: अर्घाखाँचीको सन्धिखर्क-९ टारीमा टिप्परको ठक्करबाट एक जनाको मृत्यु भएको छ।
हंसपुरबाट टारीतर्फ आउँदै गरेको लु१क ५१३३ नम्बरको टिप्परको ठक्करबाट पैदल यात्री मालारानी-५ बस्ने झन्डै ३२ वर्षीय उमेश खत्रीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रमुख डीएसपी दिवस जिसीले जानकारी दिए।
ठक्कर दिने टिप्पर र चालकलाई नियन्त्रणमा लिएर घटनाको अनुसन्धान भैरहेको अर्घाखाँची प्रहरी प्रमुख जिसीले जानकारी दिएका छन्।