मुख्य समाचार
रवि लामिछानेमाथिको अभियोग संशोधन गर्ने निर्णय लागू गर्न तत्कालका लागि ‘अस्वीकार’
रवि लामिछानेमाथिको अभियोग संशोधन गर्ने निर्णय लागू गर्न तत्कालका लागि ‘अस्वीकार’

: जिल्ला अदालत रुपन्देहीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेमाथिको अभियोग संशोधन गर्ने निर्णय लागू गर्न तत्कालका लागि ‘अस्वीकार’गरेको छ । रुपन्देहीमा ०८१ माघ ६ गते लामिछानेसमेतविरुद्ध पुरक मुद्दा अभियोगपत्रमार्फत सहकारी ठगी र संगठित अपराधको मुद्दा दायर भएको थियो । महान्यायाधिवक्ताको कार्यालयले लामिछाने, गितेन्द्रबाबु राई (जिबि राई) समेतविरुद्ध विभिन्न अदालतमा दायर भएको सम्पत्ति शुद्धीकरण र संगठित अपराध मुद्दाको अभियोग पत्र संशोधन गर्ने निर्णय गरेको थियो ।


जसअनुसार गत माघ ४ गते जिल्ला सरकारी वकिल कार्यालय रुपन्देहीले मुलुकी फौजदारी कार्यविधि संहिताको दफा ३६ बमोजिम अभियोगपत्र संशोधन गरी पाउँ सम्बन्धमा जिल्ला अदालत रुपन्देहीमा अभियोग पत्र संशोधनका लागि निवेदन दर्ता गराएको थियो ।


गत माघ ६ गते निवेदन उपर सुनुवाई गर्दै जिल्ला अदालत रुपन्देहीका न्यायाधीश श्यामलाल घिमिरेको इजलासले सर्वोच्च अदालतमा दर्ता रिटमा विचाराधीन रहेकाले उक्त रिटमा अन्तरिम आदेश सम्बन्धमा टुङ्गो लागेपछि मात्रै निवेदन पेश गर्ने आदेश गरेको जिल्ला अदालत रुपन्देही तहसिलदार कृष्णप्रसाद पौडेलले बताए ।


लामिछानेमाथिको अभियोग संशोधन गर्ने महान्यायाधिवक्ता कार्यालयको निर्णयविरुद्धको रिट सर्वोच्च अदालतमा विचाराधीन अवस्थामा छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: निर्वाचन आयोगले राजनीतिक दल, उम्मेदवार र संस्थासमेत गरी २१ वटा स्पष्टीकरण सोधेको छ। आयोगले बुधबारसम्म २१ वटा स्पष्टीकरण सोधेकोमा पाँचवटाको मात्र जवाफ आएको जनाएको छ। निर्वाचन आचारसंहिता, २०८२ को दफा २६ बमोजिमको केन्द्रीय आचारसंहिता अनुगमन समितिमा प्राप्त उजुरी र जानकारीका आधारमा स्पष्टीकरण सोधिएको र बाँकी जवाफका लागि ताकेता भइरहेको आयोगले जनाएको छ। त्यस्तै निर्वाचन ...
: गुल्मीमा तीन महिने शिशुको हत्या गरिएको छ। जिल्लाको इस्मा गाउँपालिका–२, छल्दीटारमा मादक पदार्थ सेवन गरी आफ्नै तीन महिनाको नाबालक छोराको आफ्नै बाबुले हत्या गरेको खुलेको छ। गएराति करिब ८ बजेको समयमा ४६ वर्षीय सन्तबहादुर कुमालले मापसे सेवन गरी तीन महिनाका छोरा सुवास कुमाललाई भुइँमा पछारेर शिशुको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी ...
:अख्तियार दुरूपयोग अनुसन्धान आयोगले राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका तत्कालीन उपकूलपति प्रा.डा. संगिता सिंह भण्डारीसमेत १९ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ। सीटी स्क्यान मेसिन खरिदमा अनियमितता भएको ठहर गर्दै १९ जना व्यक्ति र एक कम्पनीविरुद्ध बिहीबार विशेष अदालत काठमाडौंमा आरोप पत्र दायर भएको हो। अख्तियारका अनुसार प्रतिष्ठानका तत्कालीन उपकूलपति भण्डारी,तत्कालीन कामु रजिष्ट्रार कैलाश प्रसाद देव,निर्देशक डा.सागर ...
: प्रहरीले लुटपाटमा संलग्न गिरोहलाई पक्राउ गरेको छ। कागेश्वरी मनहरा नगरपालिका- ६, मूलपानीमा सुनको गरगहना लुटपाट गर्ने (स्न्याचिङ गर्ने ग्रुप) समूहलाई प्रहरीले पक्राउ गरेको हो। जिल्ला प्रहरी परिसर काठमाडौंले बिहीबार पत्रकार सम्मेलन गरेर संगठित रूपमा लुटपाट गर्ने १० जनालाई पक्राउ गरेको जानकारी दिएको छ। उक्त समूह जेनजी आन्दोलनपछि बनेको प्रहरीको अनुसन्धानबाट खुलेको छ। काठमाडौंका एसएसपी रमेश ...
: नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले जेनजी आन्दोलनपछि पार्टीलाई रुपान्तरण गरेर अघि बढाउन सफल भएको बताएका छन्। बिहीबार काठमाडौंमा आयोजित कांग्रेस रामेछापको निर्वाचन केन्द्रित कार्यक्रममा उपसभापति शर्माले पार्टीको नेतृत्व चयनदेखि उम्मेदवार छनौटसम्म पुग्दा पार्टीलाई रुपान्तरण गरेर अघि बढाउन सफल भएको दावी गरे। प्रतिनिधिसभा निर्वाचनअघि कांग्रेसभित्रको आन्तरिक असन्तुष्टिमा अल्झने छुट कसैलाई नरहेको उनले बताए। उनले अघिल्लो निर्वाचनको ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम