मुख्य समाचार
मोफसलकै प्रतिष्ठित तथा लोकप्रिय फुटबल प्रतियोगिता झापा गोल्डकपको सातौँ संस्करण यही माघ २४ गतेदेखि हुने
मोफसलकै प्रतिष्ठित तथा लोकप्रिय फुटबल प्रतियोगिता झापा गोल्डकपको सातौँ संस्करण यही माघ २४ गतेदेखि हुने

: मोफसलकै प्रतिष्ठित तथा लोकप्रिय फुटबल प्रतियोगिता झापा गोल्डकपको सातौँ संस्करण यही माघ २४ गतेदेखि हुने भएको छ ।




बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा आयोजना हुने विनोद बस्नेत स्मृति संस्करण अन्तर्राष्ट्रिय आमन्त्रण नकआउट फुटबल प्रतियोगिताको तयारी धमाधम भइरहेको आयोजक समितिले शुक्रबार पत्रकार सम्मेलन गरी जानकारी गराएको छ । फागुन ४ गतेसम्म सञ्चालन हुने यस पटकको प्रतियोगिता गोल्डकपका पूर्वअध्यक्ष विनोद बस्नेतको स्मृति हुन लागेको गोल्डकपका अध्यक्ष केदार गिरीले बताए । प्रतियोगिताको मुख्य प्रायोजकका रूपमा एग्रो थाई फुड्स प्रालिको उत्पादन ‘एक्स्ट्रिम इनर्जी ड्रिंक्स’ रहने पत्रकार सम्मेलनमा अध्यक्ष गिरीले जानकारी गराएका छन् । एक्सट्रिम एनर्जी ड्रिङ्कस र आयोजकबिच सम्झौतापत्रमा पनि हस्ताक्षर भएको थियो । प्रतियोगिताका लागि मैदान मर्मतको काम पनि अन्तिम चरणमा छ भने बाँसको अस्थायी प्यारापिटसमेत निर्माण सम्पन्न भइसकेको छ ।


प्रतियोगिताको विजेताले नगद १५ लाख रुपैयाँ र उपविजेताले ७ लाख ५० हजार रुपैयाँ पुरस्कार पाउनेछन् । त्यस्तै उत्कृष्ट खेलाडी (मस्ट भ्यालुएबल प्लेयर) लाई मोटरसाइकल प्रदान गरिने छ । यसैगरी सर्वाधिक गोलकर्ता, उत्कृष्ट गोलकिपर र उत्कृष्ट प्रशिक्षकले जनही ३५ हजार रुपैयाँ पुरस्कार पाउनेछन् । प्रत्येक खेलको ‘प्लेयर अफ द म्याच’ लाई २१ हजार रुपैयाँ प्रदान गरिने पत्रकार सम्मेलनमा जानकारी दिइयो ।




विधागत पुरस्कारको प्रायोजन अमेरिका निवासी रोशनलाल श्रेष्ठसहितको टोलीले गरेको जनाइएको छ । प्रतियोगितामा विभागीय टोली त्रिभुवन आर्मी क्लब, नेपाल पुलिस क्लब, एपीएफ क्लब, महिन्द्र क्लब, लालीगुराँस क्लब पोखरासहित घरेलु तथा विदेशी गरी १० वटा टोलीको सहभागिता रहनेछ । प्रतियोगितामा भुटानको रोयल थिम्पु कलेज, भारतको सिग्लिज स्पोर्टिङ क्लब र मलेसियाको एन पेनाङ एफसीले पनि प्रतिस्पर्धा गर्नेछन् ।

२०७२ सालदेखि झापालाई फुटबल हबका रूपमा विकास गर्ने लक्ष्यसहित यो प्रतियोगिता सञ्चालन हुँदै आएको छ । यस वर्ष झापाका एक जना पुराना फुटबल खेलाडीलाई नगद २५ हजारसहित सम्मान गरिने आयोजकले जनाएको छ ।त्यस्तै रंगशालाको जग्गादाता डोमालाल राजवंशीको परिवारलाई पनि नगद २५ हजार रुपैयाँ सहयोग प्रदान गरिनेछ । प्रतियोगिता सञ्चालनका लागि करिब एक करोड ५० लाख रुपैयाँ लागत अनुमान गरिएको आयोजकले जनाएको छ । प्रतियोगितालाई भव्य र व्यवस्थित रूपमा सम्पन्न गर्न स्थानीय प्रशासन, सुरक्षा निकाय, सरोकारवाला निकाय, प्रायोजक तथा स्वयंसेवकसँग आवश्यक समन्वय गरिसकिएको गोल्डकपका वरिष्ठ उपाध्यक्ष गजेन्द्रबहादुर पौडेलले बताए ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। नेपाल प्रिमियर लिग (एनपीएल(को तेस्रो संस्करण सोमबारदेखि सुरु हुँदैछ । कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा सुरु हुने यो संस्करणमा आठ वटा टोलीको सहभागिता रहनेछ । कीर्तिपुरस्थित मैदानमा लगभग अन्तिम तयारी सकिएको क्यानले जनाएको छ । यसपटक विजेताको पुरस्कार राशि बढाइएको छ । योसँगै प्रतियोगिताको प्रतिस्पर्धात्मक आकर्षण र व्यावसायिक महत्त्व थप बढ्ने क्यानको अपेक्षा छ । नेपाल प्रिमियर ...
: कर्णाली याक्समा अनुबन्ध भएका मार्क वाट नेपाल आइपुगेका छन्। आइतबार बिहान उनी तेस्रो नेपाल प्रिमियर लिग (एनपीएल) खेल्न त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण भएका हुन्। उनलाई कर्णाली याक्स स्पोर्ट्स प्रा।लीका प्रतिनिधिले स्वागत गरे। ३० वर्षीय वाटले स्कटल्यान्डको लागि ट्वान्टी २० आईमा ८३ खेल खेल्दा ९४ विकेट लिएका छन् । त्यस्तै तीन सय २१ रन बनाएका ...
: वेस्ट इन्डिजका अलराउन्डर फेबियन एलेन नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणका लागि सुदूरपश्चिम रोयल्समा अनुबन्ध भएका छन्। ३१ वर्षीय एलेन बायाँहाते ब्याटर तथा बायाँहाते स्पिनर हुन्। तल्लो क्रममा आक्रामक ब्याटिङ गर्न सक्ने उनी टी–२० क्रिकेटका अनुभवी खेलाडी हुन्। उनले विश्वका विभिन्न फ्रेन्चाइज लिगमा खेलिसकेका छन्। एलेनले वेस्ट इन्डिजका लागि २० एकदिवसीय र ४२ टी–२० अन्तर्राष्ट्रिय ...
: नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणअन्तर्गत उद्घाटन खेलका सबै टिकट बिक्री भएका छन्। नेपाल क्रिकेट संघ (क्यान) ले बिहीबार राति ८ बजेदेखि उद्घाटन खेलको टिकट बिक्री खुला गरेको थियो। क्यानले एनपीएलको आधिकारिक फेसबुक पेजबाट पहिलो खेलको टिकट ‘सोल्ड आउट’ भएको जानकारी दिएको हो। यो संस्करणमा प्रायोजक संख्या बढ्दा क्यानले कूल ८ हजार ४०० ...
: नेपाल प्रिमियर लिग (एनपीएल) को पुरस्कार घोषणा भएको छ। आयोजक नेपाल क्रिकेट संघ (क्यान)ले पत्रकार सम्मेलन गर्दै आइतबार पुरस्कार घोषणा गरेको हो। क्यानका अनुसार विजेता टोलीले १ करोड ५० लाख पुरस्कार पाउनेछ। उपविजेताले ८० लाख र तेस्रो स्थानमा रहनेले ४० लाख पाउनेछन्। यस्तै चौथो हुने टोलीले ३० लाख पुरस्कार पाउनेछ। एनपीएलको तेस्रो संस्करण ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम