मुख्य समाचार
प्रदीप पौडेलले काठमाडौं–५ का मतदाताहरूबाट उत्साही प्रतिक्रिया प्राप्त भएको बताए
प्रदीप पौडेलले काठमाडौं–५ का मतदाताहरूबाट उत्साही प्रतिक्रिया प्राप्त भएको बताए

। नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले काठमाडौं–५ का मतदाताहरूबाट उत्साही प्रतिक्रिया प्राप्त भएको बताएका छन् ।

बालुवाटारमा आयोजित एक कार्यक्रममा उनले विगतमा सांसदका रूपमा गरेको कामका आधारमा मतदाताले सकारात्मक प्रतिक्रिया दिएको बताएका हुन् ।




‘तपाईंलाई भोट दिन्छौं, तपाईंजत्तिको विकल्प अरू छैन भनेर प्रतिक्रिया प्राप्त भएको छ,’ महामन्त्री पौडेलले भने । आफू सांसद रहँदा विष्णुमति करिडोरको रेखांकन गरेर सडक निर्माणको काम निरन्तर भइरहेको उनले बताए ।

काठमाडौं–५ बाट कांग्रेस उम्मेदवार रहेका महामन्त्री पौडेलले सांसदका रुपमा थुप्रै काम गरे पनि पर्याप्त प्रचार हुन नसकेकाले मतदातामाझ भएका कामको प्रचार आवश्यक रहेको बताए ।




‘रिङ रोड भद्रगोल अवस्थामा थियो,’ उनले भने, ‘अहिले धमाधम काम भइरहेको छ ।’ रिङ रोडभित्र विगतमा मेलम्चीको खानेपानी चुहिएर जताततै देखिएको समस्या समेत आफ्नै पहलमा समाधान भएको र सडकको दूरावस्था कम भएको उनको भनाइ थियो ।

मेलम्ची खानेपानी आयोजनाअर्न्तगतको पानी रिङ रोडबाहिर समेत वितरण गर्ने गरी काम अघि बढेको र हाल बूढानीलकण्ठ तथा टोखा नगर क्षेत्रमा समेत धारा जडान भएर पानी वितरण भएको पौडेलले बताए ।

‘हामी आइसके पछि निरन्तर पैरवी गरेर रिङ रोडबाहिर पनि पानी वितरण सम्भव भएको हो,’ महामन्त्री पौडेलले भने, ‘हाम्रा नेता डा. प्रकाशशरण महत अर्थमन्त्री हुँदा यो सम्भव भएको थियो ।’

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। रुपन्देहीको ओमसतियामा स्कुल बस र ट्याक्टर जुध्दा २१ जना विद्यार्थी घाइते भएका छन् । धान बोकेको ट्याक्टरसँग बस ठोक्किएर भएको दुर्घटनामा मणिग्रामको शान्ति नमूना माविमा कक्षा ११ र १२ मा अध्ययन गर्ने विद्यार्थी घाइते भएका हुन् । आज मंगलबार बिहान भएको दुर्घटनामा घाइतेमध्ये १३ जना युनिभर्सल मेडिकल कलेज भैरहवामा, ४ जना भीम अस्पताल भैरहवामा उपचार गराइरहेका ...
। राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का वरिष्ठ नेता बालेन्द्र शाह(बालेन)ले झापाका सुकुम्वासीसँग भेटेका छन् । झापा–५ मा उम्मेदवार रहेका बालेनले मंगलबार बिहान झापाको कमल गाउँपालिकामा रहेको बस्ती पुगेर सुकुमवासीसँग भेटघाट गरेका हुन् । बालेन आफ्नो बस्ती पुग्दा स्थानीय सुकुमवासीले काठमाडौंको सुकुमवासी बस्तीमा डोजर चलाएको प्रसंग उठाएका छन् । यस्तै ‘बालेन आएपछि झापामै बसिरहेका सुकुमवासीलाई पनि उठाइदिन्छ’ भन्ने ...
। रघुगङ्गा गाउँपालिका-५ मा पर्ने झीँ गाउँको जङ्गलमा बेवारिसे अवस्थामा लुकाइराखेका दुई थान भरुवा बन्दुक फेला परेका छन् । जिल्ला प्रहरी कार्यालयको सूचनाका आधारमा पाखापानी प्रहरीचौकीबाट खटिएको टोलीले सोमबार पाखापानीको जङ्गलबाट भरुवा बन्दुक बरामद गरेको हो । जङ्गलमा राखेर रातको समयमा चोरीसिकारीमा प्रयोग हुने गरेको प्रहरीको आशङ्का छ । बन्दुक बरामद गरेपछि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको ...
‘ओलीसँग भेट भएको छ, कांग्रेस–एमालेसँग सहकार्य असम्भव छैन’
। राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का वरिष्ठ नेता बालेन्द्र शाह(बालेन)ले प्रदेश संरचनाबारे भ्रम सिर्जना गरिएको टिप्पणी गरेका छन् । मंगलबार झापा–५ का मतदातासँग कुराकानी गर्दै बालेनले प्रदेश संरचनामा भएको खर्चले देश कमजोर भएको भाष्य नै गलत भएको बताएका हुन् । मतदातासँग कुराकानी गर्दा बालेनले शिक्षा र स्वास्थ्यका विषयमा संविधानमा भएको व्यवस्थाअनुरूप काम गर्न बजेट अभाव रहेको कुरा बताएका ...