मुख्य समाचार
गत भदौ २३–२४ मा भएको जेन्जी-आन्दोलन पछि पहिलोपटक कर्णाली प्रदेशसभा बैठक
गत भदौ २३–२४ मा भएको जेन्जी-आन्दोलन पछि पहिलोपटक कर्णाली प्रदेशसभा बैठक

— गत भदौ २३–२४ मा भएको जेन्जी-आन्दोलन पछि पहिलोपटक कर्णाली प्रदेशसभा बैठक (आज) आइतबार बस्दैछ । हिउँदे अधिवेशनको बैठक दिउँसो १ बजे बस्ने तय गरिएको प्रदेशसभा सचिवालयले जनाएको छ ।

९ माघमा बसेको प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले हिउँदे अधिवेशन आह्वान गर्न प्रदेश प्रमुख यज्ञराज जोशीसमक्ष सिफारिस गर्ने निर्णय गरेको थियो ।

यसअघि चालु आर्थिक वर्ष २०८२/०८३ को नीति, कार्यक्रम तथा बजेट पारित गरेर २१ साउनमा छैटौँ अधिवेशन अन्त्य भएको थियो ।

यसपटकको प्रदेशसभा अस्थायी संसद् कक्षबाट सुरू हुनेछ । २३ र २४ भदौको जेन–जी आन्दोलनका क्रममा प्रदेशसभामा पूर्ण रूपमा क्षति पुगेको थियो । प्रदेशसभा मर्मतकै क्रममा रहेकोले बैठक भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयअन्तर्गतको कृषि तथा पशुपन्छी व्यवसाय प्रवर्द्धन प्रशिक्षण केन्द्रको सभाहलमा अधिवेशन सञ्चालन हुनेछ ।

आन्दोलनमा कर्णाली प्रदेश सरकार मातहतको प्रदेशसभा सचिवालय परिसरका भवनमा समेत आन्दोलनकारीले तोडफोड र आगजनी गरेर करोडौंको क्षति पुर्‍याएका थिए ।


आन्दोलनकारीले संसद भवनभित्र गरेको आगजनी र तोडफोडले फर्निचर, फिक्चर्स, कम्प्युटर, इलेक्ट्रोनिक्स, सवारीसाधन र अन्य भौतिक संरचना तथा सामग्रीमा ठूलो क्षति पुगेको थियो ।

प्रदेशसभा सचिवालयका अनुसार आगजनी र तोडफोडका कारण ३ करोड ९४ लाख १६ हजार ३९४ रुपैयाँ बराबरको भौतिक क्षति भएको थियो । आन्दोलनका कारण क्षति पुगेको प्रदेशसभा भवनमा तत्काल संसद बैठक बस्न नसकिने अवस्था रहेकाले वैकल्पिक उपाय अपनाएर अधिवेशन गर्न लागिएको प्रदेशसभा सचिव जिवराज बुढाथोकीले जानकारी दिए ।



केही समय अघिसम्म प्रदेशसभाकै सूचना प्रविधि कक्षबाट बैठक सञ्चालन गर्ने तयारि गरिएको थियो । तर पछि प्रशिक्षण केन्द्रमा तयारी गरियो ।

प्रदेशसभा परिसरमा निर्माणधीन अस्थायी बैठक कक्ष पूरा नहुन्जेल बैठक यहिँ हुनेछ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
नेपाल विद्युत् प्राधिकरणले जलविद्युत् आयोजनाहरूलाई विद्युत् खरिदबिक्री सम्झौता (पीपीए) गर्न भनेर गत वैशाखमा सूचना जारी गरेको थियो 
— जमुनाह नाकाबाट तेस्रो मुलुकका नागरिकका लागि आवतजावत सुरु भएको छ । एक साताअघिदेखि अध्यागमन कार्यालय, जमुनाहले तेस्रो मुलुकका नागरिकका लागि आगमन र प्रस्थान पूृर्ण रुपमा सञ्चालन गरेपछि त्यहाँबाट आउने पर्यटकलाई आवतजावत गर्न सहज भएको अध्यागमन कार्यालय, जमुनाह, बाँकेले जनाएको छ । अध्यागमन कार्यालय, जमुनाहकी प्रमुख दुर्गा वलीले आगमन र प्रस्थान सुरु भएसँगै दुई जना तेस्रो मुलुकका ...
बूढीगण्डकी जलविद्युत् योजना निर्माणको दबाब दिन महोत्सवस्थलमा हस्ताक्षर अभियान
— प्रतिनिधिसभा निर्वाचनलगत्तै राज्यले उपनिर्वाचनको व्ययभार पनि व्यहोर्नुपर्ने भएको छ । प्रदेशसभा सदस्य तथा स्थानीय तहका पदाधिकारीहरूले प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवार बन्न राजीनामा दिएपछि ठूलो संख्यामा पद रिक्त हुन पुगेको हो । प्रदेशसभामा १६ तथा स्थानीय तहमा प्रमुख/उपप्रमुख र अध्यक्ष तथा उपाध्यक्ष गरी ११ जनाले राजीनामा दिएका छन् । झन्डै २ वर्ष कार्यकाल बाँकी रहँदै प्रदेशसभाका १६ सदस्य राजीनामा दिएर उम्मेदवार ...
— हिमाली जिल्ला डोल्पामा तीन सय २८ मेगावाट क्षमताको अर्ध जलाशययुक्त जल विद्युत आयाेजना निर्माण हुने भएको छ । जिल्लाकाे उत्तरी क्षेत्रमा पर्ने छार्काताङ्साेङ् गाउँपालिकामा भारबुङ तातु खाेला जलविद्युत् आयोजना निर्माण हुने भएको हाे। आयोजना निर्माणका लागि विद्युत् विकास विभागले आवश्यक अध्ययन तथा वातावरणीय प्रभाव मूल्यांकन स्विकृतीको प्रक्रिया अगाडि बढाएको छ । विभागका उप-महानिर्देशक गाेकर्णराज पन्थले आयाेजना ...