— नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले संयाेजक पुष्पकमल दाहालकाे नेतृत्वमा निर्वाचन परिचालन रणनीति बनाउने तयारी गरेकाे छ ।
पार्टी एकता अभियानमा जोड दिइरहेकाे नेकपाले दाहालको नेतृत्वमा निर्वाचन परिचालन समिति गठन गरी रणनीति बनाउन लागेको हो ।
दाहालका प्रमुख स्वकीय सचिव गोविन्द आचार्यले १६५ निर्वाचन क्षेत्रमा संगठन परिचालन, प्रदेशमा सभा गर्नेलगायत विषयमा निर्वाचन कार्यक्रम बनाउने तयारी भइरहेकाे बताए । ...