मुख्य समाचार
रुपन्देहीको सदरमुकाम भैरहवामा पछिल्लो समय क्यासिनो पर्यटनका कारण चहलपहल
रुपन्देहीको सदरमुकाम भैरहवामा पछिल्लो समय क्यासिनो पर्यटनका कारण चहलपहल

। रुपन्देहीको सदरमुकाम भैरहवामा पछिल्लो समय क्यासिनो पर्यटनका कारण चहलपहल बढेको छ । क्यासिनोमा रमाउन आउने पर्यटकका कारण छिमेकी देशकै पुरानोमध्यको व्यापारिक केन्द्रका रुपमा परिचित भैरहवा बजारमा चहलपहल बढेको हो ।

भारतको सुनौली नजिकै रहेको भैरहवा क्षेत्रमा खुलेका क्यासिनोहरु पर्यटन तान्ने मुख्य मनोरञ्जनका साधनहरु बनेका स्थानीयको भनाइ छ । कोरोना भाइरसको सङ्क्रमणपछि अधिकांश पेसा, व्यावसायको आर्थिक गतिविधि प्रभावित भइरहेको अवस्थामा पछिल्ला समय यो बजार क्यासिनो पर्यटनबाट लाभान्वित भएको देखिन्छ ।




यसै सन्दर्भमा सिद्धार्थ उद्योग वाणिज्य सङ्घका अध्यक्ष नेत्रप्रसाद आचार्य विशेषगरी भारतीय पर्यटक आकर्षित गर्न भैरहवास्थित क्यासिनोका कारण यस क्षेत्रमा सञ्चालित होटल, रेस्टुराँ तथा ‘स्पा’लगायतका अन्य व्यापारसमेत लाभान्वित हुनपुगेको बताउँछन् ।

क्यासिनोमा आउने पर्यटकले गर्दा यस क्षेत्रको समग्र व्यापार, व्यावसायमा प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा लाभ पुगेको उल्लेख गर्दै अध्यक्ष आचार्यले भने, ‘नेपालमा पर्यटन प्रवर्द्धन गरी बढीभन्दा बढी पर्यटक भित्र्याउन सम्भावित क्षेत्रलाई सुक्ष्म रुपले विश्लेषण गर्दै आवश्यक नीतिगत व्यवस्था गरिनुपर्दछ । पछिल्लो समय फस्टाएको क्यासिनो पर्यटनबाट भैरहवा क्षेत्र लाभान्वित भएको छ, समग्र व्यवसायीका लागि यो खुसीको विषय हो ।’




पर्यटन विकास परिषद्, लुम्बिनी प्रदेश सरकारका सदस्य राजेश महोत्राले कामको खोजीमा हरेक दिन युवा विदेसिनुपरेको अवस्थामा स्वदेशमै रोजगार दिन सफल क्यासिनो व्यवसायलाई थप चलायमान बनाउन सरकारको महत्वपूर्ण भूमिका हुने बताए ।

पर्यटकलाई मनोरञ्जन दिन सफल यो व्यवसायलाई व्यवस्थित रुपमा सञ्चालन गर्न सके मुलुकको समग्र पर्यटनक्षेत्रमा थप टेवा पुग्ने बताउँदै सदस्य महोत्राले भने, ‘भैरहवा अहिले क्यासिनोको ‘हब’ बन्नु पर्यटन क्षेत्रका लागि ठूलो उपलब्धिसहित सकारात्मक सन्देश हो, यस व्यवसायलाई अझ विस्तार गर्न सक्नुपर्दछ ।’

यसैगरी पर्यटन व्यवसायी अमित गुप्ता पर्यटकीय गन्तव्यका रुपमा नेपाल विश्वमै प्रख्यात रहेको सन्दर्भमा क्यासिनो पर्यटनको प्रवर्द्धन गर्नुपर्नेमा जोड दिन्छन् । क्यासिनो व्यावसायीलाई संस्थागत गर्नका लागि निजी क्षेत्र र सरकारी निकायले सहकार्य गर्न जरुरी रहेको उल्लेख गर्दै क्यासिनो सञ्चालनका लागि सुरक्षा व्यवस्थासहित आवश्यक नीतिगत व्यवस्था भए उल्लेखनीय मात्रामा राजस्व सङ्कलन हुने र व्यावसायी पनि लाभान्वित हुने उनको धारणा छ ।

हाल भैरहवामा आठ र बुटवलमा एक गरी यस क्षेत्रमा नौ वटा क्यासिनो सञ्चालनमा आएका छन् भने थप दुई वटा क्यासिनो खुल्ने तयारीमा रहेको जिल्ला प्रशासन कार्यालय, रुपन्देहीले जनाएको छ । भैरहवा क्षेत्रमा सञ्चालित क्यासिनोमा अहिले करिब दुई हजारभन्दा बढिले रोजगारी पाएका छन् । रासस

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: आफूसँग भएका जहाजसमेत पूर्णक्षमतामा सञ्चालन गर्न नसकेको नेपाल वायुसेवा निगमले फेरि लिजमा जहाज थप्ने प्रक्रिया अघि बढाउने तयारी गरेको छ। निगमका ५ चिनियाँ जहाज वर्षौंदेखि व्यावसायिक उडानमा छैनन् , एउटा ट्विनअटर लामो समयदेखि ग्राउन्डेड छ भने अन्तर्राष्ट्रिय उडानका चारमध्ये एउटा वाइडबडी इटालीमा मर्मतका क्रममा लामो समयदेखि उतै छ। निगमका अनुसार अवस्थाअनुसार अन्तर्राष्ट्रिय उडानमा अहिले तीनवटा ...
। कृषि, वन तथा पर्यावरण मन्त्रालयले ‘पशु वधशाला र मासु जाँच (दोस्रो संशोधन) नियमावली २०५७’ को मस्यौदा सार्वजनिक गरेको छ । मन्त्रालयले सूचना जारी गर्दै विधायन ऐन २०८१ को दफा ६ को उपदफा (२) को प्रयोजनार्थ उक्त मस्यौदामाथि सर्वसाधारण र सरोकारवालाबाट राय, सुझाव तथा पृष्ठपोषण माग गरेको हो । सार्वजनिक गरिएको संक्षिप्त विवरण अनुसार यस मस्यौदाको मुख्य ...
। महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्रालयले एकल महिला उद्यमीलाई दुई लाखसम्मको प्रविधि सहयोग गर्ने भएको छ । यस्तै, महिला उद्यमी समूहलाई तीन लाखसम्मको प्रविधिमा सहयोग गर्ने भनेको छ । महिला उद्यमशीलता विकास, वित्तीय पहुँच, टेवा पुँजी र प्रविधि सहयोगसहित महिला उद्यमी तथा उद्यमी समूहलाई उद्यमशीलता प्रवर्द्धन कार्यक्रम अन्तर्गत यो सहयोग गर्ने ...
। भदौ १० मा आएको रसुवा बाढीका कारण चालु आर्थिक वर्षको आर्थिक वृद्धिदर घट्ने विश्व बैंकको अनुमान छ । बैंकले बाढीका कारण उद्योग तथा सेवा क्षेत्रमा परेको अवरोधले आर्थिक वृद्धि ३.७ प्रतिशतमा झर्ने प्रक्षेपण गरेको हो । विश्व बैंकको पछिल्लो विकाससम्बन्धी अद्यावधिक प्रतिवेदनअनुसार, पुनर्निर्माण तथा पुनर्स्थापनाका गतिविधि सुरु हुँदा आर्थिक क्रियाकलापमा टेवा पुग्ने अनुमान गरिएको छ ...
। नेपाल विद्युत् प्राधिकरणले पहिलो चरणमा ५४०.४७ मेगावाट क्षमताका २७ जलविद्युत् आयोजनाको व्यावसायिक उत्पादन सुरु गर्ने मिति (आरसीओडी) थप गरेको छ । विद्युत् खरिद सम्झौता (पीपीए) गरिसकेका तर निर्धारित समयभित्र आयोजना सम्पन्न गर्न नसकेका आयोजनाको वास्तविक अवस्था मूल्यांकन गरी प्राधिकरणले आरसीओडी थप गरेको हो । प्राधिकरणले आयोजनाको भौतिक प्रगति, आरसीओडीको अवस्था र पीपीए अनुसार प्रवर्द्धकले पूरा गर्नुपर्ने ...