मुख्य समाचार
वैदेशिक रोजगारीका लागि साउदी अरेबिया पुगेका ७ सय ४८ जना नेपाली जेलमा
वैदेशिक रोजगारीका लागि साउदी अरेबिया पुगेका ७ सय ४८ जना नेपाली जेलमा

: सुनौलो भविष्य बोकेर वैदेशिक रोजगारीका लागि साउदी अरेबिया पुगेका ७ सय ४८ जना नेपाली जेलमा परेका छन्। साउदीको कानुनविपरीत गतिविधि तथा विभिन्न प्रलोभनमा पर्दा उनीहरू जेल परेका हुन्। अधिकांश मदिरा सेवन र बिक्री वितरणको अभियोगमा जेल परेका छन्।



साउदीस्थित नेपाली दूतावासका श्रम कन्सिलर कविराज उप्रेतीका अनुसार ३ सय ४५ जना मदिरा उत्पादन, सेवन र ओसारपसारको अभियोगमा , ४३ जना लागु‍औषध ओसारपसार, १२ जना चोरी मुद्दामा, वेश्यावृत्तिमा १६ जना , तोडफोडमा १५ जना, घुसखोरीमा ४ जना, हत्यामा ७ जना, नियम उल्लङ्घनमा ५ जना, अन्य गतिविधिमा संलग्न रहेको आरोपमा २९८ जना जेल परेको छन्। जसमध्ये ३ सय ४१ जनालाई आधिकारिक रूपमा फैसला सुनाएर जेल चलान गरिएको र ४ सय ७ जनाको फैसला आउन बाँकी रहेको बताए। साथै विभिन्न कारणले गर्दा ७ जना नेपाली कोमाका बिरामी अवस्थामा रहेका छन् भने अन्य विभिन्न कारणले मृत्यु भएका ८ जना नेपालीको शव स्वदेश पठाउने प्रक्रियामा रहेका छन्।



नेपाली कार्यवाहक राजदूत सिर्जना अधिकारीले वैदेशिक रोजगारीका क्रममा साउदी अरेबियामा कर्मथलो बनाएर कार्यरत नेपालीहरूले घरेलु मदिरा उत्पादन, बिक्री वितरण, ओसारपसार जस्ता आरोपमा सयौंको संख्या नेपाली श्रमिकहरू साउदी अरबको जेल परेकोमा चिन्ता व्यक्त गर्दै यस्ता दुर्घटनाबाट बच्न नेपाली कामदार स्वयं सजक रहनुपर्ने बताइन्।




साउदीको नियम कानुन विपरीत कार्य गर्दा भोग्नुपर्ने सजाय र समस्याप्रति सबैलाई सजग बनाउन नेपाली समुदायलाई समेत आग्रह गरेकी छिन। दूतावासले श्रमिकहरूलाई कानुनी प्रक्रियाबारे जानकारी गराउँदै, समस्यामा परेमा तुरुन्तै दूतावास वा सम्बन्धित निकायसँग सम्पर्क गर्न आग्रह गर्नुको साथै दूतावासले कानुन र नियमहरूको पालना गर्न, मर्यादा र शिष्टाचारमा रही काम गर्न, र कुनै पनि अवैध क्रियाकलापमा संलग्न नहुन सुझाव दिँदै आएको छ।

विभिन्न कारणबाट समस्यामा परेका नेपालीलाई स्वदेश फिर्ता गराउने क्रममा हाल सम्म ६५ सयभन्दा बढी एक्जिट भिसा प्राप्त गरी स्वदेश फिर्ता भएका छन्। केही प्रक्रियामा रहेका छन्। विभिन्न समस्या परी अलपत्र परेका २३ जना नेपाली हाल दूतावासको सेल्टरमा रहेका छन् भने उनीहरूको स्वदेश फिर्ताको लागी आवश्यक प्रक्रिया अगाडि बढाएको जानकारी दिएको छ। साउदीमा हालसम्म मदिरा सेवन र बिक्री वितरण कार्य गैरकानुनी एवं दण्डनीय भएता पनि नेपालीहरूले बेवास्ता तथा हल्का रूपमा लिइने कारणले ठूलो समस्यामा परेका छन् भने पछिल्लो समयमा अवैधानिक रूपमा काम गर्ने नेपाली संख्या दैनिक रूपमा बढ्दो रहेको छ।

साउदीमा लगभग चार लाख नेपाली कार्यरत रहेको अनुमान गरिन्छ जसमा वैधानिक रूपमा ३ लाख २० हजार भन्दा बढी नेपाली रहेको पाइन्छ भने अन्य अवैधानिक रुपमा कार्यरत रहेको पाइन्छ। रोजगारीका लागि यहाँ आउने नेपालीको संख्या बढ्दो छ। पछिल्लो समय कम्पनी छोडेर अरू नै कम्पनीमा काम गर्नका लागि भाग्नेको संख्या पनि बढ्दो रहेकोले श्रम सम्झौताभन्दा बढी रकमको लालचमा पर्ने तथा जसरी पनि पैसा कमाउन कानुनविपरीत काम गर्नेहरू समस्यामा परेपछि कम्पनी छोडेर भाग्ने गरेका पाइन्छ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: साउदी अरब नेपाली श्रमिकहरूको प्रमुख गन्तव्यका रूपमा दशकौंदेखि स्थापित रहँदै आएको छ। यहाँ करिब ४ लाख नेपाली कार्यरत रहेको अनुमान गरिएको छ तर समयसँगै यहाँको नेपाली समुदायको स्वरूप परिवर्तन हुँदै गएको छ। नेपाली केवल श्रमिकमा सीमित छैनन्, उनीहरू व्यवसायी, लगानीकर्ता र व्यवस्थापकका रूपमा पनि उदाउँदैछन्। यो परिवर्तनले केवल व्यक्तिगत उन्नतिलाई मात्र होइन, समग्र नेपाली ...
। भारत मणिपुर राज्यको सङ्गाई इन्टरनेसनल युनिभर्सिटीमा अध्ययन गरेका झण्डै एक सय जना नेपालीको शैक्षिक उपाधि संकटमा परेको छ । त्यसमा छानबिन गरिरहेको त्रिभुवन विश्वविद्यालयको पाठ्यक्रम विकास केन्द्रले ९८ जनाको नाम सार्वजनिक गर्दै शैक्षिक उपाधिको वैधता पुष्टि हुने कागजात पेस गर्न ३५ दिने अल्टिमेटम दिएको छ । भारतको विश्वविद्यालय अनुदान आयोगले सन् २०२४ को मे १५ ...
। सिड्नीको एउटा व्यस्त पार्कमा एक घरविहीन युवाको स्तब्ध पार्ने मृत्युले अस्ट्रेलियामा नयाँ बहस सिर्जना गरेको छ । सामाजिक सुरक्षाको लागि अब्बल मानिने देशमा कसरी सहायता सेवाहरू नाकाम भइरहेको छ भन्ने अवस्था देखाउन यो घटनाले सहयोग गरेको विश्लेषण भइरहेको छ । न्यूज डट कम डट एयूमा प्रकाशित एक रिपोर्टका अनुसार, ३२ वर्षीय नेपाली विद्यार्थीको मृत्यु हुँदासमेत ...
— मलेसियाको अध्यागमन विभागले गत साता नेपाली व्यवसायी महेन्द्रजंग शाहसहित ९ जनालाई गैरकानुनी रूपमा विदेशी नागरिक मलेसिया भित्र्याउने र नक्कली भिसा बनाउने गिरोहको नेतृत्व गरेको आरोपमा पक्राउ गर्‍यो । पक्राउपछि अध्यागमन महानिर्देशक जकारिया शाबानले पत्रकार सम्मेलन गर्दै मानव तस्करी र नक्कली कागजात बनाउने गिरोहको जालो तोड्न सफल भएको बताएका थिए । महानिर्देशक शाबानका अनुसार शाह नेतृत्वको ...
: गत फागुन १४ गते कतारमा एउटा क्षेप्यास्त्र खसेको भिडियोले सामाजिक सञ्जालमा हलचल मच्चायो। भारतीयमूलका एक नागरिकले खिचेको उक्त भिडियो संसारभर डढेलोसरि फैलियो। अधिकांश नेपालीले सोही भिडियो ‘कट’ गर्दै सामाजिक सञ्जालमा पोस्ट गरे। भिडियो पोस्ट भएको केही घण्टा पनि नबित्दै उक्त सामग्री सार्वजनिक गर्ने व्यक्तिलाई कतार सरकारले नियन्त्रणमा लियो। त्यो एउटा सुरुवाती नजिर थियो। त्यसलगत्तै संयुक्त ...