: आरुघाट गाउँपालिका-३ छेपारेखोलामा भएको मोटरसाइकल दुर्घटनामा युवकको मृत्यु भएको छ। शनिबार आर्खेततर्फबाट सोतीतर्फ जाँदै गरेको ग १८ प ३५४४ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा ३५ वर्षका युवकको मृत्यु भएको प्रहरीले जनाएको छ।
मृतकको शनिबार साँझ अबेरसम्म पहिचान हुन नसकेको इलाका प्रहरी कार्यालय आरुघाटले जनाएको छ। मानवबस्तीविहीन सो ओरालो सडकमा एक युवा मोटरसाइकल दुर्घटनामा परेर लडिरहेको साँझ ६ बजे खबर प्राप्त भएको र उपचारका लागि आरुघाट अस्पताल पुर्याउँदा अस्पतालले मृत्यु भएको जानकारी दिएको प्रहरीको भनाइ छ।
घटनास्थल एकलासमा रहेकाले कतिबेला घटना भएको पनि थाहा नपाएको, मृतकको नाम, ठेगाना पनि खुल्न नसकेको प्रहरीको भनाइ छ।