मुख्य समाचार
इरानका सात सहरमा विस्फोट
इरानका सात सहरमा विस्फोट

— इरानका विभिन्न सातवटा सहरमा विस्फोट भएको छ । अन्तर्राष्ट्रिय सञ्चार माध्यममा प्रकाशित विभिन्न रिपोर्ट्स अनुसार शनिबार राजधानी तेहरान, परन्द, तबरीज, कोम, अहवाज, नंताज र बंदर अब्बासमा विस्फोट भएका हुन् ।

टर्कीएको न्यूज एजेन्सी अनादोलुका अनुसार विस्फोटमा कम्तिमा पाँच जनाको मृत्यु भएको छ भने १४ जना घाइते भएका छन् । तर इरानी सरकारका तर्फबाट विस्फोटबारे कुनै जानकारी दिइएको छैन ।

सीएनएनको रिपोर्ट अनुसार एक अमेरिकी अधिकारीले उक्त विस्फोटहरु अमेरिकी सेनाको कुनै कारबाहीसँग सम्बन्धित नरहेको उल्लेख छ । एक इजरायली अधिकारीले पनि इजरायलको यस घटनासँग कुनै सम्बन्ध नरहेको बताएका छन् ।

इरानी समाचार एजेन्सी तसनीमले सामाजिक सञ्जालमा चलिरहेका यस्ता खबरहरु आधिकारिक नभएको बताएको छ । अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुमा भने उक्त विस्फोटहरु इस्लामिक रिभोल्युशनरी गार्डको नौसेना कमान्डरलाई निशाना बनाएर गरिएको उल्लेख छन् ।

सरकारी अखबार तेहरान टाइम्सका अनुसार अहवाजमा एक सरकारी संरचनामा ग्यास विस्फोट भएको थियो । जसमा चार जना मारिएका छन् । यता बंदर अब्बासमा एक भवनमा विस्फोट हुँदा दुई तले भवन भत्किँदा कैयौं पसलहरु ध्वस्त भएको र १४ जना घाइते भएको उल्लेख छ ।


सरकारी टेलिभिजनमा प्रशारित तस्बिहरुमा भवनको अगाडिको भाग भत्किएको देख्न सकिन्छ । बंदर अब्बासको उद्दार विभागका अधिकारीले इरानी समाचार एजेन्सी आईआरएनलाई दिएको जानकारीमा घाइतेहरुलाई आकस्मिक सेवामार्फत अस्पताल पुर्‍याइएको उल्लेख छ ।

३५ दिनदेखि सरकारविरुद्ध प्रदर्शन

इरानको अवस्था तनावपूर्ण रहेका बेला भएका यी विस्फोटले अन्तर्राष्ट्रिय समाचार संस्थाहरुको ध्यान खिचेको छ । गत डिसेम्बर २८ देखि यहाँ सरकारविरुद्ध प्रदर्शन जारी छ । एक इरानी अधिकारीले रोयटर्ससँग कुरा गर्दै प्रदर्शनमा कम्तिमा ५ हजार मानिस मारिएको बताएका छन् । जसमा ५ सय भन्दा बढी सुरक्षाकर्मी पनि रहेका छन् ।

यता हालै अमेरिकाले बढ्दो तनावका बीच यस क्षेत्रमा एक एयरक्राफ्ट क्यारियर तैनाथ गरेको छ । यसबाहेक अमेरिकाको जासुसी ड्रोन फारसको खाडीमा उड्दै गरेको देखिएको थियो । केही दिनअघि अमेरिकाको सैन्य विमान पी–८ पोसाइडनले इरानी एयरस्पेसमा उडान भरिसकेको थियो ।

इरानका राष्ट्रपति मसुद पजेशकियानले अमेरिका, इजरायल र युरोका नेताहरु इरानको आर्थिक समस्याबाट फाइदा उठाइरहेको प्रतिक्रिया दिएका छन् । इरानमा अशान्ति फैलाएर देश विभाजनको कोशिस भइरहेको पनि उनको आरोप छ ।

यसैबीच इरानका सेना प्रमुख अमीर हातमीले अमेरिका र इजरायलको आक्रमणलाई लिएर चेतावनी दिएका छन् । उनले खाडी क्षेत्रमा अमेरिकाको भारी सैन्य तैनाथीपछि इरानी सेना सतर्क रहेको बताएका छन् । सरकारी समाचार एजेन्सी आईआरएनएका अनुसार अमीर हातमीले सत्रुले कुनै गल्ती गर्नेबित्तिकै आफ्नो सुरक्षाका लागि सम्पूर्ण शक्ति लगाउने चेतावनी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
— डेमोक्रेटिक रिपब्लिक अफ कंगोको पूर्वी क्षेत्र रुबाया कोल्टान खानी भत्किँदा २०० भन्दा बढी व्यक्तिको मृत्यु भएको छ। यो खानी क्षेत्र एएफसी/एम२३ विद्रोहीको कब्जामा छ । यहाँ विद्रोहीले नियुक्त गरेका गर्भनरका प्रवक्ता लुमुम्बा कम्बेरे मुयिसाले घटनामा कामदार, महिला र बालबालिकाको मृत्यु भएको बताए । 'यो पहिरोमा २०० भन्दा बढी व्यक्ति परेका छन् । उत्‍खननमा संलग्न कामदार, ...
— संयुक्त राज्य अमेरिकाले इजरायल र साउदी अरबलाई ठूलो परिमाणमा हतियार बिक्री स्वीकृत गरेको छ । ट्रम्प प्रशासनले इजरायलका लागि ६ अर्ब ६७ करोड अमेरिकी डलर र साउदी अरबका लागि ९ अर्ब अमेरिकी डलर बराबरको हतियार सम्झौता अनुमोदन गरेको छ । अमेरिकाले साउदी अरबलाई ७३० वटा पैट्रियट मिसाइल र सम्बन्धित उपकरणहरू दिइने छ, जसले ...
— इरानले संयुक्त राज्य अमेरिकासँग ‘निष्पक्ष र समान’ वार्ताका तयार रहेको बताएको छ। इरानका विदेशमन्त्री अब्बास अराघचीले वार्ताका लागि धम्कीको वातावरण हुन हुन नहुनेमा जोड दिए। ‘इरानलाई वार्तामा कुनै समस्या छैन,’ शुक्रबार टर्कीमा पत्रकारहरूसँग बोल्दै उनले भने, ‘तर धम्कीको छायाँमा वार्ता हुन सक्दैन।’ अलजजिराका अनुसार अराघचीले इरानको क्षेप्यास्त्र क्षमता र मिसाइललाई भने वार्ताको विषय बनाउन नसकिने ...
— चीनको उइगुर अल्पसंख्यक समूहमाथि भएको कथित मानवअधिकार उल्लंघनको आलोचनाका लागि बेलायतका पाँच सांसद र दुई सहकर्मीमाथि लगाइएको प्रतिबन्ध फुकुवा गर्न चीन सहमत भएको शुक्रबार बेलायतका प्रधानमन्त्री केइर स्टार्मरले बताएका छन् । सांसदहरूलाई चीन प्रवेश गर्न प्रतिबन्ध लगाइएको थियो र सन् २०२१ मा चिनियाँ संस्थाहरूलाई उनीहरूसँग व्यापार गर्न प्रतिबन्ध लगाइएको थियो । बेइजिङले आफ्नो सिन्जियाङ ...
: अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीनसँग सम्झौता गर्नु बेलायतका लागि ‘धेरै खतरनाक’ हुने टिप्पणी गरेका छन्। बेलायती प्रधानमन्त्री किएर स्टार्मर चीन भ्रमणमा रहेका बेला ट्रम्पले उक्त चेतावनी दिएका हुन्। बेलायत र चीनबीच व्यापार र लगानी प्रवर्द्धन गर्ने लक्ष्यसहित विभिन्न सम्झौताहरू भएका छन्। बेलायतीहरूलाई निश्चित समयका लागि चीन भ्रमण गर्दा भिसा पनि नपर्ने सम्झौतहरू भएको एजेन्सीहरूले ...