मुख्य समाचार
मैत्रीपूर्ण खेलमा नेपाली राष्ट्रिय यू–२० टोलीले युनान प्रान्तीय युवा टोली चीनविरुद्धको ३–१ को जित
मैत्रीपूर्ण खेलमा नेपाली राष्ट्रिय यू–२० टोलीले युनान प्रान्तीय युवा टोली चीनविरुद्धको ३–१ को जित

— चिनियाँ नयाँ वर्षको अवसरमा शनिबार दशरथ रंगशालामा आयोजित मैत्रीपूर्ण खेलमा नेपाली राष्ट्रिय यू–२० टोलीले युनान प्रान्तीय युवा टोली चीनविरुद्धको ३–१ को जित पाएको छ ।

अन्तिम समयमा तीन गोल गरेपछि नेपाली यू–२० टोलीले जित हात पारेको हो । पहिलो हाफमा एक गोलले पछि परेको स्थितिमा नेपालबाट सुक्रिया मिया, कप्तान बिर्सना चौधरी र सजनी स्याङ्तानले गोल गरेका थिए ।

खेलको ४१ औं मिनेटमा शी सियाउतिङले गोल गर्दै युनान युथलाई अग्रता दिलाएकी थिइन् । नेपालबाट सुक्रियाले ८४ औं मिनेटमा बराबरी गोल गरिन् ।

कप्तान बिर्सनाले ८७ औं मिनेटमा गोल थप्ता नेपाल अग्रता बनाउन सफल भयो । वैकल्पिक खेलाडी सजनीले इन्ज्युरी टाइमको पाँचौं मिनेटमा गोल गर्दै ३–१ ले नेपालको जित पक्का गरिन् ।



एन्फा, युनान विश्वविद्यालयको शारीरिक शिक्षा संकाय तथा नेपाल ओभरसिज चिनियाँ संघको सयुक्त आयोजनामा तथा चिनियाँ राजदूतावास र राष्ट्रिय खेलकुद परिषद्को समन्वयमा मैत्रीपूर्ण खेल भएको हो ।

खेलअघि नेपाल र चीनका सांस्कृतिक विविधता झल्काउने सांस्कृतिक प्रस्तुति दिइएको थियो । चीनबाट ड्रागन नृत्य र नेपालबाट पञ्चेबाजाको विशेष प्रस्तुतिरहेको थियो ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। नेपाल प्रिमियर लिग (एनपीएल(को तेस्रो संस्करण सोमबारदेखि सुरु हुँदैछ । कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा सुरु हुने यो संस्करणमा आठ वटा टोलीको सहभागिता रहनेछ । कीर्तिपुरस्थित मैदानमा लगभग अन्तिम तयारी सकिएको क्यानले जनाएको छ । यसपटक विजेताको पुरस्कार राशि बढाइएको छ । योसँगै प्रतियोगिताको प्रतिस्पर्धात्मक आकर्षण र व्यावसायिक महत्त्व थप बढ्ने क्यानको अपेक्षा छ । नेपाल प्रिमियर ...
: कर्णाली याक्समा अनुबन्ध भएका मार्क वाट नेपाल आइपुगेका छन्। आइतबार बिहान उनी तेस्रो नेपाल प्रिमियर लिग (एनपीएल) खेल्न त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण भएका हुन्। उनलाई कर्णाली याक्स स्पोर्ट्स प्रा।लीका प्रतिनिधिले स्वागत गरे। ३० वर्षीय वाटले स्कटल्यान्डको लागि ट्वान्टी २० आईमा ८३ खेल खेल्दा ९४ विकेट लिएका छन् । त्यस्तै तीन सय २१ रन बनाएका ...
: वेस्ट इन्डिजका अलराउन्डर फेबियन एलेन नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणका लागि सुदूरपश्चिम रोयल्समा अनुबन्ध भएका छन्। ३१ वर्षीय एलेन बायाँहाते ब्याटर तथा बायाँहाते स्पिनर हुन्। तल्लो क्रममा आक्रामक ब्याटिङ गर्न सक्ने उनी टी–२० क्रिकेटका अनुभवी खेलाडी हुन्। उनले विश्वका विभिन्न फ्रेन्चाइज लिगमा खेलिसकेका छन्। एलेनले वेस्ट इन्डिजका लागि २० एकदिवसीय र ४२ टी–२० अन्तर्राष्ट्रिय ...
: नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणअन्तर्गत उद्घाटन खेलका सबै टिकट बिक्री भएका छन्। नेपाल क्रिकेट संघ (क्यान) ले बिहीबार राति ८ बजेदेखि उद्घाटन खेलको टिकट बिक्री खुला गरेको थियो। क्यानले एनपीएलको आधिकारिक फेसबुक पेजबाट पहिलो खेलको टिकट ‘सोल्ड आउट’ भएको जानकारी दिएको हो। यो संस्करणमा प्रायोजक संख्या बढ्दा क्यानले कूल ८ हजार ४०० ...
: नेपाल प्रिमियर लिग (एनपीएल) को पुरस्कार घोषणा भएको छ। आयोजक नेपाल क्रिकेट संघ (क्यान)ले पत्रकार सम्मेलन गर्दै आइतबार पुरस्कार घोषणा गरेको हो। क्यानका अनुसार विजेता टोलीले १ करोड ५० लाख पुरस्कार पाउनेछ। उपविजेताले ८० लाख र तेस्रो स्थानमा रहनेले ४० लाख पाउनेछन्। यस्तै चौथो हुने टोलीले ३० लाख पुरस्कार पाउनेछ। एनपीएलको तेस्रो संस्करण ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम