मुख्य समाचार
वैदेशिक रोजगारीका लागि साउदी अरेबिया पुगेका ७ सय ४८ जना नेपाली जेलमा
वैदेशिक रोजगारीका लागि साउदी अरेबिया पुगेका ७ सय ४८ जना नेपाली जेलमा

: सुनौलो भविष्य बोकेर वैदेशिक रोजगारीका लागि साउदी अरेबिया पुगेका ७ सय ४८ जना नेपाली जेलमा परेका छन्। साउदीको कानुनविपरीत गतिविधि तथा विभिन्न प्रलोभनमा पर्दा उनीहरू जेल परेका हुन्। अधिकांश मदिरा सेवन र बिक्री वितरणको अभियोगमा जेल परेका छन्।



साउदीस्थित नेपाली दूतावासका श्रम कन्सिलर कविराज उप्रेतीका अनुसार ३ सय ४५ जना मदिरा उत्पादन, सेवन र ओसारपसारको अभियोगमा , ४३ जना लागु‍औषध ओसारपसार, १२ जना चोरी मुद्दामा, वेश्यावृत्तिमा १६ जना , तोडफोडमा १५ जना, घुसखोरीमा ४ जना, हत्यामा ७ जना, नियम उल्लङ्घनमा ५ जना, अन्य गतिविधिमा संलग्न रहेको आरोपमा २९८ जना जेल परेको छन्। जसमध्ये ३ सय ४१ जनालाई आधिकारिक रूपमा फैसला सुनाएर जेल चलान गरिएको र ४ सय ७ जनाको फैसला आउन बाँकी रहेको बताए। साथै विभिन्न कारणले गर्दा ७ जना नेपाली कोमाका बिरामी अवस्थामा रहेका छन् भने अन्य विभिन्न कारणले मृत्यु भएका ८ जना नेपालीको शव स्वदेश पठाउने प्रक्रियामा रहेका छन्।



नेपाली कार्यवाहक राजदूत सिर्जना अधिकारीले वैदेशिक रोजगारीका क्रममा साउदी अरेबियामा कर्मथलो बनाएर कार्यरत नेपालीहरूले घरेलु मदिरा उत्पादन, बिक्री वितरण, ओसारपसार जस्ता आरोपमा सयौंको संख्या नेपाली श्रमिकहरू साउदी अरबको जेल परेकोमा चिन्ता व्यक्त गर्दै यस्ता दुर्घटनाबाट बच्न नेपाली कामदार स्वयं सजक रहनुपर्ने बताइन्।




साउदीको नियम कानुन विपरीत कार्य गर्दा भोग्नुपर्ने सजाय र समस्याप्रति सबैलाई सजग बनाउन नेपाली समुदायलाई समेत आग्रह गरेकी छिन। दूतावासले श्रमिकहरूलाई कानुनी प्रक्रियाबारे जानकारी गराउँदै, समस्यामा परेमा तुरुन्तै दूतावास वा सम्बन्धित निकायसँग सम्पर्क गर्न आग्रह गर्नुको साथै दूतावासले कानुन र नियमहरूको पालना गर्न, मर्यादा र शिष्टाचारमा रही काम गर्न, र कुनै पनि अवैध क्रियाकलापमा संलग्न नहुन सुझाव दिँदै आएको छ।

विभिन्न कारणबाट समस्यामा परेका नेपालीलाई स्वदेश फिर्ता गराउने क्रममा हाल सम्म ६५ सयभन्दा बढी एक्जिट भिसा प्राप्त गरी स्वदेश फिर्ता भएका छन्। केही प्रक्रियामा रहेका छन्। विभिन्न समस्या परी अलपत्र परेका २३ जना नेपाली हाल दूतावासको सेल्टरमा रहेका छन् भने उनीहरूको स्वदेश फिर्ताको लागी आवश्यक प्रक्रिया अगाडि बढाएको जानकारी दिएको छ। साउदीमा हालसम्म मदिरा सेवन र बिक्री वितरण कार्य गैरकानुनी एवं दण्डनीय भएता पनि नेपालीहरूले बेवास्ता तथा हल्का रूपमा लिइने कारणले ठूलो समस्यामा परेका छन् भने पछिल्लो समयमा अवैधानिक रूपमा काम गर्ने नेपाली संख्या दैनिक रूपमा बढ्दो रहेको छ।

साउदीमा लगभग चार लाख नेपाली कार्यरत रहेको अनुमान गरिन्छ जसमा वैधानिक रूपमा ३ लाख २० हजार भन्दा बढी नेपाली रहेको पाइन्छ भने अन्य अवैधानिक रुपमा कार्यरत रहेको पाइन्छ। रोजगारीका लागि यहाँ आउने नेपालीको संख्या बढ्दो छ। पछिल्लो समय कम्पनी छोडेर अरू नै कम्पनीमा काम गर्नका लागि भाग्नेको संख्या पनि बढ्दो रहेकोले श्रम सम्झौताभन्दा बढी रकमको लालचमा पर्ने तथा जसरी पनि पैसा कमाउन कानुनविपरीत काम गर्नेहरू समस्यामा परेपछि कम्पनी छोडेर भाग्ने गरेका पाइन्छ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। नेपाली मूलका अस्ट्रेलियन प्रहरी वरिष्ठ कन्स्टेबल बिकास भारतीले अस्ट्रेलियाको प्रतिष्ठित राष्ट्रिय बहादुरी अवार्ड प्राप्त गरेका छन्। उनको अदम्य साहस र कर्तव्यनिष्ठाको कदर गर्दै अस्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी अल्बानिजीले संघीय संसद्‌को प्रश्नोत्तर समयमामा प्रशंसासमेत गरेका छन्। अस्ट्रेलियाको पुलिस फेडेरेसनले बुधबार क्यानबेरामा आयोजित एक समारोहमा भारतीलाई उक्त सम्मान प्रदान गरेको हो। न्यु साउथ वेल्स (एनएसडब्लु) प्रहरीअन्तर्गत ‘बर्रउड पुलिस ...
। न्युजिल्यान्डमा बसोबास गर्ने नेपाली नागरिक, विशेषगरी विद्यार्थीहरू राहदानी नवीकरण र अन्य कन्सुलर सेवा लिन सास्ती भोग्न बाध्य भएका छन्। त्यहाँ नेपाली दूतावास नहुँदा र राहदानी छपाइमा देखिएको भनिएको प्राविधिक समस्या लम्बिँदा नेपालीहरू ठूलो आर्थिक भार र प्रशासनिक झन्झटमा परेका हुन्। आधारभूत कन्सुलर सेवा लिन अस्ट्रेलिया वा नेपालसम्मै पुग्नुपर्ने अवस्था आएपछि न्युजिल्यान्डस्थित नेपाली समुदायका अगुवाहरूले नेपाल ...
: साउदी अरबमा पछिल्लो सुरक्षा तनाव र हुथी आक्रमणको प्रभावले नेपाल फर्किने र साउदी जाने तयारीमा रहेका नेपाली श्रमिक तथा यात्रु समस्यामा परेका छन्। नियमित उडान गर्दै आएका नेपाल एयरलाइन्स र हिमालयन एयरलाइन्सले केही समयका लागि उडान रद्द गरेपछि चाडपर्वको मुखमा स्वदेश फर्किन खोज्ने नेपाली थप अन्योलमा परेका छन्। रियादबाट नेपालका लागि हुने नियमित उडान रद्द ...
: पछिल्लो समय साउदी अरबका विभिन्न क्षेत्रमा भएका ड्रोन तथा क्षेप्यास्त्र आक्रमणका घटनाले यहाँ कार्यरत नेपाली श्रमिकको सुरक्षाबारे चिन्ता बढाएको छ। एक नेपालीको मृत्यु र अन्य ३ नेपाली घाइते भएको घटनासँगै अन्तर्राष्ट्रिय उडान प्रभावित हुँदा स्वदेश फर्कने तयारीमा रहेका नेपालीसमेत अन्योलमा परेका छन्। अक्टोबर २१ मा साउदी अरबको पूर्वी क्षेत्रमा रहेको शैबाह तेल क्षेत्रमा ड्रोन अवरोध ...
— साउदी अरबको साउदी अराम्कोको शैबाह तेल क्षेत्रमा ड्रोन आक्रमणको अवशेष खस्दा एक नेपाली नागरिकको मृत्यु भएको घटनाप्रति नेपाल सरकारले दुःख व्यक्त गरेको छ । परराष्ट्र मन्त्रालयले बिहीबार विज्ञप्ति जारी गर्दै मृतकका परिवारप्रति समवेदना व्यक्त गरेको छ । मन्त्रालयले घटनामा घाइते भएकाहरूको शीघ्र स्वास्थ्यलाभको कामना पनि गरेको छ । नेपालले सर्वसाधारण नागरिक र महत्त्वपूर्ण पूर्वाधारलाई लक्षित गरी ...