मुख्य समाचार
नेपालले भारतसँग ‘जिटुजी’ प्रक्रियाबाट खरिद गरेको ३० हजार टन युरिया मलमध्ये २२ हजार ५ टन बिभिन्न नाकाबाट भित्रिएको छ
नेपालले भारतसँग ‘जिटुजी’ प्रक्रियाबाट खरिद गरेको ३० हजार टन युरिया मलमध्ये २२ हजार ५ टन बिभिन्न नाकाबाट भित्रिएको छ

— नेपालले भारतसँग ‘जिटुजी’ प्रक्रियाबाट खरिद गरेको ३० हजार टन युरिया मलमध्ये २२ हजार ५ टन बिभिन्न नाकाबाट भित्रिएको छ ।

कृषि सामग्री कम्पनी लिमिटेड मधेश प्रादेशिक कार्यालय वीरगन्जका प्रमुख दुर्गाप्रसाद पाण्डेका अनुसार वीरगन्ज र विराटनगर नाकाबाट गरी हालसम्म २२ हजार ५ सय टन युरिया मल भित्रिएको हो ।

कम्पनीले भारतको राष्ट्रिय केमिकल्स एण्ड फर्टिलाइजर्स लिमिटेडसँग उक्त मल सोझै खरिद गरेको हो । हालसम्म वीरगन्ज नाकाबाट १३ हजार ५ सय र विराटनगर नाकाबाट ८ हजार ५ सय टनयुरिया भित्रिसकेको छ । वीरगन्ज नाकाबाट मात्रै ७ वटा रेल्वे र्याकमा मल भित्रिएको हो ।

भारतको राष्ट्रिय केमिकल्स एण्ड फर्टिलाइजर्स लिमिटेडले अन्तराष्ट्रिय कम्पनी आदित्य बिरलालाई उक्त मल ढुवानीको ठेक्कादिएकोमा उसले इन्डोनेसियाबाट उक्त मल कोलकाता बन्दरगाह हुँदै नेपालसम्म आपूर्ती गरेको हो ।

हालसम्म वीरगन्ज नाकाबाट १४ हजार टन मल भित्रिएकोमा त्यसमध्ये वीरगन्ज प्रादेशिक कार्यालयले ९ हजार टन र भैरहवा प्रादेशिक कार्यालयले ५ हजार टन मल पाएको छ ।


विराटनगर तर्फ कोलकाता बन्दरगाहबाट सोझै जोगबनी नाकाबाट ८ हजार ५ सय टन मल भित्रिएर कोशी प्रादेशिक कार्यालयले आफ्नो भागको मल पूर्ण रुपले पाइसकेको छ ।

यो कन्साइन्मेन्टको कूल ३० हजार टनमध्ये कम्पनी वीरगन्ज प्रादेशिक कार्यालयले११ हजार ५ सय टन, भैरहवा प्रादेशिक कार्यालयले १० हजार टन र विराटनगर प्रादेशिक कार्यालयले ८ हजार ५ सय टन मल पाउने हो । अब वीरगन्ज कार्यालयले २ हजार ५ सय र भैरहवा कार्यालयले ५ हजार टन मल पाउन बाँकी रहेको छ । भैरहवाको मल पनि वीरगन्जबाटै ढुवानी गरेर लगिँदै छ । हाल भित्रिरहेको युरिया आउँदो चैते धान र वर्षे धान बाली सिजनका लागि उपयोगी हुने पाण्डेले बताए ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। बिहीबार प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्यमा भारी गिरावट आइसक्दा पनि सरकारले पेट्रोलियम पदार्थको मूल्य किन नघटाएको ? भन्दै प्रश्न उठाए । अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य औसत ३० प्रतिशतभन्दा बढी गिरावट आउँदा पनि नेपालमा भने सरकारले लामो समयदेखि मूल्य किन घटाएन र आम नागरिकले किन राहत पाएनन् ...
: भारततर्फको निर्यातमा सिर्जित अवरोधका कारण विगत १० दिनदेखि ठप्प रहेका पूर्वी नेपालका चिया उद्योगहरू पुनः सञ्चालनमा आएका छन्। प्रधानमन्त्री कार्यालयले चिया क्षेत्रका विद्यमान समस्याहरूलाई गम्भीरतापूर्वक लिँदै यथाशीघ्र कूटनीतिक तथा प्रशासनिक पहल गर्ने आश्वासन दिएपछि उद्योगीहरू उद्योग खोल्न सहमत भएका हुन्। नेपालबाट भारत निर्यात गरिने तयारी चियालाई भारतीय पक्षले प्रयोगशाला परीक्षणको बहानामा अवरोध पु¥याएपछि करिब ३ ...
। चालु आर्थिक वर्ष २०८२/८३ को ११ महिनामा नेपालले करिब ३८ अर्ब रुपैयाँ बराबरको धानचामल आयात गरेको छ । भन्सार विभागको तथ्यांक अनुसार चालु आव साउनदेखि जेठसम्म ३७ अर्ब ८३ करोड ९२ लाख रुपैयाँ बराबरको ७ लाख ११ हजार ५ सय २० टन धानचामल आयात भएको हो । गत आव २०८१/८२ सोही अवधिको तुलनामा समग्र धानचामल आयात ...
। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले एक एक घण्टामा सेयर बजार सूचक के हुन्छ भनेर नहेर्ने तर नीतिगत व्यवस्थामा काम गर्ने प्रतिवद्धता जनाएका छन् । संघीय संसदको प्रतिनिधि सभामा बोल्दै मन्त्री वाग्लेले तत्कालको प्रभाव हेर्ने भन्दा पनि दीर्घकालीन नीतिहरूमा काम गरिरहेको बताएका हुन् । ‘एक एक घन्टाको अन्तरमा पूँजी बजार सूचक तल जान्छ कि माथि भनेर हेर्दैनौँ,’ ...
। नेपालको तराई क्षेत्रमा जलवायु अनुकूलित धान उत्पादन र उत्पादकत्व वृद्धि गर्न दक्षिण कोरिया सरकारले झण्डै दुई अर्ब रुपैयाँ बराबर अनुदान सहयोग उपलब्ध गराउने भएको छ । कोरियाली अन्तर्राष्ट्रिय सहयोग नियोग (कोइका) र नेपालका तर्फबाट कृषि, वन तथा वातावरण मन्त्रालयबीच नेपालको तराई क्षेत्रमा जलवायु अनुकूलित धान उत्पादन र उत्पादकत्व वृद्धि नामक परियोजना कार्यान्वयनका लागि हस्ताक्षर भएको ...