजा निर्धारण नगर्ने बताएका हुन् । 'स्वच्छ, निष्पक्ष र धाँधलीरहित निर्वाचन हुँदा हाम्रो नेपाली कम्युनिस्ट पार्टी (नेकपा) एक नम्बर पार्टी बन्ने सम्भावना छ ...
— सुरक्षित आप्रवासनका लागि राष्ट्रिय सञ्जाल (एनएनएसएम)ले वैदेशिक रोजगारीसम्बन्धी मुद्दा प्राथमिकताका साथ घोषणापत्रमा समावेश गर्न राजनीतिक दलहरुलाई आग्रह गरेको छ। सञ्जालले विज्ञप्तिमार्फत वैदेशिक रोजगारीमा संलग्न नेपाली श्रमिक र उनका परिवारको हक अधिकार संरक्षणलाई प्राथमिकताका साथ राख्न अपिल गरेको हो। नेपाली श्रमिक र श्रमिक परिवारको अधिकार संरक्षणमा कार्यरत गैरसरकारी संस्थाहरूको छाता संगठन एनएनएसएमले वैदेशिक रोजगारीका क्रममा श्रमिकले भोग्दै ...
— प्रधानमन्त्री सुशीला कार्कीले स्वास्थ्य बिमाको स्रोतसम्बन्धी समस्या तत्काल समाधान गर्ने बताएकी छन् । बुधबार सम्बन्धित पक्षसँगको छलफलमा प्रधानमन्त्री कार्कीले उक्त प्रतिबद्धता व्यक्त गरेकी हुन् । प्रधानमन्त्री कार्कीले स्वास्थ्य बिमा कार्यक्रम विपन्न वर्गको भएकाले यसलाई विपद्कै रुपमा लिएर अर्थमन्त्रीसँग छलफल गरी समस्या समाधान गर्न ढिलाइ नगर्ने बताइन् । उनले उक्त कार्यक्रमलाई कडा नियमन गर्न जरुरी रहेको पनि ...
— गृहमन्त्री ओमप्रकाश अर्याल र संयुक्त राष्ट्र संघीय लागूऔषध तथा अपराध नियन्त्रण कार्यालय (यूएनओडीसी) को दक्षिण एसिया हेर्ने क्षेत्रीय प्रतिनिधि क्रिस्टियन होल्जबीच शिष्टाचार भेट सम्पन्न भएको छ । भेटमा मन्त्री अर्यालले यूएनओडिसीले लागूऔषध नियन्त्रण लगायतका क्षेत्रमा नेपाललाई पुर्‍याउँदै आएको सहयोगको लागि धन्यवाद व्यक्त गरे । साथै यूएनओडिसीसँगको सहकार्य अझै बढाउँदै लैजान सकिने बताए । यूएनओडिसी क्षेत्रीय प्रतिनिधि होल्जले ...
: निर्वाचन आयोगले समानुपातिक निर्वाचन प्रणालीतर्फका उम्मेदवारहरूको अन्तिम बन्दसूची प्रकाशन गरेको छ। फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनको समानुपातिक निर्वाचन प्रणालीतर्फको निर्वाचन अधिकृतको कार्यालयमा राजनीतिक दलहरूबाट पेस भएका ६३ राजनीतिक दलबाट ५७ निर्वाचन चिन्ह कायम भएका ३ हजार १३५ उम्मेदवारको अन्तिम बन्दसूची आज सार्वजनिक गरेको हो। प्रतिनिधि सभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ...