मुख्य समाचार
नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको संयुक्त गस्ती
नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको संयुक्त गस्ती

। फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनलाई लक्षित गरी जिल्ला प्रहरी परिसर काठमाडौंले गस्ती बढाएको छ ।

जिल्ला प्रहरी परिसर काठमाडौंका एसएसपी रमेश थापाले निर्वाचन लक्षित अहिले एकीकृत सुरक्षा गस्ती समेत सुरु गरिएको बताए ।


उनका अनुसार काठमाडौंमा अहिले नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको संयुक्त गस्ती समेत सुरु गरिएको छ ।

यसका साथै होटल, लजहरुमा ‘डग स्नीफिङ’सहितको जाँच समेत सुरु गरिएको प्रहरीले बताएको छ । काठमाडौंका विभिन्न ठाउँहरुमा ‘सरप्राइज चेकिङ’ समेत सुरु गरिएको छ ।


सुरक्षा चुनौतीका खबर संकलन गर्दै त्यसलाई विश्लेषण गरी सुरक्षा रणनीति बनाएर काम गरिने एसएसपी थापाले बताए ।

काठमाडौं जिल्लामा ३२० मतदानस्थलहरु छन् । जसमा १७६ सामान्य र १४४ संवेदनशील मतदानस्थलहरु छन् । अतिसंवेदनशील मतदानस्थल भने काठमाडौंमा एउटा पनि छैनन् ।

निर्वाचनलाई लक्षित गरी काठमाडौंमा मात्रै ३ हजार ८५४ निर्वाचन प्रहरी भर्ना गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। नेकपा एमालेका महासचिव शंकर पोखरेलले निर्वाचन भनेको व्यक्तिको नभई राजनीतिक मुद्दाको अनुमोदन हुनुपर्ने बताएका छन् । शुक्रबार काठमाडौंमा भएको पत्रकार सम्मेलनमा महासचिव पोखरेलले सामाजिक सञ्जालको आडमा चर्चित भनिएका व्यक्तिलाई जनताले अनुमोदन गर्न नहुने बताए । ‘निर्वाचन भनेको राजनीतिक मुद्दाहरूबीचको प्रतिस्पर्धा हो । कुन राजनीतिक दलले कस्ता मुद्दा उठाएका छन् । मुद्दाका आधारमा कुनै पनि पार्टी नयाँ ...
। नेपाली कांग्रेसका सभापति गगन थापाले अहिलेको कांग्रेससँग पहिलेका राम्रा कुरा सबै रहेपनि नराम्रा कुरा केही पनि बाँकी नरहेको दाबी गरेका छन् । शुक्रबार सर्लाही–४ को चुनावी कार्यक्रममा बोल्दै सभापति थापाले मतदातालाई आश्वस्त पार्दै यस्तो बताएका हुन् । ‘अहिलेको कांग्रेससँग हिजोको कांग्रेसका राम्रा कुरा सबै छन्। हिजोको सबै कुरा खराब हुँदैन । हिजोको सबै खराब हुने ...
। नेकपा एमालेले झापा क्षेत्र नम्बर ५ मा आफ्नो पार्टीलाई कुनै जोखिम नरहेको विश्लेषण गरेको छ । शुक्रबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा पत्रकार सम्मेलन आयोजना गर्दै महासचिव शंकर पोखरेलले पार्टीको विश्लेषणबारे सुनाएका हुन् । सामाजिक सञ्जालको हल्लाखल्लाले केही प्रभाव परेको भए पनि मतदाताको कुरामा आफूहरू सो क्षेत्रमा सुरक्षित अवस्थामा रहेको जिकिर गरे । ‘होला सोसल मिडियामा हुने हल्लाखल्लाले ...
। नेकपा (माओवादी)का महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले कम्युनिस्ट एकताबाट आफूहरू नभई नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ भागिरहेको आरोप लगाएका छन् । शुक्रबार काठमाडौंमा आयोजित पार्टी ध्रुवीकरण कार्यक्रममा विप्लवले कम्युनिस्ट एकताबाट भागेर प्रचण्डलगायतका केही नेताहरूले गम्भीर त्रुटि गरिरहेको बताएका हुन् । माओवादी विचारलाई भत्काएर एउटा सिट जित्नका लागि विरोधीहरूसँग घाटी जोडेर क्रान्तिको संरक्षण नहुने उनको भनाइ ...
। नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीका निवर्तमान सभापति शेरबहादुर देउवासँग निरन्तर संवादमा रहेको बताएका छन् । धनुषा-४ मा कांग्रेसका उम्मेदवार महेन्द्र यादवको चुनावी कार्यक्रमलाई सम्बोधन गर्दै अहिले नेताहरूबीच मतभेद नभएको भन्दै पार्टी एक ढिक्का भएर निर्वाचनमा होमिएको बताएका हुन् । ‘भर्खरै कांग्रेसको अधिवेशन गरेर नयाँ नेतृत्व आएका छौँ । पार्टीभित्र कसैमाथि दोष र रिसराग छैन । ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम