मुख्य समाचार
जापानी प्रधानमन्त्रीबीच भेटवार्ता
जापानी प्रधानमन्त्रीबीच भेटवार्ता

: राष्ट्रपति रामचन्द्र पौडेलले नेपाल-जापानबीच कूटनीतिक सम्बन्ध स्थापना भएदेखिका सम्बन्धहरू अझ निकटता र गहिरो मित्रताका साथ अघि बढिरहेको बताएका छन्।


जापानका प्रधानमन्त्री तकाइची सनायसँगको भेटवार्तामा राष्ट्रपति पौडेलले यो सम्बन्ध र सहयोगलाई सुदृढ गर्न जापानी नेतृत्वसँग मिलेर काम गर्न चाहेको बताए। 'हामीप्रति जापान सरकारको निरन्तर सहयोग, सद्भावना र समझदारीका लागि आभारी छौं, दुई मुलुकबीचको मैत्रीपूर्ण सम्बन्ध र पारस्परिक सहयोगलाई थप सुदृढ गर्न हामी आगामी दिनमा जापानी नेतृत्वसँग मिलेर काम गर्न चाहन्छौं,' उनले भने।

नेपाल-जापान कूटनीतिक सम्बन्धको ७०औं वार्षिकोत्सव हामी बिच स्थापीत द्विपक्षीय सम्बन्धको एक कोशेढुङ्गा हो भन्दै उनले यसप्रकारको उच्चस्तरीय भ्रमणको आदानप्रदानले सम्बन्धलाई थप मजबुत तुल्याउने बताए। जापानले द्विपक्षीय अनुदान, ऋण, बहुपक्षीय सहायता र प्राविधिकलगायतका गर्दै आएको सहयोगले नेपालमा मानव संसाधन विकास, स्वास्थ्य, कृषि विकास, पूर्वाधार विकास, वातावरण संरक्षण, संस्कृति जगेर्ना गर्ने कार्यमा महत्वर्पूण योगदान पुगेको उनको भनाइ थियो। थियो ।

प्रधानमन्त्री तकाइची सनायले नेपालको स्थायित्व जापानको लागि र यस क्षेत्रकै लागि महत्वपूर्ण भएकाले नेपालमा आसन्न फागुन २१ गतेको प्रतिनिधिसभा सदस्य निर्वाचन सफल होस् भन्ने जापानको कामना रहेको बताएकी थिइन्। उनले निर्वाचनमा जापानले पर्यवेक्षक पठाउने पनि बताइन्।

उनले नेपाल र जापान विगत लामो समयदेखिका घनिष्ठ मित्र रहेको उल्लेख गर्दै जापानमा अध्ययनरत नेपाली विद्यार्थीहरुको सम्पर्क र जापानी नागरिकले नेपालको हिमालहरू चढ्ने गरेकोजस्ता कारणले दुई देशबीचको सम्बन्ध प्रगाढ हुँदै गएको बताइन्। प्रधानमन्त्री सनायले नेपाल जापान कूटनीतिक सम्बन्धका अवसरमा दुबै देशबीच झन् प्रगाढ होस् भन्दै जापानले नेपालको सूचना प्रविधिको क्षेत्रमा र लोकतन्त्रका लागि निरन्तर सहयोग गर्ने पनि बताइन्।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
वासिङ्टन (रासस/एएफपी) । अमेरिकी वित्तमन्त्री स्कट बेसेन्टले जापानी येनको स्थिरता केवल जापान वा अमेरिकाका लागि मात्र नभई समग्र एसियाली अर्थतन्त्रका लागि पनि महत्त्वपूर्ण रहेको बताएका छन्। उनले कमजोर येनका कारण क्षेत्रीय मुद्राबजारमा अस्थिरता फैलिन सक्ने चेतावनी दिएका छन् । उनले यही कारणले संयुक्त राज्य अमेरिका र जापानले येनलाई समर्थन गर्न संयुक्त रूपमा हस्तक्षेप गरेको स्पष्ट पारेका ...
। जापानले सैन्य क्षमता विस्तारलाई तीव्र बनाएको भन्दै उत्तर कोरियाले त्यसलाई आफ्नो सुरक्षामाथिको गम्भीर चुनौतीका रूपमा व्याख्या गर्दै आवश्यक परे थप सैन्य विकल्प अपनाउने चेतावनी दिएको छ । उत्तर कोरियाली नेता किम जोङ उनकी बहिनी किम यो जोङले बुधबार सार्वजनिक वक्तव्यमा जापान दोस्रो विश्वयुद्धपछिको शान्तिवादी नीतिबाट टाढिँदै ‘युद्ध राज्य’ मा रूपान्तरण भइरहेको आरोप लगाउँदै प्योङयाङ त्यसको ...
। जापानको दक्षिणी कुमामोटो प्रदेशमा मंगलबार ७.१ म्याग्निच्युडको शक्तिशाली भूकम्प जाँदा सपिङ मलमा भएको विस्फोट र विभिन्न संरचना भत्किँदा कम्तीमा तीन जनाको मृत्यु भएको छ । अन्य दर्जनौं घाइते भएका छन् । कुमामोटो प्रान्तीय सरकारले बुधबार बिहान दिएको जानकारीअनुसार भूकम्पपछि एइअन मलमा भएको विस्फोटपछि रातभर सञ्चालन गरिएको उद्धार अभियानमा आठ जनालाई जीवित उद्धार गरिएको छ । ...
। दक्षिण पश्चिमी जापानमा मङ्गलबार ७.१ म्याग्निच्युडको शक्तिशाली भूकम्प गए पछि, जापान मौसम विज्ञान विभागले सुनामीको चेतावनी जारी गरेको छ । जापानको क्युशु टापुमा आएको कम्पन जापानको आफ्नै “शिन्डो स्केल” मा मापन गरिएको विभागले जनाएको छ । सुनामी एक मिटरसम्म मापन गर्न सकिने तथा साँझ ५ः०० बजेसम्म आइ पुग्न सक्ने जनाइएको छ । जापानी मिडीया एन एच ...
। विदेश भ्रमणमा लैजाने प्रलोभन देखाएर सर्वसाधारणबाट रकम असुली ठगी गरेको आरोपमा पोखरास्थित ‘ओसिस टुरिज्म इन्टरनेशनल’का दुई जना सञ्चालकलाई प्रहरीले पक्राउ गरेको छ । कास्की प्रहरीले पोखरा–५ पर्स्याङमा सञ्चालित उक्त कम्पनीमा छापा मारी उनीहरूलाई नियन्त्रणमा लिएको हो । पक्राउ पर्नेमा सप्तरीको कञ्चनपुर नगरपालिका–१२ का २६ वर्षीय विवेक रेग्मी र भारतको कर्नाटक राज्य, सान्तीनगर बस्ने मोहम्मद यासेर ...