मुख्य समाचार
दक्षिण कोरियाको घरेलु सामान उत्पादन गर्ने एक कारखानामा आगलागीमा परेका नेपाली विद्यार्थी सम्पर्कविहीन
दक्षिण कोरियाको घरेलु सामान उत्पादन गर्ने एक कारखानामा आगलागीमा परेका नेपाली विद्यार्थी सम्पर्कविहीन

— दक्षिण कोरियाको घरेलु सामान उत्पादन गर्ने एक कारखानामा आगलागीमा परेका नेपाली विद्यार्थी सम्पर्कविहीन भएका छन् ।

दक्षिण कोरियाको छुङछङ बुक्दोस्थित उमसङमा वेट वाइप्स र डाइपर उत्पादन गर्ने कारखानामा गत शुक्रबार आगलागी भएको थियो । सोही कारखानामा काम गर्ने दोलखाका सिद्धार्थ कार्की शुक्रबारदेखि सर्म्पकविहीन भएका हुन् । कार्की डाइपर उत्पादन गर्ने कारखानामा आंशिक समयमा मात्रै काम गर्ने गरेको खुलेको छ । उनी पढ्न कोरिया पुगेका हुन् ।

आगलागीपछि उनी सम्पर्कविहीन बनेको उनीसँगै बस्दै आएका सन्दीप राउतले बताए ।

दक्षिण कोरियास्थित नेपाली दूतावासका अनुसार विद्यार्थी भिसामा कार्की कोरिया पुगेका थिए । कारखानामा २० वर्षीय कार्कीसहित काजकास्तानका ५० वर्षीय नागरिक पनि सम्पर्कविहीन छन् । जलेर पहिचान खुल्न नसक्ने अवस्थामा दुई जनाको शव सोही कारखानाबाट निकालिएको छ । शवको डीएनए परीक्षणका लागि स्थानीय अस्पतालमा लगिएको दूतावासले जनाएको छ ।

कोरियाली सञ्चारमाध्यमका अनुसार अग्नि नियन्त्रकहरूले आगलागीलाई पूर्ण रूपमा नियन्त्रण गर्न २१ घण्टा लागेको थियो । घटनाका बेला कारखानाभित्र ८३ जना कार्यरत थिए । जसमध्ये ८१ जना सुरक्षित रूपमा बाहिर निस्कन सफल भएका थिए । दुई जनाको शव मध्यरात १२ः३९ बजे भवनको दोस्रो तल्लाको सिँढीमा फेला परेको थियो ।


प्रारम्भिक मूल्यांकनअनुसार करिब २४ हजार वर्गमिटर क्षेत्रफलमा फैलिएको परिसरभित्रका पाँचमध्ये तीनवटा भवन आगलागीबाट पूर्ण रूपमा ध्वस्त भएका छन् । आगोका झिल्का करिब ५ सय मिटर टाढा रहेको नजिकैको जंगलयुक्त डाँडासम्म फैलिँदा करिब एक हजार वर्गमिटर वन क्षेत्र जलेको छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
— संयुक्त अरब इमिरेट्स (यूएई) ले ५४ औं राष्ट्रिय दिवसको अवसरमा २६७ जना नेपाली कैदीलाई आममाफी दिएको छ । यसप्रति नेपाल सरकारले यूएई सरकारलाई हार्दिक धन्यवाद तथा कृतज्ञता व्यक्त गरेको छ । परराष्ट्र मन्त्रालयद्वारा आइतबार जारी विज्ञप्तिमा यूएई सरकारले प्रदान गरेको आममाफीलाई नेपाल–यूएईबीच द्विपक्षीय सम्बन्धमा मित्रता, सद्भाव र मानवीय सहयोगको उदाहरणका रूपमा लिइएको उल्लेख छ । विज्ञप्तिअनुसार ...
— बाह्रै मास हिउँले ढाकिने अन्टार्टिका महादेशमा नेपाली पोसाक दौरा-सुरुवाल लगाएर म्याराथन पूरा गरी नेपाली मूलका अमेरिकी धावक बाल जोशीले कीर्तिमान कायम गरेका छन् । जोशीले वर्ल्ड म्याराथन च्यालेञ्जअन्तर्गत शनिबार अन्टार्टिकामा सम्पन्न पहिलो म्याराथन पूरा गरेर कीर्तिमान कायम गरेका हुन् । उनी दौरा-सुरुवाल लगाएर अन्टार्टिकामा म्याराथन पूरा गर्ने पहिलो धावक पनि बनेका छन् । अन्टार्टिकाको कठ्यांग्रिँदो माइनस ...
। म्यानमारमा सञ्चालित अनलाइन स्क्यामिङ केन्द्रहरूमा कार्यरत ४ नेपालीलाई स्वदेश फर्काइएको छ । ४ चार जना नेपालीलाई थाइल्याण्ड सरकारको सहयोगमा म्यानमारको म्यावडी क्षेत्रबाट उद्धार गरी आज शुक्रबार नेपाल फर्काइएको हो । नेपाल फर्काइएका चार जनामध्ये एक जना महोत्तरीका, एक जना नुवाकोटका र दुई जना दाङका हुन् । चारै जनाले स्नातक तहसम्मको अध्ययन पूरा गरेका छन् । तीमध्ये ...
। युनाइटेड अरब इमिरेट्स (यूएई) ले नेपाललाई प्रहरी रिपोर्ट (पुलिस क्लियरेन्स सर्टिफिकेट/पीसीसी) अनिवार्य गरेको छ । २३ र २४ भदौको जेनजी आन्दोलनपछि यूएईले प्रहरी रिपोर्टमा समेत कडाइ गरेको थियो । नेपाल प्रहरीले दिएको पीसीसीलाई परराष्ट्र मन्त्रालय अन्तर्गत कन्सुलर सेवा विभागबाट प्रमाणीकरण गर्नुपर्ने हुन्छ । प्रहरीले नि:शुल्क उपलब्ध गराउने उक्त रिपोर्ट विभागले भने छाप लगाएर प्रमाणीकरण गरिदिए बापत ...
— नेपालीहरूको प्रमुख श्रम गन्तव्यमध्येको एक कतारमा वैध सवारी चालक अनुमतिपत्र (ड्राइभिङ लाइसेन्स) बिना सवारी साधन चलाउनेहरूलाई कैद सजाय र अत्यधिक जरिवाना हुन सक्ने चेतावनी त्यहाँको गृह मन्त्रालयले दिएको छ। मन्त्रालयले सामाजिक सञ्जालमार्फत जनचेतनामूलक सन्देश जारी गर्दै लाइसेन्स बिना सवारी चलाउनु गम्भीर ट्राफिक अपराध भएको उल्लेख गरेको छ र यसले सडक सुरक्षामा प्रत्यक्ष जोखिम सिर्जना गर्ने ...