: बिरुवा गाउँपालिका–१ स्थित गरिमा विकास बैंकका सुरक्षा गार्डमाथि चक्कु प्रहार गरी घाइते बनाउने महेन्द्रनारायण श्रेष्ठ पक्राउ परेका छन्।
माघ १३ गते बिहान बैंकमा ड्युटीमा रहेका ४६ वर्षीय शेरबहादुर थापामाथि श्रेष्ठले शरीरका विभिन्न भागमा चक्कु प्रहारगरी घाइते बनाएको प्रहरीले जनाएको छ।
खोजतलासका क्रममा भोलिपल्टै आरोपीलाई बिरुवा बजारबाट नियन्त्रणमा लिएको प्रहरी नायब उपरीक्षक प्रसन्नराज चौधरीले जानकारी दिए।
श्रेष्ठलाई ज्यान मार्ने उद्योग कसूरमा जिल्ला अदालतबाट ७ दिनको म्याद थप अनुमति लिई थप अनुसन्धान प्रक्रिया अगाडि बढाइएको प्रहरीले जनाएको छ। घाइतेको उपचार भइरहेको छ।