मुख्य समाचार
प्रधानमन्त्री सुशीला कार्कीले आफू नेतृत्वको मन्त्रिपरिषद्लाई रास्वपाको भनेर प्रचार हुने गरेको भन्दै आपत्ति जनाए
प्रधानमन्त्री सुशीला कार्कीले आफू नेतृत्वको मन्त्रिपरिषद्लाई रास्वपाको भनेर प्रचार हुने गरेको भन्दै आपत्ति जनाए

। प्रधानमन्त्री सुशीला कार्कीले आफू नेतृत्वको मन्त्रिपरिषद्लाई रास्वपाको भनेर प्रचार हुने गरेको भन्दै आपत्ति जनाएकी छिन् ।

सोमबार राष्ट्रिय सभा बैठकलाई सम्बोधन गर्ने क्रममा उनले जम्मा दुई जना मात्रै मन्त्री पद छाडेकाहरू रास्वपामा गएको बताइन् ।

‘यो अभियोग पनि यहाँ आयो कि यो त राष्ट्रिय स्वतन्त्र पार्टीको हो भनेर । रास्वपामा दुई जना गए । कुलमानजीको आफ्नै पार्टी हो । महावीर पुनको पार्टी नै छैन । सबै मान्छे रास्वपामा गएको त होइन,’ उनको प्रष्टोक्ति थियो ।

साथै, मन्त्री पद छाडिसकेपछि अहिले कोहीसँग पनि सम्पर्क नभएको बताइन् । रास्वपाको मन्त्रिपरिषद् भनेर गरिएको प्रचार गलत भाष्य रहेको उनको भनाइ थियो ।

‘हामीहरू कसैसँग सम्पर्क पनि छैन । यो गलत भाष्य हो । आफ्नो आफ्नो अधिकार हो । हामीले सबैलाई सोध्यौं, तपाईंहरू कोही जानुहुन्छ भनेर, नजानेहरू बसे,’ उनले भनिन्, ‘हामीलाई थाहा थियो, उसलाई इन्ट्रेस्ट छ भन्ने थाहा हुँदाहुँदै जेनजीको प्रेसरमा उनीहरू आएका हुन् । आए, गए । बकाइदा गए । अहिले सम्पर्कमा पनि छैन ।’

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। आगामी २१ फागुनमा हुने प्रतिनिधि सभा निर्वाचनका लागि बुधबार (२१ माघ) देखि नेपाली सेना परिचालन हुने भएको छ । निर्वाचन पूर्वको सुरक्षा योजना अनुसार नेपाली सेना २१ माघदेखि फिल्ड गस्तीमा निस्कन लागेको हो । नेपाली सेनाका प्रवक्ता तथा सहायक रथी राजाराम बस्नेतका अनुसार एकीकृत निर्वाचन सुरक्षा योजना २०८२ अनुसार सेना २१ माघदेखि परिचालन हुँदैछ । ‘हाम्रोतर्फको ...
। निर्वाचन आयोगले समानुपातिकको बन्दसूचीबाट ७६ जना उम्मेदवारको नाम हटाएको छ । आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले उम्मेवारविरुद्ध परेका उजुरी, उनीहरूको योग्यता र विभिन्न दलबाट आएका जानकारीसमेतलाई आधार बनाएर ७६ जनाको नाम बन्दसूचीबाट हटाएको जानकारी गराएका छन् । जस अनुसार, कर्जा सूचना केन्द्रको कालो सूचीमा रहेका २१ जनाको नाम हटाइएको छ । प्रदेश सभाको बन्दसूचीतर्फ नाम कायम भएका ...
। २४ भदौको जेनजी आन्दोलनमा फरार भएका दुई जना प्रतिवादी पक्राउ परेका छन् । पक्राउ पर्नेमा ललितपुरको बागमती गाउँपालिका-१ हुसेल बस्ने ४१ वर्षीय अशोक लो र रामेछापको लिखु तामाकोशी गाउँपालिका-२ का अजय तामाङ भनिने सञ्जय तामाङ रहेका छन् । उनीहरू २४ भदौमा कारागारबाट फरार भएका थिए । लो कर्तव्य ज्यान मुद्द मा २५ वर्ष कैद सजाय सुनाएका ...
। गृहमन्त्री ओमप्रकाश अर्यालले गृह मन्त्रालयले प्रहरीलाई नियन्त्रण गर्ने नभई सक्षम बनाउन चाहेको बताएका छन् । काठमाडौंमा सोमबार नेपाल प्रहरी निरीक्षकहरुको दीक्षान्त समारोहलाई सम्बोधन गर्दै उनले मन्त्रालय प्रहरीलाई आदेश दिने निकाय मात्र नभई अभिभावक पनि भएको बताएका हुन् । प्रहरीलाई नीतिगत स्पष्टता, संस्थागत मजबुती र व्यावसायिक स्वतन्त्रता प्रदान गर्न सरकार प्रतिबद्ध रहेको उनको भनाइ छ । गृहमन्त्री ...
। प्रहरी महानिरीक्षक (आईजीपी) दान बहादुर कार्कीले अनेकौ उतार चढावकाबीच प्रहरी संगठन धुलो टक्टक्याएर खरानीबाट उठ्दै पुन: नागरिकको सेवामा समर्पित रहेको बताएका छन् । सोमबार काठमाडौंमा प्रहरी निरीक्षक आधारभूत तालिम १८३ औं समूह दीक्षान्त समारोहमा प्रहरी महानिरीक्षक कार्कीले सात दशकको इतिहास बोकेको प्रहरीले अनेकौं उतार चढाव, जलन र दलनका बावजूद हिम्मतका साथ अझ दरो भई नागरिकको ...