मुख्य समाचार
कार्लोस अल्कारेजले पाँच सेटको कडा प्रतिर्स्पात्मक खेलमा एलेक्जान्डर जेभरेभलाई पराजित गर्दै पहिलो पटक अस्ट्रेलियन ओपन टेनिसको फाइनल यात्रा तय
कार्लोस अल्कारेजले पाँच सेटको कडा प्रतिर्स्पात्मक खेलमा एलेक्जान्डर जेभरेभलाई पराजित गर्दै पहिलो पटक अस्ट्रेलियन ओपन टेनिसको फाइनल यात्रा तय

— सन्चो नभएका कार्लोस अल्कारेजले पाँच सेटको कडा प्रतिर्स्पात्मक खेलमा एलेक्जान्डर जेभरेभलाई पराजित गर्दै पहिलो पटक अस्ट्रेलियन ओपन टेनिसको फाइनल यात्रा तय गरेका छन् । अब उपाधि भिडन्तको उनको सामना नोभाक जोकोभिचसँग हुनेछ । जो च्याम्पियन भए पनि कीर्तिमान बन्नेछ ।

विश्व नम्बर एक खेलाडी अल्कारेजले शुक्रबार तेस्रो वरीयताका जर्मन प्रतिद्वन्द्वीलाई ६–४, ७–६ (७/५), ६–७ (३/७), ६–७ (४/७), ७–५ ले पराजित गरेका हुन् । यस्तै सर्वियाली खेलाडी जोकोभिचले अर्को पाँच सेटको कडा प्रतिस्पर्धात्मक सेमिफाइनलमा यानिक सिनरलाई ३–६, ६–३, ४–६, ६–४, ६–४ ले हराए ।

जितपछि स्पेनिस स्टार अल्कारेजले आफ्नो खेलमाथि विश्वास भएकै कारण अहिलेसम्मकै सबैभन्दा कठिन जित्न सकेको बताए । तेस्रो सेटमा ४–४ को बराबरीमा स्थितिमा अल्कारेज पीडामा देखिएका थिए । उनको मांसपेसीमा समस्या देखिएको थियो । त्यस स्थितिमा उनलाई उपचारको अवसर दिइएको थियो । त्यहीं निहुँमा जेभरेभले खेल अधिकारीसँग बहस पनि गरे । टेनिसमा मासु फर्केकै कारण मात्र मेडिकल टाइमआउटको अवसर भने दिइन्न । अल्कारेजले त्यसपछि आफ्नो खेल जारी राखे, तर पूरा प्रतियोगितामै पहिलो पटक सेट गुमाए ।

आफू शतप्रतिशत स्वस्थ नभए पनि २२ वर्षीय अल्कारेजले हरेस खाएनन् र पाँचौं तथा निर्णायक सेट जिते । यससँगै जर्मन खेलाडी जेभरेभको पहिलो ग्रान्ड स्लाम जित्ने सपना अधुरै रह्यो । खेलपछि अल्कारेजले भने, ‘पूरा खेल अवधिमा मलाई आफूमाथि विश्वास थियो ।’ उनी लगातार चौथो पटक र समग्रमा आठौं पटक ठूलो प्रतियोगिताको फाइनल पुगेका

हुन् । उनले थपे, ‘स्थिति जस्तै प्रतिकूल होस्, आफूमाथिको विश्वास डगमगाउनु हुन्न । तेस्रो सेटको बीचमा मलाई गाह्रो भएको थियो । यो मेरो खेल जीवनको अहिलेसम्मकै सबैभन्दा कठिन खेल रह्यो ।’ खेलमा अल्कारेजले ५ घन्टा २७ मिनेट खर्चिएका थिए ।


अल्कारेजले अहिलेसम्म दुई फ्रेन्च ओपन, दुई यूएस ओपन र दुई विम्बल्डन उपाधि जितेका छन् । तर मेलबर्नमा उपाधि जित्न सकेका थिएनन् । आइतबार हुने फाइनलमा उनी विजयी रहे आधुनिक टेनिसमा स्पेनकै राफेल नडालपछि चारै ग्रान्ड स्लाम उपाधि जित्ने सबैभन्दा कान्छा खेलाडी हुनेछन् । नडालले यस्तै उपलब्धि २४ वर्षको उमेरमा हात पारेका थिए ।

पूर्व च्याम्पियन जोकोभिचले भने सिनरविरुद्ध लगातार पाँच हारपछि अहिले जित निकालेका हुन् । उनले सिनरलाई त्यस अगाडि अन्तिम पटक सन् २०२३ मा हराएका थिए । जोकोभिचले यो जितका लागि ४ घण्टा ९ मिनेट खर्चे । अब उनीसामु कीर्तिमान २५ औं ग्रान्ड स्लाम उपाधि जित्ने अवसर हुनेछ । अहिले भने उनी सन् २०२४ यता पहिलो पटक ग्रान्ड स्लाम फाइनल पुगेका हुन् ।



त्यतिबेला उनले विम्बल्डनको उपाधि भिडन्तमा आफ्नो चुनोती पेस गरेका थिए । उनले अन्तिम पटक ग्रान्ड स्लाम उपाधि जितेको भने सन् २०२३ को यूएस ओपन हो । यसपल्टको अस्ट्रेलियन ओपन फाइनल भने उनको ११ औं हुनेछ । -(एएफपी)

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: एसीसी प्रिमियर कपको पहिलो खेलमा नेपालले बहराइनलाई ७ विकेटले पराजित गरेको छ। मलेसियाको वाङ्गेस्थित युकेएम वाइएसडी ओभलमा टस हारेर ब्याटिङको निम्तो पाएको बहराइन ३६.२ ओभरमा ८७ रन बनाउँदै अलआउट भएको हो। बहराइनले दिएको ८८ रनको सामान्य लक्ष्य नेपालले २१ ओभरमा ३ विकेट गुमाउँदै पूरा गर्यो। नेपालको ओपनर ब्याटर अर्जुन कुमालले सर्वाधिक ३६ रन बनाए । ...
: नेपाली एकदिवसीय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेले विनाशकारी बाढीबाट प्रभावितको राहतका लागि एक महिनाको तलब प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोग गर्ने घोषणा गरेका छन्। सन्दीपले नेपाल क्रिकेट संघ (क्यान) बाट प्राप्त हुने एक महिनाको पारिश्रमिक प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा दिने घोषणा गरेका हुन्। एसीसी प्रिमियर कपमा प्रतिस्पर्धा गर्न मलेसियामा रहेका नेपाली टोलीका कप्तान ...
। २४ पटकका ग्रान्डस्लाम विजेता नोभाक जोकोभिच २०२६ युएस ओपन टेनिसको पहिलो चरणबाटै बाहिरिएका छन् । अर्जेन्टिनाका मारियानो नवोनले पाँच सेटको रोमाञ्चक भिडन्तमा जोकोभिचलाई ७-६, ५-७, ४-६, ६-२, ६-१ ले पराजित गर्दै करियरकै सबैभन्दा ठूलो जित निकाले । न्यूयोर्कमा भएको खेलमा सुरुआती सेट जितेका नवोनविरुद्ध जोकोभिचले लगातार दोस्रो र तेस्रो सेट जित्दै पुनरागमन गरेका थिए । तर ...
: तीन वर्षअघि घरेलु मैदानमा नेपालले एउटा यस्तो उपाधि जित्यो, जसले नेपाली क्रिकेटलाई नयाँ उचाइमा पुर्‍यायो। त्यो थियो सन् २०२३ को एसीसी प्रिमियर कप। त्यो उपाधि नेपालका लागि केवल एउटा ट्रफीमात्र थिएन। त्यसले नेपाली क्रिकेटलाई एसियाली क्रिकेटको सबैभन्दा ठूलो मञ्चमा पुर्‍याउने ढोका खोलेको थियो। उपाधिसँगै नेपालले पहिलोपटक एसिया कप खेल्ने अवसर पाएको थियो। भारत र पाकिस्तानजस्ता ...
। ब्राजिलका महान फुटबलर रोनाल्डिन्होले ४६ वर्षको उमेरमा पुनः व्यावसायिक फुटबलमा फर्किने घोषणा गर्दै करियरको ३००औं गोल गर्ने लक्ष्य रहेको बताएका छन् । सन् २०१५ मा खेल जीवन समाप्त गरेका रोनाल्डिन्हो अब इटालीको तेस्रो डिभिजन क्लब राभेनाबाट खेल्नेछन् । उनी खेलाडीसँगै क्लबका शेयरधनी पनि बन्ने भएका छन् । राभेनाको समुद्री तटमा आयोजित ‘रोनाल्डिन्हो डे’ कार्यक्रममा हजारौं समर्थकमाझ ...