मुख्य समाचार
सर्लाही बसेर फर्किए
सर्लाही बसेर फर्किए

: नेपाली कांग्रेसका सभापति गगनकुमार थापा पाँच दिनसम्म आफ्नो निर्वाचन क्षेत्र सर्लाही ४ मा बसेर शुक्रबार काठमाडौं फर्किएका छन् ।आगामी फागुन २१ मा हुन लागेको प्रतिनिधि सभा सदस्य निर्वाचनमा सर्लाही ४ बाट उम्मेदवारी दिएका थापा आफ्नो निर्वाचन क्षेत्रमा एक दर्जन बढी कार्यक्रममा सरिक भएर शुक्रबार काठमाडौं फर्किएका हुन् ।


माघ १२ गते सर्लाही आइपुगेका थापाले पाँच दिनसम्म क्षेत्र नं. ४ को बलरा, गोडैता, विष्णु, रामनगर, धनकौल र बरहथवामा आयोजित एक दर्जन बढी अगुवा कार्यकर्ता भेटघाट कार्यक्रमलाई सम्बोधन गरे । पाँच दिनसम्म आफ्नो चुनाव क्षेत्रमा बसेका थापाले केही निर्वाचित वडाध्यक्ष, प्रदेशसभा सदस्यका प्रत्यासी र अन्य नेता कार्यकर्तालाई कांग्रेसमा प्रवेश गराएका छन् । थापा आफू तीनपटक निर्वाचिन काठमाडौं ४ छाडेर यो पटक कोर मधेसमा पर्ने सर्लाही ४ मा प्रतिनिधिसभा सदस्य निर्वाचन लड्न आइपुगेका छन् ।


थापाले काठमाडौं फर्किनुअघि शुक्रबार सदरमुकाम मलंगवामा पत्रकारसँग कुरा गर्दै आफू उम्मेदवारी दर्तापछि सर्लाही आउँदै गर्दा मनमा अनेक दुविधा बोकेर आए पनि अहिले फर्किने बेला उत्साहित भएर फर्किएको प्रतिक्रिया दिएका छन् ।

पाँच दिनसम्म दर्जन बढी कार्यक्रमलाई सम्बोधन गरेका थापाले प्रायः कार्यक्रममा फागुन २१ पछि पाँच वर्षसम्मका लागि देशको सम्हाल्ने जिम्मेवारी कांग्रेसमा आउन लागेको बताए । नेपाली कांग्रेसबाट भावि प्रधानमन्त्रीको उम्मेदवारको रूपमा समेत अघि सारिएका थापाले सर्लाही–४ का जनताको सेवक भएर काम गर्ने वचन दिएका छन् । थापाले आफू पार्टी सभापति भएकाले केही दिन देशदौडाहमा निस्कनुपर्ने बाध्यत्मक अवस्थाले सर्लाही छाडे पनि घरदैलोका लागि पुनः फर्किएर आउने बताएका छन् ।

थापाले यहाँ पाँच दिनसम्म रहँदा आफ्ना सम्बोधनमा कुनै नेता तथा पार्टीप्रति आक्रोश तथा गाली व्यक्त गरेनन् । बरु उनले पिछडिएको सर्लाही ४ मा कृषि, शिक्षा, स्वास्थ्य, प्रविधिलगायत क्षेत्रमा के–के काम गर्न सकिन्छ भनेर आफूले अध्ययनका लागि टोली खटाइसकेको बताए ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: प्रतिनिधि सभा निर्वाचनको लागि रौतहटमा १८ वटा मतदान केन्द्र र १ मतदान स्थल थप गरिएको छ। जिल्ला निर्वाचन कार्यालय रौतहटका अनुसार दिएको २०७९ सालमा भएको प्रतिनिधिसभाको निर्वाचनको तुलनामा यस वर्ष १८ वटा मतदान केन्द्र र एउटा मतदानस्थल थप गरिएको हो। २०७९ सालको प्रतिनिधिसभाको निर्वाचनमा रौतहटमा ५ सय २३ वटा मतदान केन्द्र रहेकोमा यस वर्ष १८ वटा ...
: मेचीनगर नगरपालिका–६ स्थित मेची पुलमा भारतबाट नेपाल आउँदै गरेको मोटरसाइकल शुक्रबार राति दुर्घटना हुँदा चालकको मृत्यु भएको छ। नेपालतर्फ आउँदै गरेको प्र१–०१–०१२ प ३८४९ नम्बरको मोटरसाइकल राति १० बजे सडकमा राखिएको ब्यारिकेटमा ठोकिएर दुर्घटना भएको थियो। मोटरसाइकलको पछाडि सवार मेचीनगर–६ निवासी ४० वर्षीय चेतन कटुवालको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी खगेन्द्रबहादुर खड्काले ...
वनमन्त्री चिडियाखानाबाट सरे
: गौशाला नगरपालिकाले मातहतका क्रसर उद्योगहरुले मरहा खोलामा अवैध उत्खनन तथा प्रशोधन गरेको भेट्टिएपछि बन्द गर्न पत्राचार गरेको छ। नगरपालिकाको अधिकार क्षेत्रभित्र पर्ने मरहा खोलामा गत माघ ११ र १२ गते अवैध उत्खनन गरेको नाप जाँच भएपछि त्यस स्थानमा रहेको ८ क्रसर उद्योगको ढुवानी, प्रशोधन र उत्खननमा रोक लगाएको हो। महोत्तरीका प्रमुख जिल्ला अधिकारी ...
: नेपाल उद्योग वाणिज्य महासंघले निर्बाध रूपमा पेसा व्यवसाय गर्न पाउने र सम्पत्तिको हक सम्बन्धी नैसर्गिक अधिकारको सम्मान हुने गरी राजनीतिक दलहरूले घोषणापत्र तयार गर्नुपर्ने जनाएको छ। शनिबार काठमाडौंमा राजनीतिक दलका घोषणापत्रमा निजी क्षेत्रलाई समेट्नुपर्ने विषयहरू सार्वजनिक गर्दै महासंघले देशको रोजगारदाता, सेवा प्रदायक, पूर्वाधार निर्माणकर्ता, राजस्व योगदानकर्ता एवं सम्पत्ति निर्माणकर्ता उद्यमी व्यवसायीको मनोबल उच्च राखी ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम