मुख्य समाचार
यूएईले ५४ औं राष्ट्रिय दिवसको अवसरमा २६७ जना नेपाली कैदीलाई आममाफी दिएको छ
यूएईले ५४ औं राष्ट्रिय दिवसको अवसरमा २६७ जना नेपाली कैदीलाई आममाफी दिएको छ

— संयुक्त अरब इमिरेट्स (यूएई) ले ५४ औं राष्ट्रिय दिवसको अवसरमा २६७ जना नेपाली कैदीलाई आममाफी दिएको छ । यसप्रति नेपाल सरकारले यूएई सरकारलाई हार्दिक धन्यवाद तथा कृतज्ञता व्यक्त गरेको छ ।

परराष्ट्र मन्त्रालयद्वारा आइतबार जारी विज्ञप्तिमा यूएई सरकारले प्रदान गरेको आममाफीलाई नेपाल–यूएईबीच द्विपक्षीय सम्बन्धमा मित्रता, सद्भाव र मानवीय सहयोगको उदाहरणका रूपमा लिइएको उल्लेख छ ।

विज्ञप्तिअनुसार आबुधाबीस्थित नेपाली दूतावासले परराष्ट्र मन्त्रालयको निर्देशन अनुसार पटक–पटक अनुरोध गरेपछि यूएई सरकारले उक्त निर्णय गरेको हो ।

आममाफी पाएका नेपाली नागरिककाविरुद्ध अन्य कुनै कानुनी मुद्दा वा प्रतिबन्ध बाँकी नरहेको खण्डमा यूएईको कानुनअनुसार आवश्यक प्रक्रिया पूरा गरेपछि स्वदेश फर्किन सक्ने जनाइएको छ ।

यूएईमा रोजगारी तथा बसोबास गर्दै आएका नेपाली नागरिकका हकहितका विषयमा नेपाल सरकारले कूटनीतिक पहललाई निरन्तरता दिँदै आएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: साउदी अरब नेपाली श्रमिकहरूको प्रमुख गन्तव्यका रूपमा दशकौंदेखि स्थापित रहँदै आएको छ। यहाँ करिब ४ लाख नेपाली कार्यरत रहेको अनुमान गरिएको छ तर समयसँगै यहाँको नेपाली समुदायको स्वरूप परिवर्तन हुँदै गएको छ। नेपाली केवल श्रमिकमा सीमित छैनन्, उनीहरू व्यवसायी, लगानीकर्ता र व्यवस्थापकका रूपमा पनि उदाउँदैछन्। यो परिवर्तनले केवल व्यक्तिगत उन्नतिलाई मात्र होइन, समग्र नेपाली ...
। भारत मणिपुर राज्यको सङ्गाई इन्टरनेसनल युनिभर्सिटीमा अध्ययन गरेका झण्डै एक सय जना नेपालीको शैक्षिक उपाधि संकटमा परेको छ । त्यसमा छानबिन गरिरहेको त्रिभुवन विश्वविद्यालयको पाठ्यक्रम विकास केन्द्रले ९८ जनाको नाम सार्वजनिक गर्दै शैक्षिक उपाधिको वैधता पुष्टि हुने कागजात पेस गर्न ३५ दिने अल्टिमेटम दिएको छ । भारतको विश्वविद्यालय अनुदान आयोगले सन् २०२४ को मे १५ ...
। सिड्नीको एउटा व्यस्त पार्कमा एक घरविहीन युवाको स्तब्ध पार्ने मृत्युले अस्ट्रेलियामा नयाँ बहस सिर्जना गरेको छ । सामाजिक सुरक्षाको लागि अब्बल मानिने देशमा कसरी सहायता सेवाहरू नाकाम भइरहेको छ भन्ने अवस्था देखाउन यो घटनाले सहयोग गरेको विश्लेषण भइरहेको छ । न्यूज डट कम डट एयूमा प्रकाशित एक रिपोर्टका अनुसार, ३२ वर्षीय नेपाली विद्यार्थीको मृत्यु हुँदासमेत ...
— मलेसियाको अध्यागमन विभागले गत साता नेपाली व्यवसायी महेन्द्रजंग शाहसहित ९ जनालाई गैरकानुनी रूपमा विदेशी नागरिक मलेसिया भित्र्याउने र नक्कली भिसा बनाउने गिरोहको नेतृत्व गरेको आरोपमा पक्राउ गर्‍यो । पक्राउपछि अध्यागमन महानिर्देशक जकारिया शाबानले पत्रकार सम्मेलन गर्दै मानव तस्करी र नक्कली कागजात बनाउने गिरोहको जालो तोड्न सफल भएको बताएका थिए । महानिर्देशक शाबानका अनुसार शाह नेतृत्वको ...
: गत फागुन १४ गते कतारमा एउटा क्षेप्यास्त्र खसेको भिडियोले सामाजिक सञ्जालमा हलचल मच्चायो। भारतीयमूलका एक नागरिकले खिचेको उक्त भिडियो संसारभर डढेलोसरि फैलियो। अधिकांश नेपालीले सोही भिडियो ‘कट’ गर्दै सामाजिक सञ्जालमा पोस्ट गरे। भिडियो पोस्ट भएको केही घण्टा पनि नबित्दै उक्त सामग्री सार्वजनिक गर्ने व्यक्तिलाई कतार सरकारले नियन्त्रणमा लियो। त्यो एउटा सुरुवाती नजिर थियो। त्यसलगत्तै संयुक्त ...