मुख्य समाचार
अमेजनले आफ्ना कम्पनीहरूबाट विश्वव्यापी रूपमा झन्डै १६ हजार कर्मचारी कटौती गर्ने घोषणा
अमेजनले आफ्ना कम्पनीहरूबाट विश्वव्यापी रूपमा झन्डै १६ हजार कर्मचारी कटौती गर्ने घोषणा

— विश्वको सबैभन्दा ठूलो ई–कमर्स प्लाटफर्म अमेजनले आफ्ना कम्पनीहरूबाट विश्वव्यापी रूपमा झन्डै १६ हजार कर्मचारी कटौती गर्ने घोषणा गरेको छ ।

पछिल्लो तीन महिनामा कम्पनीले गरेको यो दोस्रो ठूलो जनशक्ति छाँटकाँट हो । कम्पनीले आफ्ना बाँकी भौतिक स्टोर, किराना र गो मार्केटहरू बन्द गर्ने जनाएको छ । ग्राहकको हत्केला स्क्यान गरेर रकम भुक्तानी गर्न मिल्ने प्रविधि ‘अमेजन वान’ पनि बन्द हुने भएको छ ।

अमेजनले यसअघि सन् २०२५ को अक्टोबरमा लगभग १४ हजार पद खाली गरेको रिपोर्ट बाहिरिएका थिए । पछिल्लो कटौतीसँगै अमेजनबाट ३० हजारभन्दा बढीले रोजगारी गुमाएका छन् । कम्पनीकी वरिष्ठ उपाध्यक्ष बेथ गलेतीले एक मेमोमा भनेकी छन्, ‘जुन पद र प्रणालीहरूले कामको गति र निर्णय क्षमतामा बाधा पुर्‍याइरहेका छन्, तिनलाई घटाएर कार्य क्षमता सुधार्दै जाने हाम्रो लक्ष्य छ ।’

अमेजनले सन् २०२२ र सन् २०२३ मा पनि करिब २७ हजार कर्मचारी कटौती गरेको थियो । त्यसलाई कोभिड महामारीपछि ठूलो संख्यामा विस्तार गरिएका पद समायोजन गर्ने कदमका रूपमा अर्थ्याइएको रोयटर्सले जनाएको छ । त्यो बेला अनलाइन सपिङको बजार तीव्र बढेकाले धेरै नियुक्ति गरिएको अमेजनको दाबी छ ।

तथापि कम्पनीले अनलाइन इकाइबाट मात्र नभएर अमेजन वेब सर्भिस, अलेक्स भ्वाइस एसिस्टेन्ट, प्राइम भिडियो, डेलिभरी, विज्ञापनलगायत इकाइबाट पनि कर्मचारी निष्कासन गरेको रोयटर्सले जनाएको छ । कम्पनीमा हाल १५ लाख ८० हजार कर्मचारी कार्यरत छन् ।

अमेजन मात्र होइन, केही वर्षयता अन्य ठूला प्रविधि कम्पनीहरूले पनि धमाधम कर्मचारी हटाउँदै आएका छन् । यसलाई उनीहरूले ‘नियमित पुनःसंरचना’ भन्दै आएका छन् । माइक्रोसफ्टले सन् २०२५ मा विभिन्न शाखा र प्रोडक्सन युनिटबाट करिब ९ हजार कर्मचारी हटाएको थियो । टाइम्स अफ इन्डियाका अनुसार इन्टेलले पनि लगभग २२ हजार कर्मचारी केही वर्षभित्रै कटौती गरेको छ । कम्पनीले यसलाई आफ्नो सेमिकन्डक्टर व्यवसायको पुनःसंरचना गर्ने प्रयासका रूपमा सार्वजनिक गरेको छ ।



मेटाले पनि आर्टिफिसियल इन्टेलिजेन्स (एआई) र रियालिटी ल्याब्स जस्ता विभागमा हजारौँ रोजगारी घटाउँदै लगेको रोयटर्सको रिपोर्ट छ । गुगलले विभिन्न विभागमा सयौं कर्मचारी कटौती गर्दै एआई र क्लाउडमा पुनः लगानी गरिरहेको छ । समग्रमा, सन् २०२५ मा विश्वभर प्रविधि क्षेत्रका १ लाखभन्दा बढी कर्मचारी जागिरबाट निकालिएका थिए । यस्तो कटौतीले अमेरिकी, क्यानडा, भारत र युरोपका प्रविधि क्षेत्रमा कार्यरत पेसाकर्मीमाथि गम्भीर प्रभाव पारेको बिजिनेस टुडेको अनुमान छ ।

विश्लेषकहरूको धारणामा अहिलेको छाँटकाँटको लहर वित्तीय दबाबको परिणाम मात्रै नभएर प्रविधि र एआईकेन्द्रित पुनःसंरचनाको संकेत पनि हो । ब्लुमबर्गमा विश्लेषक रोजर ली भन्छन्, ‘कम्पनीहरूले एआई र अटोमेसनमा लगानी बढाउन पुराना, म्यानुअल र एआईले गर्न सक्ने भूमिका घटाइरहेका छन् । यसले सामान्य र नियमित प्रशासनिक तथा सफ्टवेयर इन्जिनियरिङ जस्ता भूमिकामा प्रतिस्थापनको जोखिम बढाएको छ ।’

केही सुरुवाती तहका कर्मचारीलाई एआई टुलहरूले प्रतिस्थापन गर्न सक्ने र त्यसले रोजगारीको संरचना नै बदलिरहेको कतिपय श्रमबजार विज्ञहरूको भनाइ छ । म्याकेन्जी ग्लोबलको एक अध्ययनले सन् २०३० सम्ममा एआईका कारण झन्डै ८० करोड रोजगारी प्रतिस्थापन हुने जोखिममा रहेको उल्लेख गरेको छ । तथापि एआईले नै हाल १३ लाख नयाँ रोजगारी सिर्जना गरिसकेको लिङडइनको डेटालाई उद्धृत गर्दै विश्व आर्थिक मञ्चले जनाएको छ । एआई इन्जिनियर र डेटाको काम गर्नेहरूको माग बढिरहेको मञ्चको जनवरी १५ को रिपोर्टमा उल्लेख छ ।

सन् २०२५ मा प्रकाशित विश्व आर्थिक मञ्चको ‘द फ्युचर अफ जब्स रिपोर्ट’ मा यस दशकभित्र १७ करोड नयाँ रोजगारी सिर्जना हुने भनिएको छ । मूलतः प्रविधि, नवीकरणीय एवं स्वच्छ ऊर्जा, आर्थिक र जनसांख्यिक परिवर्तनमा आधारित नयाँ रोजगारीहरूले विश्वव्यापी श्रम बजारकै पुनःसंरचना गरिरहेको प्रतिवेदनमा उल्लेख छ । ‘नयाँ सिर्जना भएका रोजगारीहरू विद्यमान रोजगारीको १४ प्रतिशत हुनेछ,’ प्रतिवेदनमा भनिएको छ, ‘यही क्रममा ९ करोड २० लाख रोजगारी प्रतिस्थापन हुँदै छन् ।’

यही सन्दर्भमा, अमेजन, पिन्टरेस्ट, मेटा, माइक्रोसफ्टलगायत कम्पनीहरू निरन्तर कर्मचारी कटौतीको तयारीमा रहेकाले सन् २०२६ मा पनि यो क्रम जारी रहने अनुमान गरिएको छ । सन् २०२५ मा एआईका कारण रोजगारी गुमाउनेहरूमध्ये ५ देखि १० प्रतिशत भारतका रहेको केही रेडिट पोस्टमा दाबी गरिए पनि त्यसको स्वतन्त्र पुष्टि भने हुन सकेको छैन ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। मध्यपूर्वमा जारी अमेरिका–इजरायल र इरान बीचको युद्ध तेस्रो हप्तामा प्रवेश गरिरहँदा कुवेतको प्रमुख तेल प्रशोधन केन्द्र ‘मिना अल–अहमदी’ मा आज शुक्रबार बिहान भीषण ड्रोन आक्रमण भएको छ । कुवेत पेट्रोलियम कर्पोरेसनका अनुसार इरानी ड्रोनहरूको एक शृङ्खलाबद्ध आक्रमणका कारण रिफाइनरीका केही एकाइहरूमा आगलागी भएको छ । यो दुई दिनभित्र कुवेती तेल पूर्वाधारमा भएको दोस्रो ठूलो प्रहार हो। आक्रमण ...
हंगेरीका प्रधानमन्त्री भिक्टर ओर्बानले युक्रेनलाई युरोपेली संघमार्फत दिइने ९० अर्ब यूरोको ‘सैन्य ऋण’ रोक्ने आफ्नो कानुनी अधिकार रहेको स्पष्ट पारेका छन् । ब्रसेल्समा आयोजित ईयू शिखर सम्मेलनपछि सञ्चारकर्मीहरूसँग बोल्दै ओर्बानले युक्रेनले ’द्रुज्बा’ पाइपलाइनबाट हुने रुसी तेलको आपूर्तिमा लगाएको प्रतिबन्ध नहटाएसम्म हंगेरीले यो ऋण स्वीकृत नगर्ने अडान दोहोर्‍याएका छन् । सन् २०२५ को डिसेम्बरमा ईयू काउन्सिलले यो कोष ...
संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले मध्यपूर्वमा जारी भीषण युद्धको अन्त्य संयुक्त राज्य अमेरिकाको राजनीतिक इच्छाशक्ति र निर्णयमा निर्भर रहेको बताएका छन् । ब्रसेल्समा आयोजित एक कार्यक्रममा बोल्दै गुटेरेसले भने , ‘मलाई विश्वास छ कि यो युद्ध रोक्ने शक्ति अमेरिकाको हातमा छ। राष्ट्रपति डोनाल्ड ट्रम्पले चाहेमा यो सम्भव छ।’ उनका अनुसार इजरायलले इरानको सैन्य क्षमता पूर्ण रूपमा नष्ट ...
इरानमा युद्ध सुरु भएदेखि ३ हजार १०० भन्दा बढी मानिसहरू मारिएका छन् । अमेरिकास्थित मानव अधिकार कार्यकर्ता समाचार एजेन्सी (एचआरएएनए) ले इरानमा मृत्यु हुनेको संख्याको बारेमा नयाँ अपडेट जारी गरेको हो । एजेन्सीका अनुसार फेब्रुअरी २८ मा युद्ध सुरु भएदेखि अहिलेसम्म ३ हजार १८६ जनाको मृत्यु भइसकेको छ । एचआरएएनएका अनुसार मृत्यु हुनेमा कम्तीमा २१० बालबालिका सहित १ ...
। ‘होर्मुज स्ट्रेट’ मा अप्रिलको अन्त्यसम्म अवरोध कायमै रहेमा तेलको मूल्य प्रति ब्यारेल १८० डलरसम्म पुग्न सक्ने साउदी अरबका अधिकारीहरूले आकलन गरेका छन् । द वाल स्ट्रिट जर्नलले नाम नखुलाइएका धेरै स्रोतहरूलाई उद्धृत गर्दै प्रकाशित सामग्रीमा साउदी अरबका अधिकारीहरूले यस्तो विश्वास व्यक्त गरेको हो । फेब्रुअरी २८ मा इरान युद्ध सुरु भएयता तेलको मूल्यमा तीव्र उतारचढाव आइरहेको ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम