मुख्य समाचार
प्रचण्डले स्वच्छ,निष्पक्ष र धाँधलीरहित रुपमा निर्वाचन भए प्रत्यक्षतर्फ आफ्नो पार्टी पहिलो हुने दावी
प्रचण्डले स्वच्छ,निष्पक्ष र धाँधलीरहित रुपमा निर्वाचन भए प्रत्यक्षतर्फ आफ्नो पार्टी पहिलो हुने दावी

: नेपाली कम्युनिष्ट पार्टी(नेकपा)का संयोजक पुष्पकमल दाहाल 'प्रचण्ड'ले स्वच्छ,निष्पक्ष र धाँधलीरहित रुपमा निर्वाचन भए प्रत्यक्षतर्फ आफ्नो पार्टी पहिलो हुने दावी गरेका छन्।


पार्टीको रुकुम पूर्व–काठमाडौं सम्पर्क समन्वय समितिले शुक्रबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा प्रचण्डले केहि शक्तिहरू निर्वाचनलाई गलत ढंगले प्रभावित पार्ने कोसिसमा रहेको भन्दै स्वच्छ,निष्पक्ष र धाँधलीरहित रुपमा निर्वाचन भए प्रत्यक्षतर्फ आफ्नो पार्टी पहिलो हुने दावी गरे।


प्रत्यक्षतर्फ पार्टी पहिलो हुने अवस्था देखिए पनि समानुपातिकमा भने नेकपा पहिलो हुने सम्भावना कम रहेको उनको भनाइ छ। प्रचण्डले पार्टी पंक्तिले अलि मेहनत गरे प्रत्यक्ष र समानुपातिक जोड्दा एक नम्बर पार्टी बन्ने सम्भावना रहेको धारणा राखे । उनले निर्वाचनका बारेका यसअघि धेरै प्रश्न उठे पनि नेकपाले निर्वाचनमा जोड दिएको र देश निर्वाचनमय भएको बताए।


प्रचण्डले जेनजी आन्दोलनपछि मुलुक असाधारण जटिल परिस्थितिबाट गुज्रिएकाले राष्ट्रलाई एकताबद्ध गर्ने र आन्दोलनलाई एउटा नयाँ उचाइ दिनका लागि आफूले रुकुम पूर्वलाई चयन गरेको उल्लेख गरे।

उनले सहिदहरूका सपना,क्रान्तिकारीहरूका सपनालाई पूरा गर्न समुदायमा आधारित समाजवादको मोडेल खडा गर्ने प्रतिवद्धता जनाए । रुकुम पूर्व नेपाली क्रान्तिको,जनयुद्धकालको एउटा केन्द्रीय आधार इलाका भएकाले आफ्ना लागि खास क्षेत्र रहेको उनको भनाइ छ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: चितवनको मुग्लिन-नारायणगढ सडकखण्डमा बस दुर्घटना हुँदा ३८ जना घाइते भएका छन्। दाङबाट काठमाडौं जाँदै गरेको बस शुक्रबार बिहान करिब ३ बजेर १० मिनेट जाँदा घुमाउने भन्ने स्थानमा पल्टिएको हो। घाइतेहरूलाई उद्दार गरी उपचारका लागि भरतपुरलगायत विभिन्न अस्पतालमा पठाइएको चितवन प्रहरीले जनाएको छ। प्रहरीका अनुसार नयाँ मेडिकल कलेज भरतपुरमा ४ जना, पुरानो मेडिकल कलेजमा १३ जना, ...
: नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आजको लोकतान्त्रिक अधिकारको बीउ १९९७ सालका सहिदहरूले रोपेको बताएका छन् । सहिद दिवसका अवसरमा शुक्रबार शुभकामना सन्देश दिँदै उनले निरङ्कुश र जहानियाँ शासनको ठाउँमा लोकतान्त्रिक अधिकार स्थापित गर्ने आन्दोलनको बीउ सहिदहरूले रोपेको उल्लेख गरेका छन्। अध्यक्ष ओलीले शुक्रराज शास्त्री,धर्मभक्त माथेमा, दशरथ चन्द र गङ्गालाल श्रेष्ठलाई राणा शासनले मृत्यु ...
: सर्वोच्च अदालतले बाबु-आमाले आफ्नो अंश हक लाग्ने सम्पत्तिबाट छोरीलाई शेषपछि खाने गरी बकसपत्र गर्दा छोराको मञ्जुरी लिनुपर्ने कुनै कानुनी बाध्यता नरहेको व्याख्या गरेको छ। ईश्वरप्रसाद खतिवडा र न्यायाधीश हरिप्रसाद फुयालको इजलासले वृद्ध अवस्थाका पिताले आफ्नो पालनपोषण तथा हेरचाह गर्ने छोरीलाई आफ्नो हक पुग्ने सम्पत्तिबाट शेषपछिको बकसपत्र गरिदिनु अनुचित वा कानुनविपरीत कार्य नहुने ठहर गरेको ...
: नेकपा एमालेका महासचिव शंकर पोखरेलले फागुनको पहिलो हप्तामा चुनावी घोषणापत्र जारी गर्ने बताएका छन्। प्रेस चौतारी नेपालले शुक्रबार काठमाडौंमा आयोजना गरेको साक्षात्कारमा पोखरेलले निर्वाचन आयोगको कार्यतालिका अनुसार चुनावी प्रचार प्रसार सुरू हुनुअघि फाल्गुनको पहिलो हप्तामा चुनावी घोषणापत्र जारी गर्ने बताएका हुन् । घोषणापत्रका विषयमा पार्टीहरूले विज्ञहरूसँग छलफल समेत गरिसकेको उनले बताए। त्यस्तै महासचिव पोखरेलले अहिले ...
: नेकपा (माओवादी) का महासचिव नेत्रविक्रम चन्द विप्लवले कम्युनिष्ट एकताबाट आफूहरू नभइ प्रचण्ड भागिरहेको आरोप लगाएका छन्। शुक्रबार काठमाडौंमा आयोजित पार्टी ध्रुविकरण कार्यक्रममा विप्लवले कम्युनिष्ट एकताबाट भागेर प्रचण्डलगायतका केहि नेताहरूले गम्भीर त्रुटि गरिरहेको समेत बताए । माओवादी विचारलाई भत्काएर एउटा सिट जित्नका लागि विरोधीहरूसँग घाटी जोडेर क्रान्तिको संरक्षण नहुने उनले बताए। प्रचण्डले एकताका लागि केहिदिन अघि ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम