मुख्य समाचार
साफ यू-१९ महिला च्याम्पियनसिपको पहिलो खेलमै नेपाल भारतसँग १-० ले पराजित
साफ यू-१९ महिला च्याम्पियनसिपको पहिलो खेलमै नेपाल भारतसँग १-० ले पराजित

। साफ यू-१९ महिला च्याम्पियनसिपको पहिलो खेलमै नेपाल भारतसँग पराजित भएको छ । पोखरा रंगशालमा शनिबार भएको आफ्नो पहिलो खेलमा नेपाल भारतसँग १-० ले पराजित भयो ।

पहिलो हाफको खेल गोलरहित बराबरीमा सकिएको थियो । तर दोस्रो हाफमा पर्ल फर्नान्डेजले भारतका लागि वियजी गोल गरिन् । उनले दोस्रो हाफ सुरु भएको चौथो मिनेटमै गोल गर्दै भारतलाई अग्रता दिलाएकी थिइन् । नेपालले बराबरी गोल फर्काउने प्रयास गरेपनि सफल हुन सकेन ।

नेपाल यु-१९ महिला टिमका मुख्य प्रशिक्षक सुमन श्रेष्ठले प्रतियोगिताअघि पहिलो खेल महत्वपूर्ण हुने र भारतसँग अंक नगुमाउने योजना अनुसार खेल्ने बताएपनि नेपाल सफल हुन सकेन ।


शनिबारै भएको पहिलो खेलमा साविक विजेता बंगलादेशले भुटानलाई १२-० को विशाल अन्तरले हराउँदै सानदार सुरुवात गरेको छ ।

बंगलादेशको फराकिलो जितमा मोस्ट मुन्की अख्तरले सर्वाधिक ४ गोल गरिन् । यस्तै श्रीमोती तृष्ना रानी र अल्पी अख्तरले पनि ह्याट्रिक पूरा गरे । मामोनी चक्का र अर्पिता विश्वास अर्पिताले समान एक गोल गरे ।

नेपालले आफ्नो दोस्रो खेलमा सोमबार भुटानसँग खेल्नेछ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। एसियन गेम्सको महिला क्रिकेट छनोट प्रतियोगिताअन्तर्गत आफ्नो पहिलो खेलमा नेपालले चीनलाई १९ रनले पराजित गरेको छ । नेपालले दिएको १२६ रनको लक्ष्य पछ्याएको चीनले २० ओभरमा ५ विकेट गुमाएर १०६ रन बनायो । कप्तान झु मिङ्गेले सर्वाधिक ३० रन बनाइन् । वान हुइङले २१ रन बनाइन् । वेइ हाइटिङले १८ तथा लि जियापिङले १५ रन ...
। पानामाले फिफा विश्वकप २०२६ का लागि २६ सदस्यीय अन्तिम टोली घोषणा गरेको छ । टोलीमा जोसे कोर्डोबा समावेश छन् । २४ वर्षीय डिफेन्डर कोर्डोबा इंग्लिस क्लब नर्विच सिटीबाट खेल्दै आएका छन् र टोलीमा रहेका एकमात्र बेलायतमा खेल्ने खेलाडी हुन् । पानामा समूह ‘एल’ मा रहेको छ, जहाँ उसले इङ्ल्यान्ड, क्रोएसिया र घानासँग प्रतिस्पर्धा गर्नेछ । इंग्ल्यान्डविरुद्धको ...
। अमेरिकाले फिफा विश्वकप २०२६ का लागि २६ सदस्यीय अन्तिम टोली घोषणा गरेको छ । प्रशिक्षक माउरिसियो पोचेटिनोले टोलीमा टायलर एडम्स र एनटनी रोबिन्सनलाई समेटेका छन् । साथै क्रिस्टियन पुलिसिक, वेस्टन म्याककेनी, जियो रेना र हाजी राइट पनि टोलीमा परेका छन् । आयोजक अमेरिकाले समूह ‘डी’ मा जुन १३ मा पाराग्वे विरुद्ध पहिलो खेल खेल्नेछ । त्यसपछि ...
। मोरक्कोले फिफा विश्वकप २०२६ का लागि आफ्नो अन्तिम टोली घोषणा गरेको छ । टोलीमा कप्तान अचरफ हाकिमी चोटका बाबजुद समावेश भएका छन् । अचरफ हाकिमी अप्रिलमा बायर्न म्युनिखविरुद्धको च्याम्पियन्स लिग सेमिफाइनलमा घाइते भएपछि मैदानबाहिर छन् । तर उनलाई विश्वकप टोलीमा स्थान दिइएको छ । टोलीमा नुसाएर मजराउई, इसा डियोप, ब्राहिम डियाज, सोफियान अम्राबात र बिलाल एल ...
। फिफा विश्वकप २०२६ का लागि स्पेनको अन्तिम टोली घोषणा भएको छ । घोषित टोलीमा रियल मड्रिडका कुनै पनि खेलाडी परेका छैनन् । विश्वकप इतिहासमा पहिलो पटक स्पेनको टोलीमा रियल मड्रिडका एक जना पनि खेलाडी नपरेका हुन् । चोटका कारण डानी कार्भाजाल बाहिर छन् भने डिन हुइसेन पनि अन्तिम टोलीमा अटाएनन् । यता ला लिगा च्याम्पियन बार्सिलोनाबाट ...