मुख्य समाचार
स्वस्थानीको सन्देश
स्वस्थानीको सन्देश

प्रगतिवादी भन्ने केहीले प्रत्येक वर्ष रट लगाइरहन्छन्, ‘स्वस्थानी व्रत उचित छैन’, ‘महिला हिंसालाई उक्साउँछ’ ‘व्रत नबस’ ‘कथा नभन’ नसुन।’ यो लाखौं मानिसको आस्थामाथि प्रहार भएन र ! व्रत कसरी बस्ने भन्ने वा कथालाई कसरी ग्रहण गर्ने भन्ने कुरा व्यक्ति वा ऊ बसेको समाजको सरोकारको कुरा भयो। माथि नै भनियो, एउटै स्वस्थानी व्रतलाई अनेक किसिमबाट मनाइन्छ। मानिसले जसरी बुझेको छ, उसको परिस्थिति कस्तो छ, त्यसै प्रकारले मनाउँछ। मनाउन उपयुक्त नलाग्नेलाई पनि छुट छ तर के अरूले अपनाइरहेको यस्तो भएन उस्ता भएन मैले भनेजस्तो हुनुपर्छ भन्ने अधिकार अरूलाई हुन्छ र ! अरूको धर्मसंस्कृतिप्रति विद्वेष फैलाउन पाइन्छ र !



भनिरहनु परेन, विभिन्न पुराणका कथा संयोजन गरी स्वस्थानी व्रतकथा बनाइएको हो। यो पहिले नेपाल मण्डलमा नेवार (नेपाल) भाषामा लेखिएको थियो। पछि नेपाली भाषामा पनि अनुवाद भयो। बसाइँसराइसँगै यसको प्रचार–प्रसार भयो। लोकप्रिय भयो। सनातन धर्ममा वेद र स्मृतिका गहन पक्ष नबुझ्नेहरूका लागि पौराणिक ग्रन्थ बनाइएका हुन्। सबै वर्ग, तह र तप्काका मानिसहरूले धर्मशास्त्रका नियमहरू सजिलैसँग बुझ्न नसक्ने हुनाले पौराणिक ग्रन्थहरूले कथाको माध्यमबाट शिक्षा र सन्देश दिने प्रयास गरेका हुन्छन्। पौराणिक प्रसंग भावप्रधान हुन्छन्। पुराणका कथाले देवीदेवता वा अन्य पक्षका रमाइला प्रसंगहरू दिएर मानिसलाई सन्देश दिइरहेका हुन्छन् तर हामी कथामा बढी जोड दिन्छौं। कथाको निष्कर्ष के हो वा सार के हो भन्नेतिर ख्याल गर्दैनौं।

स्वस्थानी व्रतकथामा आउने ७० वर्षीय शिवशर्मा र ७ वर्षीया गोमाको विवाहको प्रसंग हेरौं न। कथामा उनीहरू जोडीलाई आदर्श जोडी संज्ञा दिई यसकै अनुसरण गर्नू भन्ने निर्देश छ र ! बरु ७० वर्षको बूढोसँग ७ वर्षकी गोमाले विवाह गरी पाएको दुःखकष्ट देखाएर अनमेल विवाहले ल्याउन सक्ने परिणामबारे सचेत गराइएको छ। गोमा कलिलै उमेरमा गर्भवती र बालविधवा भएको प्रसंगले पनि बालविवाह वा अनमेल विवाह राम्रो नभएको सन्देश दिएको छ। यसैगरी, जालन्धर मार्न उसकी पत्नी वृन्दाको सतीत्व नष्ट गरेको प्रसंग हेरौं न ! आलोचकले यसलाई देवता भएपछि जे गरे पनि हुने वा महिलामाथि गरिएको हिंसाको पराकाष्ठा भएको तर्क गर्छन्। यसैगरी सनातन धर्मले नै परस्त्री गमन गर्न वा बलात्कार गर्न छुट दिएको अर्थ लगाउनेको कमी छैन।



सबैले सुनेको कथा हो, रूपवती पत्नी जालन्धर हुँदाहुँदै कसकी स्वास्नी राम्री छ भनेर खोज्दै हिँड्थ्यो। तिनलाई छल गरेर कुकृत्य गथ्र्यो। समाजमा रहेका यस्ता पशुको नाश गर्नु आवश्यक हुन्छ नै, त्यसमा बाधक थियो वृन्दाको सतीत्व। एक जनाको सतीत्व नष्ट हुँदा सयौंको सतीत्व जोगिने तथ्य एकातिर थियो। के वृन्दालाई छल गर्नु सबै पक्षबाट ठीक थियो त ? स्वस्थानी व्रतकथाको आशय त्यस्तो छ र ! अवश्य पनि छैन। विष्णुजस्ता देवतासमेत सतीको श्रापले ढुंगाजस्तो निर्जीव वस्तु र झार, घाँस र रुखजस्ता वनस्पतिमा परिणत हुनपुगे। सर्वशक्तिमान नारायणले के गर्न सक्दैनथे र ! तर आफ्नै कृत्यका कारण वृन्दाको सरापलाई झुटो बनाउन सकेनन्। यो प्रसंगबाट खराब कर्म गर्ने जोसुकै भए पनि दण्डको भागीदार हुनुपर्छ भन्ने सन्देश दिइएको हो।

वृन्दाको सतीत्वले जालन्धर बलवान् भएको वा देवताको शक्तिले पनि नमारिएको प्रसंगले पत्नी इमानदार रहँदा पति हरेक किसिमले सामथ्र्यवान् हुने मनोवैज्ञानिक व्यावहारिक पक्ष पनि देखाइएको छ। पतिको सन्दर्भमा पनि त्यही हो, तर जालन्धर आफ्नी पत्नीप्रति इमानदार थिएन। यस प्रसंगमार्फत पति पत्नी एक अर्काप्रति इमानदार रहँदा हुने फाइदा र खुला यौनव्यवहारले ल्याउनसक्ने परिणामबारे पनि सचेत गराएको छ। अन्तिम दिन प्रसाद दिने सन्दर्भमा ‘छोरालाई दिनू’ भन्ने सन्दर्भलाई कतिपयले आलोचना गर्छन्। सनातन धर्ममा छोरा (पुत्र) ले छोरी (पुत्री)लाई पनि प्रतिनिधित्व गर्छ। छोरालाई गर्नु भनेको छोरीलाई पनि भनेको हो। उदाहरणका लागि, नारीले नगर्नु भनेका कुरा पुरुषले पनि नगर्नु भनेको हो। पुरुषले जे गरे पनि छुट भन्ने अर्थ होइन।

गहिरिएर अध्ययन गर्ने वा सकारात्मक पक्षको खोजी गर्ने हो भने स्वस्थानी व्रतकथामा यस्ता अनेकौं सन्देश पाइन्छ। पतिले पत्नीलाई, पत्नीले पतिलाई, बाबुआमाले छोराछोरीलाई, छोराछोरीले बाबुआमाप्रति गर्नुपर्ने कर्तव्यपालनाका सन्दर्भ आउँछ। यस्तै अहंकार गर्दा भोग्नुपर्ने परिणाम, समयको माग, नयाँपुस्तालाई जिम्मेवारी दिनेलगायत अनेकौं सन्दर्भ भेटिन्छ। हो अहिले त्यो वेलाको समय–समाज होइन तर, त्यो समय–समाजमा घटेका घटनाबाट सिकेर अघि बढ्न प्रेरित गर्ने सूत्र त्यहाँ पाइन्छ।

अन्त्यमा, नेपालीभाषीले सबैभन्दा बढी पढ्ने सुन्ने कथा सम्भवतः स्वस्थानी नै होला। विभिन्न समयमा भारतदेखि नेपालसम्मका दर्जनौं प्रकाशकले स्वस्थानी व्रतकथा पुस्तक निकालेका छन्। समयान्तरमा लेखक वा संकलकले आफूखुसी विभिन्न प्रसंग हटाउने र थप्ने पनि गरिरहेको पाइन्छ। पुराना पुस्तकमा भन्दा अहिले छापिएका पुस्तकमा केही फरक देखिएको छ। त्यसैकारण कतिपय अनुपयुक्त सन्दर्भ घुसाइएका हुन सक्ने विषयको अध्ययन–अनुसन्धान हुन जरुरी छ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: प्रतिनिधि सभा निर्वाचनको लागि रौतहटमा १८ वटा मतदान केन्द्र र १ मतदान स्थल थप गरिएको छ। जिल्ला निर्वाचन कार्यालय रौतहटका अनुसार दिएको २०७९ सालमा भएको प्रतिनिधिसभाको निर्वाचनको तुलनामा यस वर्ष १८ वटा मतदान केन्द्र र एउटा मतदानस्थल थप गरिएको हो। २०७९ सालको प्रतिनिधिसभाको निर्वाचनमा रौतहटमा ५ सय २३ वटा मतदान केन्द्र रहेकोमा यस वर्ष १८ वटा ...
: नेपाली कांग्रेसका सभापति गगनकुमार थापा पाँच दिनसम्म आफ्नो निर्वाचन क्षेत्र सर्लाही ४ मा बसेर शुक्रबार काठमाडौं फर्किएका छन् ।आगामी फागुन २१ मा हुन लागेको प्रतिनिधि सभा सदस्य निर्वाचनमा सर्लाही ४ बाट उम्मेदवारी दिएका थापा आफ्नो निर्वाचन क्षेत्रमा एक दर्जन बढी कार्यक्रममा सरिक भएर शुक्रबार काठमाडौं फर्किएका हुन् । माघ १२ गते सर्लाही आइपुगेका थापाले पाँच दिनसम्म क्षेत्र ...
: मेचीनगर नगरपालिका–६ स्थित मेची पुलमा भारतबाट नेपाल आउँदै गरेको मोटरसाइकल शुक्रबार राति दुर्घटना हुँदा चालकको मृत्यु भएको छ। नेपालतर्फ आउँदै गरेको प्र१–०१–०१२ प ३८४९ नम्बरको मोटरसाइकल राति १० बजे सडकमा राखिएको ब्यारिकेटमा ठोकिएर दुर्घटना भएको थियो। मोटरसाइकलको पछाडि सवार मेचीनगर–६ निवासी ४० वर्षीय चेतन कटुवालको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी खगेन्द्रबहादुर खड्काले ...
वनमन्त्री चिडियाखानाबाट सरे
: गौशाला नगरपालिकाले मातहतका क्रसर उद्योगहरुले मरहा खोलामा अवैध उत्खनन तथा प्रशोधन गरेको भेट्टिएपछि बन्द गर्न पत्राचार गरेको छ। नगरपालिकाको अधिकार क्षेत्रभित्र पर्ने मरहा खोलामा गत माघ ११ र १२ गते अवैध उत्खनन गरेको नाप जाँच भएपछि त्यस स्थानमा रहेको ८ क्रसर उद्योगको ढुवानी, प्रशोधन र उत्खननमा रोक लगाएको हो। महोत्तरीका प्रमुख जिल्ला अधिकारी ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम