मुख्य समाचार
कार्लोस अल्कारेजले पाँच सेटको कडा प्रतिर्स्पात्मक खेलमा एलेक्जान्डर जेभरेभलाई पराजित गर्दै पहिलो पटक अस्ट्रेलियन ओपन टेनिसको फाइनल यात्रा तय
कार्लोस अल्कारेजले पाँच सेटको कडा प्रतिर्स्पात्मक खेलमा एलेक्जान्डर जेभरेभलाई पराजित गर्दै पहिलो पटक अस्ट्रेलियन ओपन टेनिसको फाइनल यात्रा तय

— सन्चो नभएका कार्लोस अल्कारेजले पाँच सेटको कडा प्रतिर्स्पात्मक खेलमा एलेक्जान्डर जेभरेभलाई पराजित गर्दै पहिलो पटक अस्ट्रेलियन ओपन टेनिसको फाइनल यात्रा तय गरेका छन् । अब उपाधि भिडन्तको उनको सामना नोभाक जोकोभिचसँग हुनेछ । जो च्याम्पियन भए पनि कीर्तिमान बन्नेछ ।

विश्व नम्बर एक खेलाडी अल्कारेजले शुक्रबार तेस्रो वरीयताका जर्मन प्रतिद्वन्द्वीलाई ६–४, ७–६ (७/५), ६–७ (३/७), ६–७ (४/७), ७–५ ले पराजित गरेका हुन् । यस्तै सर्वियाली खेलाडी जोकोभिचले अर्को पाँच सेटको कडा प्रतिस्पर्धात्मक सेमिफाइनलमा यानिक सिनरलाई ३–६, ६–३, ४–६, ६–४, ६–४ ले हराए ।

जितपछि स्पेनिस स्टार अल्कारेजले आफ्नो खेलमाथि विश्वास भएकै कारण अहिलेसम्मकै सबैभन्दा कठिन जित्न सकेको बताए । तेस्रो सेटमा ४–४ को बराबरीमा स्थितिमा अल्कारेज पीडामा देखिएका थिए । उनको मांसपेसीमा समस्या देखिएको थियो । त्यस स्थितिमा उनलाई उपचारको अवसर दिइएको थियो । त्यहीं निहुँमा जेभरेभले खेल अधिकारीसँग बहस पनि गरे । टेनिसमा मासु फर्केकै कारण मात्र मेडिकल टाइमआउटको अवसर भने दिइन्न । अल्कारेजले त्यसपछि आफ्नो खेल जारी राखे, तर पूरा प्रतियोगितामै पहिलो पटक सेट गुमाए ।

आफू शतप्रतिशत स्वस्थ नभए पनि २२ वर्षीय अल्कारेजले हरेस खाएनन् र पाँचौं तथा निर्णायक सेट जिते । यससँगै जर्मन खेलाडी जेभरेभको पहिलो ग्रान्ड स्लाम जित्ने सपना अधुरै रह्यो । खेलपछि अल्कारेजले भने, ‘पूरा खेल अवधिमा मलाई आफूमाथि विश्वास थियो ।’ उनी लगातार चौथो पटक र समग्रमा आठौं पटक ठूलो प्रतियोगिताको फाइनल पुगेका

हुन् । उनले थपे, ‘स्थिति जस्तै प्रतिकूल होस्, आफूमाथिको विश्वास डगमगाउनु हुन्न । तेस्रो सेटको बीचमा मलाई गाह्रो भएको थियो । यो मेरो खेल जीवनको अहिलेसम्मकै सबैभन्दा कठिन खेल रह्यो ।’ खेलमा अल्कारेजले ५ घन्टा २७ मिनेट खर्चिएका थिए ।


अल्कारेजले अहिलेसम्म दुई फ्रेन्च ओपन, दुई यूएस ओपन र दुई विम्बल्डन उपाधि जितेका छन् । तर मेलबर्नमा उपाधि जित्न सकेका थिएनन् । आइतबार हुने फाइनलमा उनी विजयी रहे आधुनिक टेनिसमा स्पेनकै राफेल नडालपछि चारै ग्रान्ड स्लाम उपाधि जित्ने सबैभन्दा कान्छा खेलाडी हुनेछन् । नडालले यस्तै उपलब्धि २४ वर्षको उमेरमा हात पारेका थिए ।

पूर्व च्याम्पियन जोकोभिचले भने सिनरविरुद्ध लगातार पाँच हारपछि अहिले जित निकालेका हुन् । उनले सिनरलाई त्यस अगाडि अन्तिम पटक सन् २०२३ मा हराएका थिए । जोकोभिचले यो जितका लागि ४ घण्टा ९ मिनेट खर्चे । अब उनीसामु कीर्तिमान २५ औं ग्रान्ड स्लाम उपाधि जित्ने अवसर हुनेछ । अहिले भने उनी सन् २०२४ यता पहिलो पटक ग्रान्ड स्लाम फाइनल पुगेका हुन् ।



त्यतिबेला उनले विम्बल्डनको उपाधि भिडन्तमा आफ्नो चुनोती पेस गरेका थिए । उनले अन्तिम पटक ग्रान्ड स्लाम उपाधि जितेको भने सन् २०२३ को यूएस ओपन हो । यसपल्टको अस्ट्रेलियन ओपन फाइनल भने उनको ११ औं हुनेछ । -(एएफपी)

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। नेपाल प्रिमियर लिग (एनपीएल(को तेस्रो संस्करण सोमबारदेखि सुरु हुँदैछ । कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा सुरु हुने यो संस्करणमा आठ वटा टोलीको सहभागिता रहनेछ । कीर्तिपुरस्थित मैदानमा लगभग अन्तिम तयारी सकिएको क्यानले जनाएको छ । यसपटक विजेताको पुरस्कार राशि बढाइएको छ । योसँगै प्रतियोगिताको प्रतिस्पर्धात्मक आकर्षण र व्यावसायिक महत्त्व थप बढ्ने क्यानको अपेक्षा छ । नेपाल प्रिमियर ...
: कर्णाली याक्समा अनुबन्ध भएका मार्क वाट नेपाल आइपुगेका छन्। आइतबार बिहान उनी तेस्रो नेपाल प्रिमियर लिग (एनपीएल) खेल्न त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण भएका हुन्। उनलाई कर्णाली याक्स स्पोर्ट्स प्रा।लीका प्रतिनिधिले स्वागत गरे। ३० वर्षीय वाटले स्कटल्यान्डको लागि ट्वान्टी २० आईमा ८३ खेल खेल्दा ९४ विकेट लिएका छन् । त्यस्तै तीन सय २१ रन बनाएका ...
: वेस्ट इन्डिजका अलराउन्डर फेबियन एलेन नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणका लागि सुदूरपश्चिम रोयल्समा अनुबन्ध भएका छन्। ३१ वर्षीय एलेन बायाँहाते ब्याटर तथा बायाँहाते स्पिनर हुन्। तल्लो क्रममा आक्रामक ब्याटिङ गर्न सक्ने उनी टी–२० क्रिकेटका अनुभवी खेलाडी हुन्। उनले विश्वका विभिन्न फ्रेन्चाइज लिगमा खेलिसकेका छन्। एलेनले वेस्ट इन्डिजका लागि २० एकदिवसीय र ४२ टी–२० अन्तर्राष्ट्रिय ...
: नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणअन्तर्गत उद्घाटन खेलका सबै टिकट बिक्री भएका छन्। नेपाल क्रिकेट संघ (क्यान) ले बिहीबार राति ८ बजेदेखि उद्घाटन खेलको टिकट बिक्री खुला गरेको थियो। क्यानले एनपीएलको आधिकारिक फेसबुक पेजबाट पहिलो खेलको टिकट ‘सोल्ड आउट’ भएको जानकारी दिएको हो। यो संस्करणमा प्रायोजक संख्या बढ्दा क्यानले कूल ८ हजार ४०० ...
: नेपाल प्रिमियर लिग (एनपीएल) को पुरस्कार घोषणा भएको छ। आयोजक नेपाल क्रिकेट संघ (क्यान)ले पत्रकार सम्मेलन गर्दै आइतबार पुरस्कार घोषणा गरेको हो। क्यानका अनुसार विजेता टोलीले १ करोड ५० लाख पुरस्कार पाउनेछ। उपविजेताले ८० लाख र तेस्रो स्थानमा रहनेले ४० लाख पाउनेछन्। यस्तै चौथो हुने टोलीले ३० लाख पुरस्कार पाउनेछ। एनपीएलको तेस्रो संस्करण ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम