मुख्य समाचार
नेपाल रेडक्रस सोसाइटीले आसन्न प्रतिनिधिसभा निर्वाचनमा प्रचारप्रसारका क्रममा रेडक्रसको चिह्न प्रयोग नगर्न आग्रह
नेपाल रेडक्रस सोसाइटीले आसन्न प्रतिनिधिसभा निर्वाचनमा प्रचारप्रसारका क्रममा रेडक्रसको चिह्न प्रयोग नगर्न आग्रह

— नेपाल रेडक्रस सोसाइटीले आसन्न प्रतिनिधिसभा निर्वाचनमा प्रचारप्रसारका क्रममा रेडक्रसको चिह्न प्रयोग नगर्न आग्रह गरेको छ ।

रेडक्रसको चिह्न जेनेभा महासन्धिअनुसार अन्तर्राष्ट्रिय रूपमा संरक्षित मानवीय सेवाको प्रतीक भएकाले राजनीतिक, धार्मिक वा वैचारिक उद्देश्यका लागि प्रयोग गर्न निषेध गरिएको आज महामन्त्री मीनबहादुर मल्लद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

'आगामी फागुन २१ गते हुन गइरहेको प्रतिनिधिसभा सदस्य निर्वाचनको सन्दर्भमा कुनै पनि राजनीतिक दल वा उम्मेदवारको चुनावी प्रचारप्रसारमा समर्थन वा विरोध जनाउने उद्देश्यले रेडक्रसको चिह्न, नाम, चिह्नअंकित पोसाक वा पहिचान प्रयोग गरिएको गतिविधि देखिएमा यसले रेडक्रस अभियानको निष्पक्षता, तटस्थता, स्वाधीनता र विश्वसनीयतामा गम्भीर असर पार्ने स्पष्ट छ,' विज्ञप्तिमा भनिएको छ ।

विज्ञप्तिमार्फत रेडक्रसका स्वयंसेवक तथा कर्मचारीलाई कुनै पनि चुनावी प्रचारप्रसारमा रेडक्रस चिह्न अंकित सामग्री प्रयोग गरी संलग्न नहुन पनि आग्रह गरिएको छ । यदि कुनै रेडक्रस पदाधिकारी निर्वाचनमा उम्मेदवार भएको भए रेडक्रसबाट अलग भएको घोषणा गर्न पनि आग्रह गरिएको छ ।

रेडक्रसले आफ्ना पदाधिकारी तथा कर्मचारीलाई कुनै पनि राजनीतिक दल, उम्मेदवार वा व्यक्तिको पक्ष वा विपक्षमा समर्थन वा विरोध नगर्न, सामाजिक सञ्जाल, सार्वजनिक कार्यक्रम, प्रदर्शन वा अन्य कुनै माध्यमबाट रेडक्रस अभियानलाई राजनीतिक रूपमा नजोडिन, रेडक्रसको सम्पत्ति, स्थान, कार्यालय कुनै पनि राजनीतिक दलको प्रचारप्रसारलाई सहयोग पुग्ने गरी उपलब्ध नगराउन पनि अनुरोध गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
— निर्वाचन आयोगले निर्वाचन आचारसंहिता उल्लंघन गर्ने २१ व्यक्ति तथा संस्थासँग स्पष्टीकरण सोधेको छ । आयोगले आइतबार आयोजना गरेको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता नारायणप्रसाद भट्टराईले केन्द्रीय आचारसंहिता अनुगमन समितिमा परेका उजुरीमध्ये २१ वटा उजुरीमा सम्बन्धित व्यक्ति तथा संस्थासँग स्पष्टीकरण सोधिएको जानकारी दिए । उनले स्पष्टीकरण सोधिएका २१ मध्ये १२ वटाबाट जवाफ प्राप्त भइसकेको जानकारी दिए । आयोगले ...
— नेकपा (माओवादी)का महासचिव नेत्रविक्रम चन्दले रास्वपाले सत्तामा पुग्ने हतारो गरिरहेका टिप्पणी गरेका छन् । काठमाडौंमा आइतबार आयोजित एक कार्यक्रममा बोल्दै चन्दले लोकप्रियतावादको नारा उरालेर जनतामा भ्रम छर्दै नयाँ भनिएको पार्टीहरूले सत्तामा पुग्नका लागि हतार गरिरहेको आरोप लगाएका हुन् । महासचिव चन्दले नयाँ पार्टीहरूले विचार केही होइन, व्यक्ति भए हुन्छ भनेर पुँजीवाद संस्कार अंगिकार गरेको ...
— प्रतिनिधिसभा निर्वाचनकालागि स्याङ्जामा माग गरे अनुसार निर्वाचन प्रहरीको आवेदन नपरेपछि पूर्वी नवलपरासीबाट ३ सय जनालाई पठाइएको छ । जिल्ला प्रहरी प्रमुख युवराज खड्काका अनुसार यहाँ छनौट भएका ३ सय जना निर्वाचन प्रहरीलाई आइतबार स्याङ्जा पठाइएको हो । फागुन २१ गतेकाे निर्वाचनकालागि जिल्ला प्रहरीले करिब २ हजार निर्वाचन प्रहरी भर्ना गरेको छ। तीमध्ये स्याङ्जाको माग अनुसारको त्यहाँ पठाइएको ...
— सन् २०२६ को जनवरीमा नेपालमा अन्तर्राष्ट्रिय पर्यटक आगमनमा उल्लेखनीय वृद्धि देखिएको छ । अध्यागमन कार्यालय र नेपाल पर्यटन बोर्डद्वारा जारी तथ्यांकअनुसार उक्त महिनामा ९२ हजार ५७३ अन्तर्राष्ट्रिय पर्यटक नेपाल आएका छन्, जुन सन् २०२५ को जनवरीको तुलनामा १५.७ प्रतिशतले बढी हो । कोभिड–१९ महामारीअघि २०१९ को जनवरीसँग तुलना गर्दा पनि पर्यटक आगमन १४ प्रतिशतले वृद्धि भएको ...
— राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आसन्न प्रतिनिधिसभा निर्वाचनका लागि उपसभापति डोलप्रसाद अर्यालको संयोजकत्वमा ५१ सदस्यीय सङ्घीय निर्वाचन सम्पादन समिति गठन गरेको छ । निर्वाचनलक्षित गतिविधि सञ्चालन गर्न केन्द्रीय समितिको निर्णयानुसार समिति गठन गरिएको महासचिव कविन्द्र बुर्लाकोटीले बताए । समितिको सदस्य सचिवमा शंकर श्रेष्ठ छन् । पार्टीले प्रदेशगत आधारमा प्रदेश समन्वय सचिव तोक्नुका साथै केन्द्रीय रूपमा आन्तरिक ...