मुख्य समाचार
जापानमा बस्ने नेपालीहरूले नेपाली अर्थतन्त्रलगायत नेपालको सामाजिक विकासमा महत्त्वपूर्ण योगदान पुर्‍याइरहेको धारणा व्यक्त
जापानमा बस्ने नेपालीहरूले नेपाली अर्थतन्त्रलगायत नेपालको सामाजिक विकासमा महत्त्वपूर्ण योगदान पुर्‍याइरहेको धारणा व्यक्त

राष्ट्रपति रामचन्द्र पौडेलले जापानमा बस्ने नेपालीहरूले नेपाली अर्थतन्त्रलगायत नेपालको सामाजिक विकासमा महत्त्वपूर्ण योगदान पुर्‍याइरहेको धारणा व्यक्त गरेका छन् ।

जापानको औपचारिक भ्रमणमा रहेका राष्ट्रपति पौडेलले नेपाली राजदूतावासद्वारा मंगलबार यहाँ आयोजित स्वागत समारोहलाई सम्बोधन गर्दै उक्त धारणा राखेका हुन् । 'आगामी दिनमा यहाँबाट आर्जन गरेको ज्ञान, सीप, पुँजी र प्रविधि स्वदेशमा प्रयोग गरी समुन्नत नेपालको सपना साकार पार्न थप योगदान दिनुहुनेछ भन्ने मैले अपेक्षा गरेको छु', राष्ट्रपति पौडेलले भने ।

उनले जापानमा विभिन्न पेसा र क्रियाकलापमा आबद्ध नेपाली समुदायको हित, चासो र सरोकारलाई सम्बोधन गर्न र आइपरेका समस्याको समाधान गर्न नेपाल सरकार प्रतिबद्ध छ भने । उनले नेपालले संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था अंगीकार गरेसँगै मुलुकलाई दिगो शान्ति, सुशासन, विकास र समृद्धिको आकाङ्कक्षा पूरा गर्ने मार्गमा उच्च गतिका साथ अघि बढाउन आवश्यक छ भने । राष्ट्रपति पौडेलले राज्य सञ्चालनमा पारदर्शिता जवाफदेहिता, सहभागिता एवं विधिको शासनलाई केन्द्र भागमा राखेर जनमानसमा प्रभावकारी सेवा प्रवाहको प्रत्याभूति हुनुपर्नेमा जोड दिए ।

'नेपालमा भएको युवापुस्ताको आन्दोलनबाट सुशासनको माग अझै मुखरित भएको छ, यसैअनुरूप जनताको सर्वोपरि हित रक्षा गर्दै सुशासनमार्फत देशको समृद्धिका लागि आगामी फागुन २१ गते प्रतिनिधिसभा सदस्यको निर्वाचन हुन गइरहेको छ, यो निर्वाचन पछि मुलुकमा स्थायित्व र विकासको थप नयाँ सम्भावनाहरू खुल्ने मैले विश्वास लिएको छु', राष्ट्रपति पौडेलले भने ।

त्यसैले आसन्न निर्वाचन सफल बनाउन विदेशमा रहेका नेपालीले आफ्नो ठाउँबाट भूमिका निर्वाह गर्ने उनले विश्वास व्यक्त गरे । नेपाल–जापान कूटनीतिक सम्बन्धको ७०औँ वार्षिकोत्सव एउटा ऐतिहासिक क्षण भएको बताउँदै उनले नेपालको सामाजिक तथा आर्थिक विकासमा जापान महत्त्वपूर्ण तथा विश्वासिलो विकास साझेदार रहेकाले औद्योगिक विकास, कृषि, जलविद्युत्, पूर्वाधारलगायत धेरै क्षेत्रमा जापानको अनुभव, ज्ञान, सीप र प्रविधिबाट हामी थप लाभान्वित हुन चाहन्छौँ भने । उनले मानव संशाधन विकास, स्वास्थ्य, कृषि विकास, पूर्वाधार विकास, वातावरण संरक्षण, संस्कृति आदि क्षेत्रमा जापानी सहयोग उल्लेखनीय रहेको स्मरण गरे ।


'द्विपक्षीय व्यापार विस्तारका साथै नेपालको प्राथमिकताका क्षेत्रमा जापानी लगानी आकर्षित गर्ने ठूलो सम्भावना छ, हामीले नेपालमा व्यापार सहज बनाउन, विदेशी लगानी आकर्षित गर्न र नवप्रवर्तनलाई प्रवर्द्धन गर्न कानुनी, प्रक्रियागत र संस्थागत सुधार गरिसकेका छौँ, हामी उहाँहरूलाई सुरक्षित व्यावसायिक वातावरण प्रदान गर्न कटिबद्ध छौँ, यहाँका लगानीकर्ताहरू माझ यो सन्देश पुर्‍याउन म तपाईंहरूलाई आग्रह गर्दछु', राष्ट्रपति पौडेलले भने ।

नेपाल र जापानबीच गौतमबुद्धको शिक्षाबाट प्रेरित गहिरो सामाजिक–सांस्कृतिक सम्बन्ध रहिआएको र बुद्धको जन्मस्थल लुम्बिनीले नेपालप्रतिको आकर्षणलाई बढाएको उनको भनाइ थियो । 'सांस्कृतिक, धार्मिक र पर्यटकीय उद्देश्यले नेपाल भ्रमणका लागि जापानी पर्यटकको सङ्ख्यामा अझ वृद्धि गराउन अनौपचारिक राजदूतको रूपमा तपाईंहरूको महत्त्वपूर्ण भूमिका रहने छ भन्ने मैले विश्वास लिएको छु', राष्ट्रपति पौडेलले भने ।



जापानमा नेपाली समुदायको उपस्थिति हुनु द्विपक्षीय सम्बन्धको उल्लेखनीय पक्ष रहेको र नेपाली समुदायले आफ्नो पौरख, इमान र एकताको माध्यमबाट जापानको समुन्नतिमा महत्त्वपूर्ण योगदान गर्दै नेपालको छविलाई सदैव उचाइमा पुर्‍याउने उनले विश्वास व्यक्त गरे ।

राष्ट्रपति पौडेलले यस प्रकारका भ्रमणले नेपाल र जापानबीच विद्यमान सम्बन्ध एवं सहयोगलाई अझ परिणाममुखी तथा बहुआयामिक बनाउन महत्त्वपूर्ण योगदान पुग्नेछ भने ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। रुसले जापान शान्तिवादी नीतिबाट भइरहेको विचलनको आलोचनालाई पुन: दोहोर्‍याएको छ। टोकियोले ‘इतिहासका पाठहरू’ बिर्सिंदै गएको आरोप मस्कोले लगाएको छ। बुधबार ‘टास’ समाचार संस्थामा प्रकाशित एक अन्तर्वार्तामा रुसी उप-विदेशमन्त्री सर्गेई र्याबकोभले जापान आफ्ना ‘तीन गैर-आणविक सिद्धान्तहरू’बाट टाढिँदै गएको बताए। दोस्रो विश्वयुद्धपछि स्थापित यस नीतिले जापानलाई आफ्नो भूमिमा आणविक हतियार राख्न, उत्पादन गर्न वा प्रवेश गराउन निषेध ...
: जापान सरकार र युएनडीपीले ‘क्लाइमेट प्रमिस’ पहलअन्तर्गत १२ लाख ९६ हजार अमेरिकी डलर बराबरको 'स्मार्ट बिल्डिङ्स एण्ड ग्रीन इन्फ्रास्ट्रक्चर फर इम्प्रुभ्ड ह्युमन सेक्युरिटी एण्ड सस्टेनेबल डेभलपमेन्ट' परियोजना सुरु गरेका छन्। उक्त परियोजना कैलालीको धनगढी उपमहानगरपालिकामा बढ्दो जलवायु जोखिमसँग जुध्न सहरी सहनशीलता अभिवृद्धि गर्न केन्द्रित रहनेछ। जापानी राजदूत माएदा तोरु र नेपालका लागि युएनडीपीका आवासीय प्रतिनिधि ...
जापानले मंगलबार आफ्नो रक्षा निर्यात नियमहरूमा दशकौंपछिको सबैभन्दा ठूलो परिवर्तनको घोषणा गर्दै हतियार बिक्रीमा कायम रहेका पुराना प्रतिबन्धहरूलाई पूर्ण रूपमा हटाएको छ। यो निर्णयसँगै अब जापानले युद्धपोत, मिसाइल र अन्य उन्नत सैन्य उपकरणहरू विश्व बजारमा निर्यात गर्ने मार्ग प्रशस्त गरेको छ। दोस्रो विश्वयुद्धपछिको आफ्नो शान्तिवादी नीतिलाई परिमार्जन गर्दै जापानले आफ्नो रक्षा उद्योगलाई बलियो बनाउन र क्षेत्रीय शक्ति ...
: राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेले रास्वपाको सरकारलाई ‘हनिमुन पिरियड’ नचाहिने बताएका छन् । प्रतिनिधिसभाको बिहीबारको पहिलो वैठकलाई सम्बोधन गर्दै सभापति लामिछानेले रास्वपाको सरकारले दिन गनेर नभई मिनेट गनेर काम गर्ने बताए । उनले प्रतिशोधका आधारमा विपक्षी दलहरुप्रति व्यवहार नहुने बताएका छन् । नेपाली जनताले काम गरेर देखाउन रास्वपालाई ऐतिहासिक दुई तिहाइ मत दिएको ...
। इरानका विदेशमन्त्री अब्बास अरागचीले होर्मुज स्ट्रेटको मार्ग भएर जापानसँग सम्बन्धित जहाजहरूको आवागमनमा अनुमति दिन तयार रहेको बताएका छन् । उनले जापानको ‘क्योडो न्युज’ सँग इरान होर्मुज स्ट्रेट भएर जापानसँग सम्बन्धित जहाजहरूको आवत–जावतका लागि अनुमति दिन तयार रहेको बताएका हुन् । ‘क्योडो न्युज’ अनुसार अरागचीले प्रतिबन्ध अस्थायी रूपले हटाउने उद्देश्यले जापानी पक्षसँग पहिलेबाट नै कुराकानी सुरू भइसकेको ...