मुख्य समाचार
नेतृत्वमा निर्वाचन परिचालन रणनीति बनाउने तयारी
नेतृत्वमा निर्वाचन परिचालन रणनीति बनाउने तयारी

— नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले संयाेजक पुष्पकमल दाहालकाे नेतृत्वमा निर्वाचन परिचालन रणनीति बनाउने तयारी गरेकाे छ ।

पार्टी एकता अभियानमा जोड दिइरहेकाे नेकपाले दाहालको नेतृत्वमा निर्वाचन परिचालन समिति गठन गरी रणनीति बनाउन लागेको हो ।

दाहालका प्रमुख स्वकीय सचिव गोविन्द आचार्यले १६५ निर्वाचन क्षेत्रमा संगठन परिचालन, प्रदेशमा सभा गर्नेलगायत विषयमा निर्वाचन कार्यक्रम बनाउने तयारी भइरहेकाे बताए । प्रदेशका सभालाई संयोजक दाहालले सम्बोधन गर्नेछन् । ‘प्रभावकारी रुपमा निर्वाचन परिचालन गर्ने कार्यक्रम बन्दैछ,’ उनले भने, ‘१६५ वटै निर्वाचन क्षेत्रमा पूर्णरुपमा संगठन परिचालन गर्ने तयारी छ ।’ यसअन्तर्गत सबै निर्वाचन क्षेत्रमा केन्द्रीय सदस्यलाई परिचालन गरिनेछ । नेकपामा हाल २५ सय केन्द्रीय सदस्य छन् ।

यस्तै, नेकपाका उम्मेदवारहरु घोषणापत्रविनै मतदाताको घरमा पुगिरहेकाले छिटै घोषणापत्र ल्याउने बारे छलफल पनि भइरहेकाे स्वकीय सचिव आचार्यले बताए ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
— निर्वाचन आयोगले निर्वाचन आचारसंहिता उल्लंघन गर्ने २१ व्यक्ति तथा संस्थासँग स्पष्टीकरण सोधेको छ । आयोगले आइतबार आयोजना गरेको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता नारायणप्रसाद भट्टराईले केन्द्रीय आचारसंहिता अनुगमन समितिमा परेका उजुरीमध्ये २१ वटा उजुरीमा सम्बन्धित व्यक्ति तथा संस्थासँग स्पष्टीकरण सोधिएको जानकारी दिए । उनले स्पष्टीकरण सोधिएका २१ मध्ये १२ वटाबाट जवाफ प्राप्त भइसकेको जानकारी दिए । आयोगले ...
— नेकपा (माओवादी)का महासचिव नेत्रविक्रम चन्दले रास्वपाले सत्तामा पुग्ने हतारो गरिरहेका टिप्पणी गरेका छन् । काठमाडौंमा आइतबार आयोजित एक कार्यक्रममा बोल्दै चन्दले लोकप्रियतावादको नारा उरालेर जनतामा भ्रम छर्दै नयाँ भनिएको पार्टीहरूले सत्तामा पुग्नका लागि हतार गरिरहेको आरोप लगाएका हुन् । महासचिव चन्दले नयाँ पार्टीहरूले विचार केही होइन, व्यक्ति भए हुन्छ भनेर पुँजीवाद संस्कार अंगिकार गरेको ...
— प्रतिनिधिसभा निर्वाचनकालागि स्याङ्जामा माग गरे अनुसार निर्वाचन प्रहरीको आवेदन नपरेपछि पूर्वी नवलपरासीबाट ३ सय जनालाई पठाइएको छ । जिल्ला प्रहरी प्रमुख युवराज खड्काका अनुसार यहाँ छनौट भएका ३ सय जना निर्वाचन प्रहरीलाई आइतबार स्याङ्जा पठाइएको हो । फागुन २१ गतेकाे निर्वाचनकालागि जिल्ला प्रहरीले करिब २ हजार निर्वाचन प्रहरी भर्ना गरेको छ। तीमध्ये स्याङ्जाको माग अनुसारको त्यहाँ पठाइएको ...
— सन् २०२६ को जनवरीमा नेपालमा अन्तर्राष्ट्रिय पर्यटक आगमनमा उल्लेखनीय वृद्धि देखिएको छ । अध्यागमन कार्यालय र नेपाल पर्यटन बोर्डद्वारा जारी तथ्यांकअनुसार उक्त महिनामा ९२ हजार ५७३ अन्तर्राष्ट्रिय पर्यटक नेपाल आएका छन्, जुन सन् २०२५ को जनवरीको तुलनामा १५.७ प्रतिशतले बढी हो । कोभिड–१९ महामारीअघि २०१९ को जनवरीसँग तुलना गर्दा पनि पर्यटक आगमन १४ प्रतिशतले वृद्धि भएको ...
— नेपाल रेडक्रस सोसाइटीले आसन्न प्रतिनिधिसभा निर्वाचनमा प्रचारप्रसारका क्रममा रेडक्रसको चिह्न प्रयोग नगर्न आग्रह गरेको छ । रेडक्रसको चिह्न जेनेभा महासन्धिअनुसार अन्तर्राष्ट्रिय रूपमा संरक्षित मानवीय सेवाको प्रतीक भएकाले राजनीतिक, धार्मिक वा वैचारिक उद्देश्यका लागि प्रयोग गर्न निषेध गरिएको आज महामन्त्री मीनबहादुर मल्लद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । 'आगामी फागुन २१ गते हुन गइरहेको प्रतिनिधिसभा सदस्य निर्वाचनको ...