मुख्य समाचार
भारत र पाकिस्तानबीचको टी–२० विश्वकप खेल नहुँदा विश्व क्रिकेटलाई ठूलो आर्थिक क्षति हुने
भारत र पाकिस्तानबीचको टी–२० विश्वकप खेल नहुँदा विश्व क्रिकेटलाई ठूलो आर्थिक क्षति हुने

। भारत र पाकिस्तानबीचको टी–२० विश्वकप खेल नहुँदा विश्व क्रिकेटलाई ठूलो आर्थिक क्षति हुने देखिएको छ। आउँदो टी–२० विश्वकपमा यी दुई चिरप्रतिद्वन्द्वीबीचको खेल नहुँदा करिब २५ करोड अमेरिकी डलर बराबरको असर पर्न सक्ने अनुमान गरिएको छ।

राजनीतिक तनावका कारण भारत र पाकिस्तान सामान्यतः बहुराष्ट्रिय प्रतियोगितामात्र खेल्ने भएकाले उनीहरूको भेटलाई आईसीसी प्रतियोगिताको सबैभन्दा ठूलो व्यावसायिक आकर्षण मानिन्छ। यही कारण आईसीसीले प्रायः दुवै टोलीलाई एउटै समूहमा राख्ने गर्छ।

आइतबार पाकिस्तान सरकारले फेब्रुअरी १५ मा कोलम्बोमा तय भएको भारतसँगको खेल नखेल्ने निर्णय सार्वजनिक गरेको थियो। यदि पाकिस्तान यसै निर्णयमा अडिग रहेमा उसले ठूलो आम्दानी गुमाउनेछ भने आईसीसी र भारतको मिडिया अधिकारधारी जियोस्टार लाई पनि आर्थिक झट्का लाग्नेछ।

जियोस्टारले आईसीसीसँग गरेको ३ अर्ब डलरको सम्झौता पुनर्विचार गर्ने प्रयाससमेत गरिरहेको बताइएको छ। प्रसारणकर्ताहरूलाई मात्रै २४ देखि ३० मिलियन डलर बराबरको विज्ञापन घाटा हुन सक्ने अनुमान छ। भारत–पाकिस्तान जस्तो चर्चित खेलमा १० सेकेन्डको विज्ञापनको मूल्य ४८ हजार डलरसम्म पर्ने गर्छ।

यदि खेल भएन भने भारतलाई वाकओभरबाट अंक दिइनेछ। तर आईसीसीसँग पाकिस्तान क्रिकेट बोर्ड (पीसीबी) लाई आर्थिक दण्ड लगाउने अधिकार भने रहनेछ।

पूर्व आईसीसी तथा पीसीबी सञ्चार प्रमुख सामी–उल–हसन बर्नेयका अनुसार एक खेलकै मूल्य २५ करोड डलर बराबर हुन्छ। ‘पाकिस्तानको वार्षिक आम्दानी करिब ३ करोड ५५ लाख डलर मात्रै छ, त्यसैले यो निकै ठूलो अन्तर हो’ उनले भनेका छन्।

द सिड्नी मोर्निङ हेराल्डले उद्योग स्रोतलाई उद्धृत गर्दै भारत–पाकिस्तान खेलको विश्वव्यापी दर्शक संख्या अर्बभन्दा बढी हुने भएकाले यसको आर्थिक मूल्य अत्यन्त ठूलो रहेको जनाएको छ।

आईसीसीले पनि पाकिस्तानको निर्णयप्रति कडा प्रतिक्रिया जनाएको छ। सीमित खेल मात्र खेल्ने निर्णयले विश्व प्रतियोगिताको निष्पक्षता र खेलभावनालाई कमजोर बनाउने आईसीसीले स्पष्ट पार्दै पाकिस्तानलाई आपसी समझदारीमा निर्णय लिन आग्रह गरेको छ ।

यद्यपी विवादका बीच पनि पाकिस्तान टोली प्रतियोगिताका अन्य खेल खेल्न श्रीलंकाको कोलम्बो पुगिसकेको छ। प्रतियोगिता फेब्रुअरी ७ बाट सुरु हुँदैछ।

भारत–पाकिस्तान खेलका लागि २०२७ सम्म ‘हाइब्रिड मोडल’ मा सहमति भइसकेकाले पाकिस्तानका लागि एक्लै खेल बहिष्कार गर्नु सहज नहुने विश्लेषण गरिएको छ।

बंगलादेशी बलर मुस्ताफिजुर रहमान लाई बीसीसीआईको निर्देशनमा आईपीएलबाट हटाएपछि भारत र बंगलादेशबीच टकराव हुँदा बंगलादेश भारतमा खेल्न नजाने निर्णय गरेको थियो ।

यसपछि आईसीसीले बंगलादेशलाई हटाएर स्कटल्यान्डलाई विश्वकपमा समावेश गरेको थियो, जुन कुराको विरोधमा पाकिस्तान बंगलादेशको पक्षमा उभिँदै आएको थियो र त्यसैको प्रतिक्रियामा पाकिस्तानले भारतसँगको खेलबाट पछि हट्ने निर्णय गरेको बताइएको छ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। नेपाली कांग्रेसका सभापति गगन थापाले आजदेखि सुरु हुने नेपाल प्रिमियर लिग (एनपीएल)को सफलताको शुभकामना व्यक्त गरेका छन्। सामाजिक सञ्जाल फेसबुकमार्फत थापाले नेपाली क्रिकेट आजको अवस्थामा आइपुग्नुमा वर्षौंको संघर्ष, मेहनत र समर्पण जोडिएको स्मरण गरेका हुन्। ‘आजदेखि सुरु हुँदै गरेको नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणको अवसरमा सम्पूर्ण खेलाडी, सहभागी टोली, नेपाल क्रिकेट संघ र क्रिकेटप्रेमीहरूलाई हार्दिक ...
। कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोबिता गौतमले आजबाट सुरु हुन लागेको नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणसँगै नेपाली क्रिकेटले नयाँ उचाइ लिँदै गरेकोप्रति खुसी व्यक्त गरेकी छिन् । सामाजिक सञ्जालमार्फत शुभकामना व्यक्त गर्दै मन्त्री गौतमले मैदानमा जुनसुकै टिमले जितेपछि नेपाली क्रिकेटकै जित हुने बताएकी छिन् । ‘सबै टिम, खेलाडी, आयोजक र यस अभियानमा जोडिएका सम्पूर्णलाई ...
: नेपाल प्रिमियर लिग एनपीएलको तेस्रो संस्करणमा‌ अनुबन्ध भएका पाकिस्तानी खेलाडीहरूको सहभागिता अन्योलमा परेको छ। सोमबारबाट सुरु हुन लागेको तेस्रो संस्करणमा‌ नेपालका विभिन्न फ्रेन्चाइज टोलीहरूले पाकिस्तानी खेलाडीहरू अनुबन्ध गरेका थिए। अनुबन्ध भएका केही खेलाडी नेपाल पुगिसकेका छन्। तर, पाकिस्तानी खेलाडीले खेल खेल्न पाउने कि नपाउने भन्ने बारे भने अनिश्चितता रहेको छ। पाकिस्तान क्रिकेट बोर्डले खेलाडीहरूलाई 'नो ...
। नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको उदघाटन प्रधानमन्त्री बालेन शाहले गर्ने भएका छन् । त्रिभुवन विश्वविद्यालय (त्रिवि) को अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा आज एनपीएल सुरु हुँदैछ । प्रधानमन्त्री बालेनले एनपीएल प्रतियोगिताको उद्घाटन गर्ने प्रेस तथा अनुसन्धान विज्ञ दीपा दाहालले जानकारी दिइन् । प्रधानमन्त्री बालेनले आजदेखि सुरु हुने एनपीएललाई नेपालको सबैभन्दा ठूलो खेलकुद प्रतियोगिता भन्दै नेपाली क्रिकेटलाई शुभकामना ...
: प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) ले आजदेखि सुरु हुने 'नेपाल प्रिमियर लिग' (एनपीएल) को तेस्रो संस्करणको अवसरमा शुभकामना व्यक्त गरेका छन्। सामाजिक सञ्जालमार्फत एक सन्देश जारी गर्दै उनले नेपाली क्रिकेट सधैं अमर रहोस् भन्ने शुभकामना व्यक्त गर्दै केही वर्षमै एनपीएल एक भव्य खेलकुद उत्सवका रूपमा विकसित भएको उल्लेख गरेका छन् । प्रधानमन्त्री बालेनले एनपीएल नेपालको सबैभन्दा ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम