मुख्य समाचार
सिंगापुर एयरलाइन्सले मार्च र अप्रिल २०२६ मा सिंगापुर–काठमाडौँ रुटमा वाइडबडी विमान सञ्चालन गर्ने
सिंगापुर एयरलाइन्सले मार्च र अप्रिल २०२६ मा सिंगापुर–काठमाडौँ रुटमा वाइडबडी विमान सञ्चालन गर्ने

— सिंगापुर एयरलाइन्सले यात्रु चापलाई लक्षित गर्दै मार्च र अप्रिल २०२६ मा सिंगापुर–काठमाडौँ रुटमा वाइडबडी विमान सञ्चालन गर्ने भएको छ। कम्पनीका अनुसार सातामा दुई उडान वाइडबडी विमानमार्फत सञ्चालन हुनेछ ।

आगामी मार्च र अप्रिलमा यात्रुको चाप बढ्ने भएकाले उडान क्षमता विस्तार गर्न वाइडबडी विमान प्रयोग गर्न लागिएको सिंगापुर एयरलाइन्स नेपालले जनाएको छ। उक्त विमान हालसम्म त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चालन हुने सिट क्षमताका आधारमा सबैभन्दा ठूलो विमान हो।

वाइडबडी विमानमा कुल ३३७ सिट उपलब्ध रहनेछन्, जसमध्ये ३६ वटा बिजनेस क्लास र ३०१ वटा इकोनोमी क्लासका सिट रहेका छन्। बिजनेस क्लासका सिटहरू ७६ इन्च लामो पूर्ण रूपमा समथर हुने बेडमा परिवर्तन गर्न सकिने छन् भने सबै सिटमा सिधै आइज्ल (गलियारा) पहुँच उपलब्ध छ।

इकोनोमी क्लासमा एर्गोनोमिक रूपमा डिजाइन गरिएका सिट, छ–तर्फी समायोजन गर्न मिल्ने हेडरेस्ट तथा घाँटीलाई राम्रो समर्थन दिने संरचना रहेको छ।

यात्रुहरूले सिंगापुर एयरलाइन्सको इन–फ्लाइट मनोरञ्जन प्रणाली ‘क्रिसवर्ल्ड’ मार्फत १९ सयभन्दा बढी चलचित्र, टिभी कार्यक्रम, संगीत एल्बम तथा खेलहरूको सुविधा पाउनेछन्। यस प्रणालीमा व्यक्तिगत प्लेलिस्ट बनाउने, सामग्री सेभ गरी अर्को उडानमा निरन्तर हेर्ने तथा यात्रुको रुचिअनुसार सिफारिस प्राप्त गर्ने सुविधा पनि समावेश छ।

उक्त विमानमा असीमित निःशुल्क वाईफाई सेवा उपलब्ध रहनेछ। बिजनेस क्लास यात्रु, पीपीएस क्लब सदस्य तथा पूरक कार्डधारकले स्वतः असीमित वाइ–फाइ प्रयोग गर्न सक्नेछन्। इकोनोमी क्लास यात्रुले भने निःशुल्क वाइ–फाइ प्रयोग गर्न ‘क्रिसफ्लायर’ सदस्य हुनुपर्नेछ, जसको सदस्यता निशुल्क छ।

सिंगापुर एयरलाइन्सका अनुसार मार्च र अप्रिल महिनामा विदेशमा बसोबास गर्ने नेपाली स्वदेश फर्किने तथा नेपालबाट विदेश यात्रा गर्ने यात्रुको संख्या बढ्ने अपेक्षा गरिएको छ। साथै, यही समयमा नेपाल आउने अन्तर्राष्ट्रिय पर्यटकको आगमन पनि उल्लेख्य रहने कम्पनीको विश्वास छ।



वाइडबडी विमानमार्फत सञ्चालन हुने सिंगापुर–काठमाडौँ उडान बुधबार र शुक्रबार हुनेछ। सिंगापुरबाट काठमाडौँतर्फको उडान साँझ ६:५५ बजे प्रस्थान गरी राति ९:४० बजे काठमाडौँ आइपुग्नेछ। काठमाडौँबाट सिंगापुरतर्फको उडान राति ११:०५ बजे प्रस्थान गरी भोलिपल्ट बिहान ६:१५ बजे सिंगापुर पुग्ने तालिका रहेको छ।

सोमबार, मंगलबार, बिहीबार, शनिबार र आइतबार-सिंगापुर–काठमाडौँ उडान भने सिंगल–आइसल विमानमार्फत यथावत् सञ्चालन हुने जनाइएको छ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
युरोपियन कमिसनले युक्रेनका किसानहरूलाई सहयोग गर्न माग गरिएको २२० मिलियन युरो रकम दिन अस्वीकार गरेको छ। ब्लुमबर्गका अनुसार युक्रेनका कृषि तथा खाद्य नीति मन्त्री तारास बिसोत्स्कीले यसबारे जानकारी दिएका हुन्। युक्रेनले युरोपियन युनियनसँग आफ्नो कृषि क्षेत्रका लागि थप लक्षित सहायता मागेको थियो। तर युरोपियन कमिसनले किसानहरूलाई सहयोग गर्न माग गरिएको २२० मिलियन युरोको अनुरोध अस्वीकार गरेको ...
। मलेसियाले मंगलबार करिब एक हजार ५ सय म्यान्मा नागरिकलाई स्वदेश फर्काउने प्रक्रिया सुरु गरेको छ । यो म्यान्माका पाँच हजार नागरिकलाई स्वदेश फिर्ता पठाउने योजनाअन्तर्गतको पहिलो चरण हो । मलेसिया सरकारले उनीहरूलाई स्वेच्छिक रूपमा स्वदेश फर्काउन लागिएको जनाएको छ । तर, मानवअधिकार तथा आप्रवासी अधिकारसम्बन्धी संस्थाहरूले हिरासत केन्द्रमा रहेका कठिन परिस्थितिका कारण उनीहरू स्वदेश फर्कन ...
। अमेरिका र क्यानाडाबीच बढ्दो व्यापार तनावबीच क्यानाडाबाट आयात हुने मदिरासहित विभिन्न उत्पादनमा अमेरिकाले मङ्गलबारदेखि नयाँ प्रतिबन्ध लागू गरेको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यस महिनाको सुरुमा प्रतिबन्ध घोषणा गरेका थिए। प्रतिबन्धमा बियर, स्पार्कलिङ वाइन, ब्रान्डी, सेक तथा अन्य मदिरासहित दुग्धजन्य मट्ठा प्रोटिन र उच्च क्षमताका मोटरसाइकलसमेत परेका छन्। सेप्टेम्बर ८ मा क्यानाडाले अमेरिकी निर्यातमा करिब ...
— म्यान्मारको राखाइन राज्यस्थित एक व्यस्त बजारमा सेनाले गरेको हवाई आक्रमणमा परी मृत्यु हुनेको संख्या ५० पुगेको छ । सोमबार मध्याह्न सेनाले क्याउक्ताव शहर नजिककैको नदी किनारस्थित एक बजारमा दुईवटा बम खसालेको थियो । उक्त आक्रमणपछि घटनास्थलमा खटिएका दुई स्थानीय राहतकर्मीले मंगलबार कम्तिमा ५० जनाको मृत्यु भएको पुष्टी गरेका छन् । राहतकर्मी वाइ हुन आउङले ...
। आइतबार यमनको ताइज क्षेत्रमा भएको हवाई हमलामा हुथी समूहसँग सम्बद्ध करिब ३० लडाकु र आठ सर्वसाधारण मारिएका छन्। अन्तर्राष्ट्रिय रूपमा मान्यता प्राप्त यमनी सरकारले भने हुथी सैन्य शिविर र गाडीहरूलाई निशाना बनाएको दाबी गरेको छ। हुथी स्वास्थ्य मन्त्रालयले हमला ताइज प्रान्तको माविया बजारका पसलहरूमा भएको जनाएको छ। हुथी सैन्य प्रवक्ता याह्या सरीले भने, ‘हाम्रो ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम