मुख्य समाचार
हिमाली जिल्ला डोल्पामा तीन सय २८ मेगावाट क्षमताको अर्ध जलाशययुक्त जल विद्युत आयाेजना निर्माण हुने
हिमाली जिल्ला डोल्पामा तीन सय २८ मेगावाट क्षमताको अर्ध जलाशययुक्त जल विद्युत आयाेजना निर्माण हुने

— हिमाली जिल्ला डोल्पामा तीन सय २८ मेगावाट क्षमताको अर्ध जलाशययुक्त जल विद्युत आयाेजना निर्माण हुने भएको छ ।

जिल्लाकाे उत्तरी क्षेत्रमा पर्ने छार्काताङ्साेङ् गाउँपालिकामा भारबुङ तातु खाेला जलविद्युत् आयोजना निर्माण हुने भएको हाे। आयोजना निर्माणका लागि विद्युत् विकास विभागले आवश्यक अध्ययन तथा वातावरणीय प्रभाव मूल्यांकन स्विकृतीको प्रक्रिया अगाडि बढाएको छ ।

विभागका उप-महानिर्देशक गाेकर्णराज पन्थले आयाेजना निर्माणकालागि फिजिबिलिटी अध्ययन तथा वातावरणीय प्रभाव मूल्यांकनकाे काम सकिएर पनि स्विकृतीकाे चरणमा रहेकाे बताए । अर्ध जलाशययुक्त प्रकृतिको सो आयोजानाको दुबै प्रतिवेदन स्वीकृतिका लागि ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयको सिफारिससहित वन तथा वातावरण मन्त्रालयमा पेस भएको पन्थले जानकारी दिए ।

उनका अनुसार उक्त आयाेजना निर्माणकालागि नेपाल सरकारकै लगानीमा चार/पाँच वर्ष लगाएर अध्ययन गरिएको हाे। जर्मनीकाे फिसमार कम्पनी र नेपालकाे हाइड्रो कम्पनीले संयुक्त रुपमा अध्ययन गरेका हुन् ।

वन मन्त्रालयबनट स्विकृती आइसकेपछि नेपाल सरकारले लगानी गर्ने वा नेपालका अन्य हाइड्रोपावर जस्तै निजि क्षेत्रकाे सहयोग लिने भनेर स्वामित्व ग्यारेन्टी गरी स्राेत सुनिश्चिताकाे प्रक्रिया अघि बडाउने उप-महानिर्देशक पन्थले जानकारी दिए ।

उक्त आयाेजनामा भारबुङ र तातु खाेलाकाे पानी प्रयाेग गर्नुका साथै छार्काताङ्साेङ् र काईके गाउँपालिकामा भाैतिक संरचना निर्माण गरिने छ । विभागका अनुसार भारबुङ् नदीबाट ३ सय २५ मेगावाट क्षमता विद्युत उत्पादन हुनेछ ।

यससँगै तातु खोलाको १.१२ क्युसेक पानीलाई नदी प्रवाहमा आधारित प्रणालीबाट उपयोग गरी थप तीन दशमलव १० मेगावाट जलविद्युत उत्पादन गरिने छ । आयाेजना निर्माणकाे क्रममा दुई पालिकाका तीन वटा वडा प्रभावित हुनेछन् ।



छार्काताङ्सोङ् गाउँपालिकाकाे ४ र ५ तथा काईके गाउँपालिका–१ का भूभाग प्रभावित हुनेछन् भने छार्का ताङसोङ गाउँपालिका–४ मा एक सय ६९ मिटर अग्लो बाँध, ७ सय ६६ मिटर लामो डाइभर्सन सुरुङ, इन्टेक र १६ किलोमिटर लामो हेडरेस सुरुङ निर्माण गरिने विभागले जनाएको छ ।

सोही गाउँपालिकाको ४ र काईके गाउँपालिका–१ मा भूमिगत विद्युत् गृह र पानी निकास नहर निर्माण गर्नुका साथै आयोजनाको जलाशयले छार्का ताङसोङ गाउँपालिका–५ का केही भू-भाग डुबानमा पर्ने बताइएको छ।

आयाेजनाकाे कुल लागत ४ अर्ब ३९ कराेड ३० लाख अनुमान गरिएको छ। यसअघि डाेल्पामै १ सय ६ मेगावाट क्षमताको जगदुल्ला हाइड्रोपावर निर्माणकै चरणमा छ । उक्त आयाेजना डाेल्पाकाे जगदुल्ला गाउँपालिका र मुड्केचुला गाउँपालिकामा बन्दैछ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
— तत्कालीन नेकपा माओवादी केन्द्रबाट सप्तरीको विष्णुपुर गाउँपालिकाका अध्यक्ष प्रत्यासी मुनिलाल खंग (खत्वे) राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)मा प्रवेश गरेको दुई दिनमै जनता समाजवादी पार्टी (जसपा) नेपालमा पुगेका छन् । तत्कालीन जमुनी मधेपुरा गाविसका अध्यक्षसमेत उनी २०७९ मा भएको स्थानीय तह निर्वाचनमा गाउँपालिकाका अध्यक्षमा चुनाव लड्दा १ हजार १ सय ८३ मत ल्याएका थिए । त्यसबेला जसपा नेपालकै ...
— १२ जना नक्कली परीक्षार्थीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । लोकसेवा आयोग सुर्खेत कार्यालयद्वारा सञ्चालित प्रहरी जवान (जनपद) को लिखित परीक्षामा सहभागी नक्कली परीक्षार्थीलाई नियन्त्रणमा लिइएको सुर्खेत प्रहरीले जनाएको छ । आर्थिक लाभ लिई अर्काको नाममा परीक्षा दिनेहरूलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता डीएसपी मोहनजंग बुढथापाले जानकारी दिए । उनीहरू नागरिकता तथा प्रवेशपत्रमा फोटो ...
— एमाले अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाहप्रति लक्षित गर्दै बतासे अण्डाबाट चल्ला ननिस्किने टिप्पणी गरेका छन् । नेकपा एमाले ओखलढुंगा–काठमाडौं सम्पर्क मञ्चले शनिबार आयोजना गरेको प्रतिनिधिससा निर्वाचन केन्द्रित कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले अहिले लडाइँ देश जलाउने कि देश बनाउनेहरुको बीचमा रहेको बताए । रास्वपा उद्देश्य र ...
— गृह मन्त्रालयले भोटाहिटीस्थित नेपाल प्रहरीको साइबर ब्युरो कार्यालय रहेको भवन काठमाडौं महानगरपालिकालाई प्रयोग गर्न दिन सहमति प्रदान गरेको छ। गृहको सहमतिपछि महानगरपालिकाले ४ आना, २ पैसा, १ दाम क्षेत्रफलको जग्गा र सो जग्गामा बनेको भवन प्रयोग गर्नेछ। यसको सट्टा रामशाहपथस्थित उपत्यका ट्राफिक प्रहरी महाशाखा रहेको सात रोपनी, दुई पैसा, तीन दाम जग्गा सरकारको नाममा दर्ता ...
— विशेष अदातलले पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल जोडिएको पतञ्जलि योगपीठ तथा आयुर्वेद कम्पनी नेपालको जग्गा हिनामिना प्रकरणमा साक्षी बुझ्ने आदेश गरेको छ । विशेष अदालतका न्यायाधीशद्वय नारायणप्रसाद पौडेल र डिल्लीरत्न श्रेष्ठको इजलासले सरकार र प्रतिवादीको साक्षी बुझ्ने आदेश दिएको हो । यसअघि विशेष अदालतका अध्यक्ष सुदर्शनदेव भट्ट र न्यायाधीश हेमन्त रावलको इजलासले अख्तियार दुरुपयोग अनुसन्धान आयोगले माधव ...