मुख्य समाचार
प्युठानमा एक जना महिलाको हत्या गरेको आरोपमा उनकै श्रीमान् र देवर पक्राउ
प्युठानमा एक जना महिलाको हत्या गरेको आरोपमा उनकै श्रीमान् र देवर पक्राउ

। प्युठानमा एक जना महिलाको हत्या गरेको आरोपमा उनकै श्रीमान् र देवर पक्राउ परेका छन् ।

गौमुखी गाउँपालिका–६ लिबाङकी १९ वर्षीया शर्मिला घर्तीको हत्या आरोपमा प्रहरीले उनकै श्रीमान् र देवरलाई पक्राउ गरेको हो ।




हत्या अभियोगमा २० वर्षीय श्रीमान् अनिल घर्ती र १८ वर्षीय देवर जनक घर्तीलाई पक्राउ गरी अनुसन्धान थालिएको प्युठानका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक नरहरि अधिकारीले जानकारी दिए ।

अधिकारीका अनुसार दुई वर्षअघि प्रेम विवाह गरेका अनिल र शर्मिलाबीच पछिल्लो समय मनमुटाव र झगडा हुने गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।




घटना १६ माघ बेलुका करिब ८ बजे भएको हो । प्रहरीका अनुसार अनिल र जनकले शर्मिलालाई घुम्न जाने बहानामा घरबाट करिब ६ सय मिटर टाढा गोन्द्रेचौर भन्ने स्थानमा लगेका थिए । त्यहीँ श्रीमान्–श्रीमतीबीच पुनः विवाद भएपछि अनिलले आवेशमा आएर शर्मिलाको टाउको फलामको रेलिङमा ठोक्काएका थिए।

टाउको ठोक्किएपछि बेहोस भएकी शर्मिलालाई दुवै दाजुभाइले भीरबाट तल खसालेर हत्या गरेको प्रारम्भिक अनुसन्धानका क्रममा खुलेको अधिकारीले बताए ।

उनका अनुसार एक पटक खसाल्दा करिब ३० मिटर तल अड्किएपछि पुनः खसाल्दा उनी करिब १०० मिटर तल पुगेकी थिइन्।

भिरबाट खसाल्ने क्रममा शव र शर्मिलाले लगाएको स्विटर सुरुमा रुखमा अड्किएको थियो। त्यसपछि अनिल आफैँ तल ओर्लिएर पुनः शर्मिलालाई भिरबाट तल धकेलेको प्रहरीको भनाइ छ।

करिब १०० मिटर तल खसेपछि शर्मिलाको मृत्यु भएको सुनिश्चित गरी उनीहरूले शवलाई घटनास्थलमै छाडेर घर फर्किएको प्रहरीको प्रारम्भिक निष्कर्ष छ।

१७ माघ दिउँसो करिब २ बजे कालीमाटी जंगलमा शव फेला परेपछि प्रहरीले अनुसन्धान सुरु गरेको थियो। घटनास्थलबाट मृतकको चप्पल बरामद गरिएको प्रहरीले जनाएको छ।

पक्राउ परेका अनिल र जनकलाई जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरी कर्तव्य ज्यान मुद्दामा थप अनुसन्धान भइरहेको अधिकारीले बताए ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। सर्वोच्च अदालतले सङ्घ, प्रदेश र स्थानीय तहमा सामाजिक न्यायको हक लागू गर्न निर्देशनात्मक आदेश गरेको छ । न्यायाधीश डा मनोजकुमार शर्मा र महेश शर्मा पौडेलको संयुक्त इजलासले २०८२ साल असार ४ मा भएको फैसलाको हालै सार्वजनिक पूर्णपाठमा नेपालको संविधानको धारा ४२ को सामाजिक न्यायको हक कार्यान्वयन गर्न निर्देशनात्मक आदेश गरेको हो । पूर्णपाठमा भनिएको छ, ‘सङ्घ, ...
। निर्वाचन आयोगले निर्वाचन आचारसंहिता उल्लंघन गर्ने २१ व्यक्ति तथा संस्थासँग स्पष्टीकरण सोधेको छ । आयोगले आइतबार आयोजना गरेको नियमित पत्रकार सम्मेलनमा आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले केन्द्रिय आचारसंहिता अनुगमन समितिमा परेका उजुरीमध्ये २१ वटा उजुरीमा सम्बन्धित व्यक्ति तथा संस्थासँग स्पष्टीकरण सोधिएको जानकारी दिए । जसमध्ये १२ वटाबाट जवाफ प्राप्त भइसकेको उनले बताए । ‘केन्द्रिय आचारसंहिता अनुगमन समितिमा प्राप्त ...
। भक्तपुर बाल सुधार गृहका ७५ जना बालबन्दीलाई नुवाकोटस्थित कारागारमा सारिएको छ । पुस ३ गतेको मन्त्रिपरिषद्को निर्णयअनुसार १८ वर्ष पूरा भएका बालकहरलाई केन्द्रीय कारागार कार्यालय नुवाकोटमा सार्ने निर्णय भएको थियो । मन्त्रिपरिषद्को निर्णयअनुसार माघ ९ गते भक्तपुरका प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा बसेको जिल्ला सुरक्षा समितिले पनि १८ वर्षमाथिका बाल बिज्याइकर्तालाई स्तान्तरण प्रक्रिया अघि बढाउने निर्णय ...
। गृहमन्त्री ओमप्रकाश अर्यालले भक्तपुरमा रहेको दुई वटा मुख्य निर्वाचन अधिकृतको कार्यालयको निरीक्षण गरेका छन् । आइतबार अर्याल, गृहसचिव राजकुमार श्रेष्ठ, सहसचिव तथा सुरक्षा समन्वय महाशाखाका प्रमुख आनन्द काफ्ले लगायतको टोलीले भक्तपुरमा प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर १ का प्रमुख निर्वाचन अधिकृत नवराज दाहाल र क्षेत्र नम्बर २ का राधिका सुवालसँग निर्वाचन केन्द्रित तयारी र प्रशासनिक कार्यहरूको ...
। निर्वाचन आयोगले आचारसंहिता उल्लङ्घनसम्बन्धी सूचना तथा उजुरीका लागि अलग्गै इमेलको व्यवस्था गरेको छ । आगामी फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनसम्बन्धी जानकारी दिन आयोगले साप्ताहिक रूपमा आयोजना गर्ने गरेको पत्रकार सम्मेलनका अवसरमा आज यहाँ सहसचिव एवम् प्रवक्ता नारायणप्रसाद भट्टराईले आचारसंहिता उल्लङ्घनका घटनाबारे नागरिकले प्रमाणसहित उजुरी दिनसक्ने गरी अलग्गै इमेलको व्यवस्था गरिएको जानकारी दिए । ...