। साफ यू-१९ महिला च्याम्पियनसिपको पहिलो खेलमै नेपाल भारतसँग पराजित भएको छ । पोखरा रंगशालमा शनिबार भएको आफ्नो पहिलो खेलमा नेपाल भारतसँग १-० ले पराजित भयो ।
पहिलो हाफको खेल गोलरहित बराबरीमा सकिएको थियो । तर दोस्रो हाफमा पर्ल फर्नान्डेजले भारतका लागि वियजी गोल गरिन् । उनले दोस्रो हाफ सुरु भएको चौथो मिनेटमै गोल गर्दै भारतलाई अग्रता दिलाएकी थिइन् । नेपालले बराबरी गोल फर्काउने प्रयास गरेपनि सफल हुन सकेन ।
नेपाल यु-१९ महिला टिमका मुख्य प्रशिक्षक सुमन श्रेष्ठले प्रतियोगिताअघि पहिलो खेल महत्वपूर्ण हुने र भारतसँग अंक नगुमाउने योजना अनुसार खेल्ने बताएपनि नेपाल सफल हुन सकेन ।
शनिबारै भएको पहिलो खेलमा साविक विजेता बंगलादेशले भुटानलाई १२-० को विशाल अन्तरले हराउँदै सानदार सुरुवात गरेको छ ।
बंगलादेशको फराकिलो जितमा मोस्ट मुन्की अख्तरले सर्वाधिक ४ गोल गरिन् । यस्तै श्रीमोती तृष्ना रानी र अल्पी अख्तरले पनि ह्याट्रिक पूरा गरे । मामोनी चक्का र अर्पिता विश्वास अर्पिताले समान एक गोल गरे ।
नेपालले आफ्नो दोस्रो खेलमा सोमबार भुटानसँग खेल्नेछ ।