मुख्य समाचार
१५ वर्षपछि झापास्थित मेची क्याम्पसको क्रिकेट ग्राउन्डमा अन्तर्राष्ट्रियस्तरको प्रतियोगिता हुने
१५ वर्षपछि झापास्थित मेची क्याम्पसको क्रिकेट ग्राउन्डमा अन्तर्राष्ट्रियस्तरको प्रतियोगिता हुने

: १५ वर्षपछि झापास्थित मेची क्याम्पसको क्रिकेट ग्राउन्डमा अन्तर्राष्ट्रियस्तरको प्रतियोगिता हुने भएको छ। माघ २१ गतेदेखि सञ्चालन हुने कोशी पाथीभरा इन्डो–नेपाल टी २० क्रिकेट च्याम्पियनसिप प्रतियोगिताको तयारी लगभग पूरा भइसकेको भद्रपुर क्रिकेट क्लबले सोमबार पत्रकार सम्मेलनमार्फत जानकारी गराएको हो।



कोशी पर्यटन वर्षका अवसरमा प्रदेश सरकारको सहयोगमा इन्डो–नेपाल टी २० क्रिकेट च्याम्पियनसिप गर्न लागेको मूल आयोजक समितिका संयोजक तथा भद्रपुर ८ का वडाध्यक्ष गौरव सुब्बा (मनोज)ले जानकारी दिए। उनका अनुसार क्रिकेट पिच, मैदान, बाँसे प्यारापिट, स्कोर बोर्ड, पेविलियन लगायत अन्य तयारीको काम धमाधम भइरहेको छ। यो ग्राउण्डमा ८ हजार दर्शक अट्छन्। प्रतियोगिता हेर्न कुनै गेट शुल्क नलाग्ने उनको भनाइ छ।



माघ २८ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा नेपालका चार वटा र भारतका चार वटा गरी आठ वटा टिमबीच प्रतिस्पर्धा हुनेछ। प्रतियोगितामा नेपालका तर्फबाट आयोजक भद्रपुर क्रिकेट क्लब, फ्रेन्डस् यूथ क्लब डडेलधुरा, डेभलपमेन्ट स्क्वाड, पोखरा एभेन्जर्स गण्डकी हिरोज डेभलपमेन्ट स्क्वाड र काठमाडौं गोर्खाज डेभलपमेन्ट स्क्वाडल रहेका छन्।




त्यस्तै भारतको तर्फबाट राइनोल्यान्ड क्रिकेट एकेडेमी गुवाहाटी, ग्लोबल स्टार क्रिकेट क्लब लखनऊ, क्रिकेट कोचिङ उपाध्याय एकेडेमी न्यु दिल्ली र स्नो लायन टिम सिक्किम रहेका छन्। नेपालका क्लबहरूमा राष्ट्रिय टोलीका खेलाडीबाहेक एनपीएल खेलिसकेका खेलाडीहरू र भारतका क्लबहरूमा रञ्जित ट्रफी खेलिरहेका खेलाडीहरूको सहभागिता रहने संयोजक सुब्बाले जानकारी दिए।

एक करोड २२ लाख रुपैयाँ खर्च अनुमान गरिएको प्रतियोगिताको विजेताले नगद पाँच लाख रुपैयाँ, मेडल र ट्रफी पाउनेछ भने उपविजेताले नगद तीन लाख रुपैयाँ, मेडल र ट्रफी प्राप्त गर्नेछ। त्यस्तै, प्रत्येक खेलको प्लेयर अफ द म्याचले नगद ११ हजार रुपैयाँ र ट्रफी पाउने छन्। प्रतियोगिताको उत्कृष्ट बलर र ब्याटरले नगद २५ हजार रुपैयाँ र ट्रफी पाउने छन्। उदीयमान खेलाडीलाई नगद ११ हजार रुपैयाँ र ट्रफी पाउँदा प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले नगद ५१ हजार रुपैयाँ र ट्रफी पाउने क्लबका महासचिव वसन्त पोखरेलले जानकारी दिए।

यसअघि २०६५ जेठ २१ गते नेपाल क्रिकेट संघ र मेची बहुमुखी क्याम्पसबीच क्याम्पस परिसरमा क्रिकेट मैदान सञ्चालनका लागि दुई पक्षीय सम्झौता भएको थियो। संघको तर्फबाट सदस्य छत्रप्रसाद अधिकारी र क्याम्पसको तर्फबाट तत्कालीन क्याम्पस प्रमुख टीका प्याकुरेलले हस्ताक्षर गरेपश्चात् क्रिकेट संघले क्रिकेट पिच बनाइदिएको थियो। खेल मैदान तयारी भएपछि नेपाली राष्ट्रिय क्रिकेट टोलीको सहभागितामा २०६७ फागुनमा बिनेश बर्मा स्मृति राष्ट्रिय क्रिकेट प्रतियोगिता सञ्चालन भएको थियो। सो प्रतियोगिता नेपाल सशस्त्र प्रहरी बलले उपाधि जितेको थियो।

त्यसपछि कुनै प्रतियोगिता नभएर ओझेलमा परेको जीर्ण क्रिकेट मैदानलाई पुनः सञ्चालनमा ल्याउनका यहाँका उद्योगी, व्यवसायी, जनप्रतिनिधि र खेलप्रेमी जुरमुराए। र, २०८० सालमा भद्रपुर क्रिकेट क्लब गठन गरी प्रक्रिया अघि बढाउँदै मेची क्याम्पससँग १९ बुँदे सम्झौता गरी खेल मैदान २५ वर्षसम्म भाडा (लिज) लिएको क्रिकेट क्लबका अध्यक्ष आदित्य पराजुलीले जानकारी दिए। काँसघारी रहेको मैदानलाई दुई वर्षभित्र यहाँसम्म पुर्‍याएर अन्तर्राष्ट्रियस्तरको प्रतियोगिता गर्न सफल भएको अध्यक्ष पराजुलीको भनाइ छ।

कोशी सरकार, भद्रपुर नगरपालिका र विभिन्न दाताहरूको सहयोगमा निर्माण गरिएको यो क्रिकेट ग्राउन्ड कोशी प्रदेशकै उत्कृष्ट पिचसहितको खेल मैदान रहेको उनको दाबी छ। त्यस्तै भद्रपुर नगरपालिका प्रमुख गणेश पोखरेलले यो क्रिकेट ग्राउण्डको संरक्षण नगरपालिकाले गर्ने बताए।

नगरपालिकाले निर्माणाधीन पेविलियन भवनका लागि १५ लाख रुपैयाँ छुट्टाउँदै सम्झौता गरिसकेको अवस्था छ। नगरपालिकाले यस ग्राउन्डको भौतिक संरक्षणमा निर्माणमा निरन्तर सहयोग गर्दै आइरहेको बताउँदै नगर प्रमुख पोखरेले भने, ‘यो प्रतियोगितामा पनि नगरपालिकाले सहयोग गर्छ र प्रतियोगितालाई सफल बनाउन सबैको साथ सहयोग आवश्यक छ।’

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। नेपाल प्रिमियर लिग (एनपीएल(को तेस्रो संस्करण सोमबारदेखि सुरु हुँदैछ । कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा सुरु हुने यो संस्करणमा आठ वटा टोलीको सहभागिता रहनेछ । कीर्तिपुरस्थित मैदानमा लगभग अन्तिम तयारी सकिएको क्यानले जनाएको छ । यसपटक विजेताको पुरस्कार राशि बढाइएको छ । योसँगै प्रतियोगिताको प्रतिस्पर्धात्मक आकर्षण र व्यावसायिक महत्त्व थप बढ्ने क्यानको अपेक्षा छ । नेपाल प्रिमियर ...
: कर्णाली याक्समा अनुबन्ध भएका मार्क वाट नेपाल आइपुगेका छन्। आइतबार बिहान उनी तेस्रो नेपाल प्रिमियर लिग (एनपीएल) खेल्न त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण भएका हुन्। उनलाई कर्णाली याक्स स्पोर्ट्स प्रा।लीका प्रतिनिधिले स्वागत गरे। ३० वर्षीय वाटले स्कटल्यान्डको लागि ट्वान्टी २० आईमा ८३ खेल खेल्दा ९४ विकेट लिएका छन् । त्यस्तै तीन सय २१ रन बनाएका ...
: वेस्ट इन्डिजका अलराउन्डर फेबियन एलेन नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणका लागि सुदूरपश्चिम रोयल्समा अनुबन्ध भएका छन्। ३१ वर्षीय एलेन बायाँहाते ब्याटर तथा बायाँहाते स्पिनर हुन्। तल्लो क्रममा आक्रामक ब्याटिङ गर्न सक्ने उनी टी–२० क्रिकेटका अनुभवी खेलाडी हुन्। उनले विश्वका विभिन्न फ्रेन्चाइज लिगमा खेलिसकेका छन्। एलेनले वेस्ट इन्डिजका लागि २० एकदिवसीय र ४२ टी–२० अन्तर्राष्ट्रिय ...
: नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणअन्तर्गत उद्घाटन खेलका सबै टिकट बिक्री भएका छन्। नेपाल क्रिकेट संघ (क्यान) ले बिहीबार राति ८ बजेदेखि उद्घाटन खेलको टिकट बिक्री खुला गरेको थियो। क्यानले एनपीएलको आधिकारिक फेसबुक पेजबाट पहिलो खेलको टिकट ‘सोल्ड आउट’ भएको जानकारी दिएको हो। यो संस्करणमा प्रायोजक संख्या बढ्दा क्यानले कूल ८ हजार ४०० ...
: नेपाल प्रिमियर लिग (एनपीएल) को पुरस्कार घोषणा भएको छ। आयोजक नेपाल क्रिकेट संघ (क्यान)ले पत्रकार सम्मेलन गर्दै आइतबार पुरस्कार घोषणा गरेको हो। क्यानका अनुसार विजेता टोलीले १ करोड ५० लाख पुरस्कार पाउनेछ। उपविजेताले ८० लाख र तेस्रो स्थानमा रहनेले ४० लाख पाउनेछन्। यस्तै चौथो हुने टोलीले ३० लाख पुरस्कार पाउनेछ। एनपीएलको तेस्रो संस्करण ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम