मुख्य समाचार
मन्त्री श्रद्धा श्रेष्ठले नेपाल–चीन मैत्रीपूर्ण फुटबल खेलमार्फत दुई देशबीचको सम्बन्ध सुदृढ बन्दै गइरहेको बताए
मन्त्री श्रद्धा श्रेष्ठले नेपाल–चीन मैत्रीपूर्ण फुटबल खेलमार्फत दुई देशबीचको सम्बन्ध सुदृढ बन्दै गइरहेको बताए

— महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री श्रद्धा श्रेष्ठले नेपाल–चीन मैत्रीपूर्ण फुटबल खेलमार्फत दुई देशबीचको सम्बन्ध सुदृढ बन्दै गइरहेको बताएकी छन् ।

चिनियाँ नयाँ वर्ष २०२६ को अवसरमा आयोजित नेपाल–चीन मैत्रीपूर्ण फुटबल खेल कार्यक्रममा सम्बोधन गर्दै मन्त्री श्रेष्ठले नेपाल–चीन सम्बन्ध शान्तिपूर्ण सहअस्तित्वका पाँच सिद्धान्त, सार्वभौमिकता र भौगोलिक अखण्डताको सम्मानमा आधारित रहेको बताइन् ।

उनले खेलकुद र संस्कृतिलाई जनस्तरको कूटनीतिक सेतुका रूपमा सुदृढ गर्नुपर्नेमा जोड दिँदै भनिन् `खेलकुदले भाषा, भूगोल र राजनीतिक सीमाभन्दा माथि उठेर मित्रता, सहकार्य र आपसी विश्वास निर्माण गर्ने प्रभावकारी माध्यमका रूपमा काम गर्छ ।´

उनले नेपालको विकास यात्रामा चीनबाट प्राप्त सहयोग, विशेषतः पूर्वाधार विकास तथा २०१५ को भूकम्पपछिको मानवीय सहायता र पुनर्निर्माण सहयोगप्रति आभार व्यक्त गरिन् ।

चिनियाँ नयाँ वर्षलाई नवीकरण, सद्भाव, सहनशीलता र आशाको प्रतीकका रूपमा उल्लेख गर्दै उनले पछिल्ला वर्षहरूमा नेपालमा लालटिन महोत्सव, ड्रागन बोट उत्सवजस्ता सांस्कृतिक कार्यक्रम लोकप्रिय बन्दै गएको बताइन् । यस्ता कार्यक्रमहरूले दुई देशका समुदायलाई नजिक ल्याउन महत्त्वपूर्ण भूमिका खेलेको उनको भनाइ थियो ।

उद्घाटन समारोहमा नेपालस्थित चिनियाँ दूतावासका कार्यवाहक राजदूत झोउ पान, युवा तथा खेलकुद मन्त्रालयका स्थायी सचिव लोकनाथ पौडेल, राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव रामचन्द्र मेहता, एन्फा महासचिव किरण राई तथा युनान विश्वविद्यालय खेलकुद संस्थानका उपनिर्देशक चेन–हेन छिङको उपस्थिति थियो ।

अखिल नेपाल फुटबल संघ (एन्फा), युनान विश्वविद्यालयको शारीरिक शिक्षा संकाय र नेपाल ओभरसिज चिनियाँ संघको संयुक्त आयोजनामा तथा नेपालस्थित चिनियाँ दूतावास र राष्ट्रिय खेलकुद परिषद्को समन्वयमा शनिबार दशरथ रंगशालामा नेपाल यू–२० महिला राष्ट्रिय टोली र चीनको युनान प्रान्तको युथ महिला टोलीबीच मैत्रीपूर्ण खेल सम्पन्न भएको थियो । खेलमा नेपाल यू–२० महिला टोलीले युनान टोलीलाई ३–१ गोल अन्तरले पराजित गर्‍यो । कार्यक्रममा नेपाल र चीनका सांस्कृतिक विविधता झल्काउने प्रस्तुतिहरू पनि प्रस्तुत गरिएका थिए । चीनतर्फबाट ड्रागन नृत्य र नेपालतर्फबाट पञ्चेबाजाको प्रस्तुति गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: एसीसी प्रिमियर कपको पहिलो खेलमा नेपालले बहराइनलाई ७ विकेटले पराजित गरेको छ। मलेसियाको वाङ्गेस्थित युकेएम वाइएसडी ओभलमा टस हारेर ब्याटिङको निम्तो पाएको बहराइन ३६.२ ओभरमा ८७ रन बनाउँदै अलआउट भएको हो। बहराइनले दिएको ८८ रनको सामान्य लक्ष्य नेपालले २१ ओभरमा ३ विकेट गुमाउँदै पूरा गर्यो। नेपालको ओपनर ब्याटर अर्जुन कुमालले सर्वाधिक ३६ रन बनाए । ...
: नेपाली एकदिवसीय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेले विनाशकारी बाढीबाट प्रभावितको राहतका लागि एक महिनाको तलब प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोग गर्ने घोषणा गरेका छन्। सन्दीपले नेपाल क्रिकेट संघ (क्यान) बाट प्राप्त हुने एक महिनाको पारिश्रमिक प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा दिने घोषणा गरेका हुन्। एसीसी प्रिमियर कपमा प्रतिस्पर्धा गर्न मलेसियामा रहेका नेपाली टोलीका कप्तान ...
। २४ पटकका ग्रान्डस्लाम विजेता नोभाक जोकोभिच २०२६ युएस ओपन टेनिसको पहिलो चरणबाटै बाहिरिएका छन् । अर्जेन्टिनाका मारियानो नवोनले पाँच सेटको रोमाञ्चक भिडन्तमा जोकोभिचलाई ७-६, ५-७, ४-६, ६-२, ६-१ ले पराजित गर्दै करियरकै सबैभन्दा ठूलो जित निकाले । न्यूयोर्कमा भएको खेलमा सुरुआती सेट जितेका नवोनविरुद्ध जोकोभिचले लगातार दोस्रो र तेस्रो सेट जित्दै पुनरागमन गरेका थिए । तर ...
: तीन वर्षअघि घरेलु मैदानमा नेपालले एउटा यस्तो उपाधि जित्यो, जसले नेपाली क्रिकेटलाई नयाँ उचाइमा पुर्‍यायो। त्यो थियो सन् २०२३ को एसीसी प्रिमियर कप। त्यो उपाधि नेपालका लागि केवल एउटा ट्रफीमात्र थिएन। त्यसले नेपाली क्रिकेटलाई एसियाली क्रिकेटको सबैभन्दा ठूलो मञ्चमा पुर्‍याउने ढोका खोलेको थियो। उपाधिसँगै नेपालले पहिलोपटक एसिया कप खेल्ने अवसर पाएको थियो। भारत र पाकिस्तानजस्ता ...
। ब्राजिलका महान फुटबलर रोनाल्डिन्होले ४६ वर्षको उमेरमा पुनः व्यावसायिक फुटबलमा फर्किने घोषणा गर्दै करियरको ३००औं गोल गर्ने लक्ष्य रहेको बताएका छन् । सन् २०१५ मा खेल जीवन समाप्त गरेका रोनाल्डिन्हो अब इटालीको तेस्रो डिभिजन क्लब राभेनाबाट खेल्नेछन् । उनी खेलाडीसँगै क्लबका शेयरधनी पनि बन्ने भएका छन् । राभेनाको समुद्री तटमा आयोजित ‘रोनाल्डिन्हो डे’ कार्यक्रममा हजारौं समर्थकमाझ ...