— एलेना रेबकिनाले शनिबार आरयन सबलेन्कालाई हराएर अस्ट्रेलियन ओपनको उपाधि जितेकी छन् ।
उनले रड रेभर एरेनामा भएको फाइनलमा ६–४, ४–६ र ६–४ को जित निकालिन् र यसक्रममा आफ्नो खेल जीवनको दोस्रो ग्रान्ड स्लाम उपाधि जितिन् ।
सन् २०२२ को विम्बल्डन उपाधियता काजाकिस्तानकी २६ वर्षीया खेलाडीले यो सफलता चुकेकी हुन् । विश्व नम्बर १ खेलाडी सबलेन्का भने पछिल्ला चार ग्रान्ड स्लाम फाइनलमा हारेको यो तेस्रो अवसर हो ।
अब जारी हुने नयाँ वरीयतामा रेबकिना तेस्रो वरीयतामा उक्लने छन् । जितपछि उनले भनिन्, ‘यो उपाधि जित्न सकेकोमा म निकै खुसी छु । मलाई के विश्वास छ भने यो लय पूरा वर्ष कायम रहनेछ ।’