मुख्य समाचार
जेनजी आन्दोलनपछि लुटपाटमा सक्रिय थियो मूलपानीबाट पक्राउ परेको गिरोह
जेनजी आन्दोलनपछि लुटपाटमा सक्रिय थियो मूलपानीबाट पक्राउ परेको गिरोह

: प्रहरीले लुटपाटमा संलग्न गिरोहलाई पक्राउ गरेको छ। कागेश्वरी मनहरा नगरपालिका- ६, मूलपानीमा सुनको गरगहना लुटपाट गर्ने (स्न्याचिङ गर्ने ग्रुप) समूहलाई प्रहरीले पक्राउ गरेको हो।

जिल्ला प्रहरी परिसर काठमाडौंले बिहीबार पत्रकार सम्मेलन गरेर संगठित रूपमा लुटपाट गर्ने १० जनालाई पक्राउ गरेको जानकारी दिएको छ।


उक्त समूह जेनजी आन्दोलनपछि बनेको प्रहरीको अनुसन्धानबाट खुलेको छ। काठमाडौंका एसएसपी रमेश थापाका अनुसार उनीहरूमध्ये अधिकांश जेनजी आन्दोलनका क्रममा प्रहरी हिरासतबाट भागेका थुनुवा हुन्।

पक्राउ गर्ने क्रममा प्रहरीले गोलीसमेत चलाएको थियो। प्रहरीले चलाएको गोलीबाट घाइते भएका व्यक्ति प्रहरी वृत्त महाराजगञ्जबाट भागेको खुलेको एसएसपी थापाको भनाइ छ।

'उक्त समूह राति १२ बजेदेखि बिहान ४ बजेसम्म लुटपाटमा संलग्न हुने गरेका थिए। दिनभर ट्याक्सी तथा अन्य सवारी साधन चलाउने गर्थे। राति ९ बजेतिर उनीहरू भेला हुन्थे। भेला भएर खाना खाएपछि उनीहरू १२ बजेतिर लुटपाटमा जाने गरेका थिए,' एसएसपी थापाले भने।

उनीहरूको समूहले मोटरसाइकलमा तीन-तीन जना बस्ने बाटोमा हिँड्ने महिला तथा पुरुषले लगाएका गहना लुट्ने गरेका थिए। फुटपाथमा व्यापार गर्न बसेकाहरूलाई पनि उनीहरूले लुट्ने गरेको प्रहरीको अनुसन्धानबाट खुलेको छ।

विगत तीन महिनादेखि उक्त समूह त्यस क्षेत्रमा सक्रिय रहेको सूचना पाएपछि प्रहरीले अप्रेसन सुरु गरेको थियो। सो समूहलाई नियन्त्रणमा लिनका लागि जिल्ला प्रहरी परिसर, भद्रकालीले विशेष अप्रेसन टोली खटाएको थियो। बुधबार राति सोही टोलीले पिछा गर्ने क्रममा उनीहरू भागिरहेका थिए।

जिल्ला प्रहरी परिसरमा उनीहरूविरुद्ध ३० देखि ४० वटा जाहेरी तथा उजुरी परेको छ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: निर्वाचन आयोगले राजनीतिक दल, उम्मेदवार र संस्थासमेत गरी २१ वटा स्पष्टीकरण सोधेको छ। आयोगले बुधबारसम्म २१ वटा स्पष्टीकरण सोधेकोमा पाँचवटाको मात्र जवाफ आएको जनाएको छ। निर्वाचन आचारसंहिता, २०८२ को दफा २६ बमोजिमको केन्द्रीय आचारसंहिता अनुगमन समितिमा प्राप्त उजुरी र जानकारीका आधारमा स्पष्टीकरण सोधिएको र बाँकी जवाफका लागि ताकेता भइरहेको आयोगले जनाएको छ। त्यस्तै निर्वाचन ...
: गुल्मीमा तीन महिने शिशुको हत्या गरिएको छ। जिल्लाको इस्मा गाउँपालिका–२, छल्दीटारमा मादक पदार्थ सेवन गरी आफ्नै तीन महिनाको नाबालक छोराको आफ्नै बाबुले हत्या गरेको खुलेको छ। गएराति करिब ८ बजेको समयमा ४६ वर्षीय सन्तबहादुर कुमालले मापसे सेवन गरी तीन महिनाका छोरा सुवास कुमाललाई भुइँमा पछारेर शिशुको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी ...
:अख्तियार दुरूपयोग अनुसन्धान आयोगले राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका तत्कालीन उपकूलपति प्रा.डा. संगिता सिंह भण्डारीसमेत १९ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ। सीटी स्क्यान मेसिन खरिदमा अनियमितता भएको ठहर गर्दै १९ जना व्यक्ति र एक कम्पनीविरुद्ध बिहीबार विशेष अदालत काठमाडौंमा आरोप पत्र दायर भएको हो। अख्तियारका अनुसार प्रतिष्ठानका तत्कालीन उपकूलपति भण्डारी,तत्कालीन कामु रजिष्ट्रार कैलाश प्रसाद देव,निर्देशक डा.सागर ...
: नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले जेनजी आन्दोलनपछि पार्टीलाई रुपान्तरण गरेर अघि बढाउन सफल भएको बताएका छन्। बिहीबार काठमाडौंमा आयोजित कांग्रेस रामेछापको निर्वाचन केन्द्रित कार्यक्रममा उपसभापति शर्माले पार्टीको नेतृत्व चयनदेखि उम्मेदवार छनौटसम्म पुग्दा पार्टीलाई रुपान्तरण गरेर अघि बढाउन सफल भएको दावी गरे। प्रतिनिधिसभा निर्वाचनअघि कांग्रेसभित्रको आन्तरिक असन्तुष्टिमा अल्झने छुट कसैलाई नरहेको उनले बताए। उनले अघिल्लो निर्वाचनको ...
: भारत सरकारले नेपाललाई २ सय २० वटा सवारी साधनहरू प्रदान गरेको छ । निर्वाचनका लागि नेपाल सरकारको आग्रह अनुसार भारत सरकारले दोस्रो लटमा उक्त सवारी साधनहरू हस्तान्तरण गरेको हो । बिहीबार अर्थमन्त्रालयमा नेपालका लागि भारतका कार्यवाहक राजदूत डा.राकेश पाण्डेले सवारी साधनहरूको साँचो हस्तान्तरण गरेका थिए। अर्थमन्त्री रामेश्वर खनालले नेपालको आग्रह अनुसार भारत सरकारले निर्वाचनका लागि ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम