मुख्य समाचार
थापाले बदलिएको कांग्रेसले देश बदल्ने संकल्प लिएर अगाडि बढेको बताए
थापाले बदलिएको कांग्रेसले देश बदल्ने संकल्प लिएर अगाडि बढेको बताए

— कांग्रेस सभापति गगनकुमार थापाले बदलिएको कांग्रेसले देश बदल्ने संकल्प लिएर अगाडि बढेको बताएका छन् ।

कांग्रेस काठमाडौँ क्षेत्र नं ४ ले आज आयोजना गरेको निर्वाचन परिचालन मूल समिति घोषणा समारोहलाई सम्बोधन गर्दै उनले देश बदल्नका लागि कांग्रेस बदलिएको बताए । 'समयक्रमसँगै कांग्रेस नयाँ काम, सोच र संकल्पका साथ अगाडि बढेको छ, कांग्रेसभित्र नेताभन्दा कार्यकर्तालाई बलियो बनाउने अभियान सुरु भएको छ,' उनले भने ।


आगामी दिनमा टिकट लिन नेताको घरमा चाहर्ने प्रवृत्तिको अन्त्य हुनेगरी कार्यकर्तालाई बलियो बनाउन लागिएको उनको भनाइ थियो । लोकतन्त्र र सामाजिक न्यायको बारेमा कांग्रेसले कसैसँग सम्झौता नगर्ने सभापति थापाले बताए ।

आम नागरिकको चाहना सुशासन र भ्रष्टाचारमा शून्य सहनशीलता अपनाओस् भन्ने रहेको बताउँदै उनले बदलिएको कांग्रेसले आम नागरिकको चाहनालाई पूरा गर्ने प्रतिबद्धता व्यक्त गरे । विशेष महाधिवेशनले पार्टीभित्र गुट र भागबण्डाको राजनीति अन्त्य गरेको उनको भनाइ थियो । 'युवाहरुको आवाजलाई कांग्रेसले सुनेर अगाडि बढेको छ । कांग्रेससँग सुधारको एजेण्डा र सबैलाई जोड्ने ताकत छ,' उनले भने ।


थापाले पार्टीभित्र आफूलाई अहिलेको उचाइमा पुर्‍याउन काठमाडौँ क्षेत्र नं ४ का कार्यकर्ता र आम मतदाताले खेलेको भूमिकाको उच्च सम्मान गरे । 'मलाई तपाईँहरुले लगाएको गुन जीवनभर तिर्न सक्दिनँ, दुःखको बेलाका साथी र अभिभावक तपाईँहरु हो, नेपाली कांग्रेस र अन्य पार्टीमा रहेर मलाई भोट हाल्ने मतदाताको सहयोगका कारण म यस क्षेत्रबाट तीनपटक निर्वाचित भएँ, यसको श्रेय तपाईँहरु आम क्षेत्र नं ४ वासीलाई जान्छ,' उनले भने ।



सभापति थापाले मधेशलाई काठमाडौँसँग जोड्न र मधेशको मुद्दा बुझ्नका लागि आफूले सर्लाही क्षेत्र नं ४ बाट उम्मेदवारी दिएको प्रस्ट पारे ।

कांग्रेस काठमाडौँ क्षेत्र नं ४ का उम्मेदवार सचिन तिमल्सिनाले काठमाडौँ क्षेत्र नं ४ को विकासका लागि आफू निरन्तर लाग्ने प्रतिबद्धता व्यक्त गरे ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
— गृहमन्त्री ओमप्रकाश अर्यालले नेपाल रेडक्रम सोसाइटीले राजनीतिबाट टाढा रहेर कार्यसम्पादन गर्नुपर्ने बताएका छन् । नेपाल रेडक्रस सोसाइटीका विषयमा शनिबार मन्त्रालयमा भएको छलफलमा उनले रेडक्रसको केन्द्रीय तहमा वर्षौंदेखि रहेका संस्थागत समस्यालाई कानुनबमोजिम विधि र प्रक्रियाबमोजिम हल गर्नेगरी काम गर्न निर्देशन दिए । गृहमन्त्री अर्यालले तदर्थ समितिलाई प्राप्त जिम्मेवारी पूरा गर्न समयमा नै निर्वाचन गर्न, संस्थाको विधानलाई सङ्घीयताअनुसार ...
— एमाले अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा सरकारसँग उचित सुरक्षा र निष्पक्षता सुनिश्चित गर्न माग गरेका छन् । एमालेको ओखलढुंगा काठमाडौँ सम्पर्क मञ्चले शनिबार काठमाडौँमा आयोजना गरेको चुनावी भेलालाई सम्बोधन गर्दै उनले चुनावमा धाँधली वा अवाञ्छित क्रियाकलाप हुन नदिन शान्ति, सुरक्षाको प्रभावकारी व्यवस्था हुनुपर्नेमा जोड दिए । उनले जिल्लाको विकास गर्ने ...
— जेन-जी प्रदर्शनमा काठमाडौंबाट फरार एक कैदी गुल्मीमा पक्राउ परेका छन् । छत्रकाेट गाउँपालिका- ५ का ६५ वर्षीय मानबहादुर सर्तुङ्गेलाई तम्घासबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय गुल्मीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक गंगाबहादुर सारुले बताए । प्रहरी अनुसार नियन्त्रणमा लिइएका कैदी कारागार कार्यालय जगन्नाथदेवल काठमाडौंबाट फरार रहेका थिए । उनी जबर्जस्ती करणी मुद्दाका फरार कैदी हुन् । आइतबार ...
— रसुवाको पर्यटकीयस्थल गोसाइँकुण्ड क्षेत्रमा बढेको चिसोका कारण तालको सतहमा पानी बरफ बनेको छ । पानी जमेको अवस्थामा तालमाथि हिँड्डुल गर्दा बरफ फुटेर दुर्घटना हुन सक्ने जोखिम बढेकाले यात्रु तथा तीर्थयात्रीलाई विशेष सावधानी अपनाउन गोसाइँकुण्ड गाउँपालिकाले अनुरोध गरेको छ । पानी जमेकोजस्तो देखिए पनि तलभित्र गहिरो दह रहेकाले बरफमाथि हिँड्दा एक्कासि फुट्न सक्ने सम्भावना उच्च हुने भएकाले ...
— राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले यसपटक आफ्नो पार्टीले कुनै पनि पार्टीसँग तालमेल नगरेको र अन्य कुनै पनि पार्टीका उम्मेदवारलाई नसघाउने बताएका छन्। विशेषगरि झापा-५ मा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई सहयोग हुन्छ कि हुँदैन भन्ने कान्तिपुरको जिज्ञासामा उनले यसपाली कसैलाई पनि यो क्षेत्रमा राप्रपाले नसघाउने प्रष्ट पारेका हुन्। ‘सघाउने नै हो भने ...