मुख्य समाचार
अन्टार्टिका महादेशमा नेपाली पोसाक दौरा-सुरुवाल लगाएर म्याराथन पूरा गरी नेपाली मूलका अमेरिकी धावक बाल जोशीले कीर्तिमान कायम
अन्टार्टिका महादेशमा नेपाली पोसाक दौरा-सुरुवाल लगाएर म्याराथन पूरा गरी नेपाली मूलका अमेरिकी धावक बाल जोशीले कीर्तिमान कायम

— बाह्रै मास हिउँले ढाकिने अन्टार्टिका महादेशमा नेपाली पोसाक दौरा-सुरुवाल लगाएर म्याराथन पूरा गरी नेपाली मूलका अमेरिकी धावक बाल जोशीले कीर्तिमान कायम गरेका छन् ।

जोशीले वर्ल्ड म्याराथन च्यालेञ्जअन्तर्गत शनिबार अन्टार्टिकामा सम्पन्न पहिलो म्याराथन पूरा गरेर कीर्तिमान कायम गरेका हुन् । उनी दौरा-सुरुवाल लगाएर अन्टार्टिकामा म्याराथन पूरा गर्ने पहिलो धावक पनि बनेका छन् ।

अन्टार्टिकाको कठ्यांग्रिँदो माइनस २० डिग्री तापक्रममा शनिबार बिहान जोशीले ४२ किमि लामो म्याराथन पूरा गरे । नेपाली पोसाकमा हिउँमा कुदेका जोशीले अन्त्यमा अमेरिकी र नेपाली झण्डा फहराएका थिए ।

अन्टार्टिकाको समयअनुसार बिहान ३ बजे म्याराथन सुरु भएको थियो । हिउँमा दौरा-सुरुवाल लगाएर दौडिनु असम्भव मानिएको यो दौड उनले सहजै पूरा गरेको बताए ।

शनिबार अन्टार्टिकाबाट सुरु भएको वर्ल्ड म्याराथन च्यालेञ्ज ‘७७७’ को पहिलो शृंखलामा ३२ देशका ५६ धावक सहभागी थिए, जसमध्ये जोशी एक हुन् ।
२०१५ मा देखि हरेक वर्ष सञ्चालन हुँदै आएको यो म्याराथन अत्यन्त चुनौतीपूर्ण मानिन्छ । सात उद्देश्यसहित सातै महादेशमा सात दिनसम्म लगातार सञ्चालन हुने यो म्याराथनलाई ७७७ म्याराथन भनिन्छ ।

नेपाली सम्पदा र संस्कृतिको विश्वव्यापी प्रचारका लागि वर्ल्ड म्याराथनमा दौरा-सुरुवाल लगाएर दौडिएको जोशीले बताए । अन्टार्टिकाको म्याराथन पूरा गरेर अफ्रिकाको केप टाउन पुगेका जोशी १ फेब्रअरी (आइतबार) त्यहाँ सञ्चालन हुने म्याराथनमा सहभागी हुनेछन् ।



अन्टार्टिकाबाट सुरु भएको म्याराथन सातौं दिनमा अमेरिकाको मायामीमा समापन हुने छ । अन्टार्टिकामा पहिलो (३१ जनवरी), अफ्रिकाको केप टाउनमा दोस्रो (१ फेब्रुअरी), अष्ट्रेलियाको पर्थमा तेस्रो (२ फेब्रुअरी) एसियाको दुबईमा चौथो (३ फेब्रुअरी), स्पेनको म्याड्रिडमा पाँचौं (४ फेब्रुअरी) ब्राजिलमा छैटौं (५ फेब्रुअरी) र अमेरिकाको मायामीमा सातौं तथा अन्तिम म्याराथन (६ फेब्रुअरी) मा सञ्चालन हुनेछ ।

सुर्खेतमा जन्मिएका ४१ वर्षीय जोशी दुई दशकदेखि अमेरिकामा छन् । टेक्सासको ड्यालस फोर्टवर्थ मेट्रोप्लेक्सको ग्रेपभाइन सिटीमा बस्ने जोशी पेसाले बैंकर्स हुन् ।

स्वस्थ रहन दौडिन थालेका जोशी २०२१ देखि सामाजिक कार्य र मानव कल्याणका निम्ति दौडिँदै आएको बताउँछन् । जोशी यसअघि संसारका विभिन्न देशमा आयोजित झण्डै दुई दर्जनभन्दा बढी म्याराथनमा सहभागी भइसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। म्यानमारमा सञ्चालित अनलाइन स्क्यामिङ केन्द्रहरूमा कार्यरत ४ नेपालीलाई स्वदेश फर्काइएको छ । ४ चार जना नेपालीलाई थाइल्याण्ड सरकारको सहयोगमा म्यानमारको म्यावडी क्षेत्रबाट उद्धार गरी आज शुक्रबार नेपाल फर्काइएको हो । नेपाल फर्काइएका चार जनामध्ये एक जना महोत्तरीका, एक जना नुवाकोटका र दुई जना दाङका हुन् । चारै जनाले स्नातक तहसम्मको अध्ययन पूरा गरेका छन् । तीमध्ये ...
। युनाइटेड अरब इमिरेट्स (यूएई) ले नेपाललाई प्रहरी रिपोर्ट (पुलिस क्लियरेन्स सर्टिफिकेट/पीसीसी) अनिवार्य गरेको छ । २३ र २४ भदौको जेनजी आन्दोलनपछि यूएईले प्रहरी रिपोर्टमा समेत कडाइ गरेको थियो । नेपाल प्रहरीले दिएको पीसीसीलाई परराष्ट्र मन्त्रालय अन्तर्गत कन्सुलर सेवा विभागबाट प्रमाणीकरण गर्नुपर्ने हुन्छ । प्रहरीले नि:शुल्क उपलब्ध गराउने उक्त रिपोर्ट विभागले भने छाप लगाएर प्रमाणीकरण गरिदिए बापत ...
— नेपालीहरूको प्रमुख श्रम गन्तव्यमध्येको एक कतारमा वैध सवारी चालक अनुमतिपत्र (ड्राइभिङ लाइसेन्स) बिना सवारी साधन चलाउनेहरूलाई कैद सजाय र अत्यधिक जरिवाना हुन सक्ने चेतावनी त्यहाँको गृह मन्त्रालयले दिएको छ। मन्त्रालयले सामाजिक सञ्जालमार्फत जनचेतनामूलक सन्देश जारी गर्दै लाइसेन्स बिना सवारी चलाउनु गम्भीर ट्राफिक अपराध भएको उल्लेख गरेको छ र यसले सडक सुरक्षामा प्रत्यक्ष जोखिम सिर्जना गर्ने ...
— विभिन्न कामका लागि अमेरिका पुग्ने नेपालीले अब त्यहाँका नागरिकले पाउने सहुलियत उपभोग गर्न नपाउने भएका छन्। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको सरकारले पछिल्लो समय आप्रवासीहरूलाई लक्षित गर्दै अनुदार नीति अख्तियार गरेपछि नयाँ नियम लागू भएको हो। हाललाई आप्रवासी भिसा समेत बन्द गरेको अमेरिकाले स्वास्थ्य उपचार, आवास सुविधा, परिवार सहायता, शैक्षिक सहायता जस्ता सेवामा पाउने गरेको ...
। बेलायतस्थित नेपाली तथा बेलायती व्यवसायीहरूको संस्था ‘ब्रिटेन नेपाल च्याम्बर अफ कमर्स’ मा नयाँ नेतृत्व चयन भएको छ । लन्डनस्थित नेपाली दूतावासमा शुक्रबार सम्पन्न संस्थाको वार्षिक साधारणसभाले ट्राभल व्यवसायी विराज भट्टको अध्यक्षतामा सर्वसम्मत नयाँ कार्यसमिति गठन गरेको हो । भट्ट यसअघि संस्थाको उपाध्यक्ष थिए । साधारणसभाले उपाध्यक्षद्वयमा इन्द्र गिरी र कमल पौडेललाई चुनेको छ भने सचिवमा राजेन्द्र ...