मुख्य समाचार
ट्रम्पकी पत्नी मेलानिया ट्रम्पको जीवनमा आधारित डकुमेन्ट्री ‘मेलानिया’ ले नर्थ अमेरिकाको बक्सअफिसमा
ट्रम्पकी पत्नी मेलानिया ट्रम्पको जीवनमा आधारित डकुमेन्ट्री ‘मेलानिया’ ले नर्थ अमेरिकाको बक्सअफिसमा

। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पकी पत्नी मेलानिया ट्रम्पको जीवनमा आधारित डकुमेन्ट्री ‘मेलानिया’ ले नर्थ अमेरिकाको बक्सअफिसमा ओपनिङ त गजबकै गरेको छ । तर, फिल्म समीक्षक (क्रिटिक्स) लाई भने यो फिल्मले खासै प्रभावित पार्न सकेन ।

यो डकुमेन्ट्रीले ओपनिङ वीकेन्डमै झन्डै ७ मिलियन अमेरिकी डलर कमाएको छ । एउटा डकुमेन्ट्रीले कमाउने यो रकम निकै ठूलो परिणाम हो ।




फिल्मले पैसा त टन्नै कमायो, तर क्रिटिक्सले भने यसलाई ‘खराब’ भन्दै निकै कम रेटिङ दिएका छन् । यसलाई ब्रेट र्‍याटनरले निर्देशन गरेका हुन् । यो फिल्मले राष्ट्रपति ट्रम्पले दोस्रो पटक शपथ लिनुभन्दा २० दिन अघिको कथालाई समेटेको छ ।

अहिलेको माहोल हेर्दा के अनुमान गरिएको छ भने, यो फिल्म पछिल्लो एक दशककै सबैभन्दा सफल डकुमेन्ट्री बन्न सक्छ । फिल्मलाई लिएर भइरहेको यो चर्चाले सबैलाई अचम्ममा पारेको छ । स्वयम् प्रथम महिला मेलानिया ट्रम्पले पनि सामाजिक सञ्जाल ’एक्स’ मा आफ्नो खुसी साटेकी छन् । उनले यसलाई सबैले मन पराएको भन्दै ‘ए सिनेमास्कोर’ पाएको बताएकी छन् ।




उनले एउटा रोचक कुरा के पनि दाबी गरेकी छन् भने, अस्करका लागि मनोनित भएका उत्कृष्ट ५ फिल्मले भन्दा बढी कमाई त यो डकुमेन्ट्रीले अहिले नै गरिसक्यो । बक्स अफिसमा पैसाको वर्षा भए पनि गुणस्तरको मामिलामा भने यो डकुमेन्ट्री निकै कमजोर देखिएको छ । फिल्म समीक्षकले मेटाक्रिटिकमा यसलाई १०० मा केवल ६ अंक मात्र दिएका छन् ।

फिल्मको समीक्षा गर्ने चर्चित वेबसाइट ‘रटेन टोमाटोज’ मा यसले मात्र १० प्रतिसत अप्रुवल रेटिङ पाएको छ । सीधा शब्दमा भन्दा, १०० जना समीक्षक मध्ये १० जनाले मात्रै यसलाई ठिकठाक मानेका छन्, बाँकी ९० जनाले त यसलाई ’नराम्रो’ फिल्मको सूचीमा राखिदिएका छन् ।



यो डकुमेन्ट्रीका निर्देशक ब्रेट र्‍याटनरका लागि यो फिल्म निकै खास छ । किनभने, उनले झन्डै १२ वर्षपछि कुनै फिचर फिल्म वा डकुमेन्ट्रीको निर्देशन गरेका हुन् । उनी लामो समय फिल्म उद्योगबाट बाहिरै जस्तै थिए ।

उनीमाथि यौन उत्पीडनका कयौँ गम्भीर आरोप लागेका थिए, जसका कारण उनले ठूलो आलोचना खेप्नुपरेको थियो ।

यद्यपि, र्‍याटनरले आफूमाथि लागेका ती सबै आरोपलाई सधैँ नकार्दै आएका छन् । उनीमाथि कुनै पनि आपराधिक मुद्दा प्रमाणित भएन र कुनै कानुनी सजाय पनि भोग्नु परेन । त्यही भएर झन्डै एक दशकको मौनतापछि उनले यही ‘मेलानिया’ डकुमेन्ट्री मार्फत हलिउडमा आफ्नो पुनरागमन गरेका हुन् ।

पैसाको खोलो बगाए पनि यो फिल्मलाई साँच्चै सफल मान्न अझै निकै ठूलो मिहिनेत गर्नुपर्ने देखिन्छ । यसको लगानी सुन्दा त जोकोहीको होस उड्छ । अमेजन एमजीएम स्टुडियोजले यसको वितरण अधिकारको लागि ४० मिलियन डलर खर्च गरेको छ ।

मार्केटिङमा मात्रै थप ३५ मिलियन डलर खन्याइएको छ । ‘द हलिउड रिपोर्टर’ का अनुसार यो अहिलेसम्मकै सबैभन्दा महँगो डकुमेन्ट्री हो । अहिलेसम्म ७ मिलियन डलर मात्र कमाएको हुनाले, झन्डै ७५ मिलियन डलरको यो कुल खर्च उठाउन फिल्मले अझै धेरै लामो यात्रा तय गर्नुपर्ने देखिन्छ ।

यो डकुमेन्ट्री हेर्ने दर्शकहरू को-को थिए त भन्नेबारे हलिउडको चर्चित पत्रिका ‘भेराइटी’ ले एउटा रोचक तथ्याङ्क निकालेको छ । फिल्म हेर्नेमध्ये झन्डै ७५ प्रतिशत दर्शक त नर्थ अमेरिकाकै थिए ।

त्यसपछि दोस्रो नम्बरमा ‘हिस्पानिक’ दर्शकहरू थिए, जसको संख्या कुल दर्शकको ११ प्रतिशत जति थियो । सजिलो भाषामा भन्दा, जो व्यक्ति वा समुदायको सम्बन्ध स्पेन वा स्पेनिस भाषा र संस्कृतिसँग छ, उनीहरूलाई ‘हिस्पानिक’ भनिन्छ । अमेरिकी राजनीतिमा यो समुदायको ठूलो प्रभाव रहने हुनाले मेलानियाको डकुमेन्ट्रीमा उनीहरूको उपस्थिति देखिनुलाई अर्थपूर्ण मानिएको छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: बलिउड अभिनेता आमिर खानका भान्जा तथा एक्टर इमरान खानलाई भारतको फरेनर्स रिजनल रजिष्ट्रेशन अफिसले नोटिस जारी गर्दै आगामी अक्टोबर २८ भित्र देश छाड्न निर्देशन दिएको छ। मुख्य निर्वाचन आयुक्त ज्ञानेश कुमारविरुद्ध आयोजना गरिएको एक राजनीतिक विरोध प्रदर्शनमा सहभागी भई 'फरेनर्स एक्ट' (विदेशी सम्बन्धी ऐन) को उलंघन गरेको आरोपमा उनीमाथि यो कारबाही अघि बढाइएको हो। यो मामला ...
: भारतीय सिनेमाका वरिष्ठ तथा बहुप्रतिभावान अभिनेता नाना पाटेकर (विश्वनाथ पाटेकर) को ७५ वर्षको उमेरमा निधन भएको छ। भारतको गोवास्थित डोना पाउला क्षेत्रमा रहेको आफ्नै निवासमा बेहोस अवस्थामा भेटिएपछि उनलाई तत्काल अस्पताल लगिएको भए पनि चिकित्सकहरूले मृत घोषणा गरेका थिए। अस्पतालका डाक्टरहरूले उनलाई होसमा ल्याउन करिब ४५ मिनेटसम्म लगातार सीपीआर दिएर बचाउने कोसिस गरे पनि कुनै ...
। लोकप्रिय नेपाली पप ब्यान्ड ‘मंगोलियन हार्ट’ तीन दशकपछि युरोप भ्रमणमा निस्कने भएको छ । ‘मंगोलियन हार्ट युरोप मिनी टूर २०२६’ अन्तर्गत ब्यान्डले ४ देशमा प्रत्यक्ष सांगीतिक प्रस्तुति दिनेछ । फोर ब्रदर्स इभेन्ट म्यानेजमेन्टको व्यवस्थापनमा टूर हुन लागेको हो । ब्यान्डको ८ सदस्यीय टोली २४ सेप्टेम्बरमा त्यसतर्फ प्रस्थान गर्ने कार्यक्रम छ । टोलीको लिड भोकलिस्टमा राजु लामा, ...
। के-पप समूह ‘स्ट्रे किड्स’ का सदस्य ब्याङ चानले २० करोड वन (१ लाख ४४ हजार २९५ अमेरिकी डलर) दान गरेका छन् । यो रकम दक्षिण कोरियामा पुनर्स्थापना उपचार र नेपालमा गएको भीषण बाढीपछिको पुनर्लाभका कार्यमा प्रयोग हुने जेवाईपी इन्टरटेनमेन्टले शनिबार जनाएको छ । ब्याङ चानले सोल पुनस्र्थापना अस्पताल र युनिसेफका लागि कोरियाली समितिलाई १०-१० करोड ...
। गायक एड सिरनले आफ्नो पछिल्लो सांगीतिक कार्यक्रममा मञ्चमा एक्लै उपस्थित भएर आफ्ना समर्थकहरूसँग माफी मागेका छन्। प्यालेस्टाइनको पक्षमा वक्तव्य दिएका अमेरिकी र्‍यापर म्याकलमोरलाई टुर प्रोग्रामबाट हटाइएपछि सिर्जित विवादलाई सम्बोधन गर्दै उनले केही ‘गल्ती’ भएको स्वीकारेका छन्। सिरनले भने, ‘म कहिल्यै पनि राजनीतिक रूपमा सक्रिय संगीतकार बन्न चाहन्नथेँ। यो घटनाले मलाई वाक् स्वतन्त्रता र विश्वकै सबैभन्दा जटिल ...