मुख्य समाचार
पोखरामा जारी साफ यू-१९ महिला च्याम्पियनसिपको दोस्रो खेलमा नेपालले भुटानलाई पराजित
पोखरामा जारी साफ यू-१९ महिला च्याम्पियनसिपको दोस्रो खेलमा नेपालले भुटानलाई पराजित

। पोखरामा जारी साफ यू-१९ महिला च्याम्पियनसिपको दोस्रो खेलमा नेपालले भुटानलाई पराजित गरेको छ ।

पोखरा रंगशालामा भएको खेलमा नेपालले भुटानमाथि २-१ को जित निकालेको हो । नेपालको जितमा संगिता बडुवाल र प्रजिता राईले १-१ गोल गरे ।


संगिता ३६औं मिनेटमा गोल गर्दै नेपाललाई पहिलो हाफमा अग्रता दिलाएकी थिइन् । प्रजिताले दोस्रो हाफको ७०औं मिनेटमा गोल गर्दै नेपालको अग्रता दोब्बर पारिन् ।

भुटानले ८७औं मिनेटमा गोल फर्काउँदै खेलमा फर्किने प्रयास गरेको थियो। पूर्णिमा श्रेष्ठको डिफेन्सिभ गल्तीमा भुटानले गोल गरेको थियो ।


यद्यपी नेपाल इन्जुरी समयमा पनि अग्रता जोगाइराख्न सफल रह्यो ।

जितपछि नेपालको फाइनल सम्भावना कायमै रहेको छ ।

पहिलो खेलमा नेपाल भारतसँग १-० ले पराजित भएको थियो । अब नेपालले लिग चरणको अन्तिम खेलमा बंगलादेशसँग खेल्नेछ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। अखिल नेपाल फुटबल संघ (एन्फा) का उपाध्यक्ष दीपक खतिवडाले संघभित्र विधान विपरीतका गतिविधि र बढ्दो बेथितिप्रति गम्भीर आपत्ति जनाएका छन्। शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलनको आयोजना गर्दै उनले एन्फाको वर्तमान नेतृत्वले संस्थागत पद्धति र विधानको मर्मविपरीत काम गरिरहेको आरोप लगाए। खतिवडाले आफूले लामो समयदेखि नेपाली फुटबलको विकासका लागि रचनात्मक सुझाव दिँदै आए पनि अध्यक्ष पंकजविक्रम नेम्वाङ र ...
। इंग्लिस प्रिमियर लिग फुटबलमा दोस्रो स्थानको म्यान्चेस्टर सिटीले दुई गोलको अग्रता जोगाउन नसक्दा महत्वपूर्ण अंक गुमाएको छ । गएराति टोटनहमको मैदानमा भएको खेलमा पहिलो हाफमा २-० को अग्रता लिएर दोस्रो हाफमा सम्हालिन नसक्दा सिटी बराबरीमा रोकिएको हो । योसँगै शीर्षस्थानको आर्सनलसँग अंकदूरी छोट्याउने अवसर पनि गुमेको छ । खेलको ११औं मिनेटमा रायन चेर्कीले गोल गर्दै सिटीलाई ...
— एलेना रेबकिनाले शनिबार आरयन सबलेन्कालाई हराएर अस्ट्रेलियन ओपनको उपाधि जितेकी छन् । उनले रड रेभर एरेनामा भएको फाइनलमा ६–४, ४–६ र ६–४ को जित निकालिन् र यसक्रममा आफ्नो खेल जीवनको दोस्रो ग्रान्ड स्लाम उपाधि जितिन् । सन् २०२२ को विम्बल्डन उपाधियता काजाकिस्तानकी २६ वर्षीया खेलाडीले यो सफलता चुकेकी हुन् । विश्व नम्बर १ खेलाडी सबलेन्का भने ...
एनसेल छैटौं टाइगर कप : गण्डकी तेस्रोपल्ट च्याम्पियन
— सन्चो नभएका कार्लोस अल्कारेजले पाँच सेटको कडा प्रतिर्स्पात्मक खेलमा एलेक्जान्डर जेभरेभलाई पराजित गर्दै पहिलो पटक अस्ट्रेलियन ओपन टेनिसको फाइनल यात्रा तय गरेका छन् । अब उपाधि भिडन्तको उनको सामना नोभाक जोकोभिचसँग हुनेछ । जो च्याम्पियन भए पनि कीर्तिमान बन्नेछ । विश्व नम्बर एक खेलाडी अल्कारेजले शुक्रबार तेस्रो वरीयताका जर्मन प्रतिद्वन्द्वीलाई ६–४, ७–६ (७/५), ६–७ (३/७), ६–७ (४/७), ...