: नेपाली कांग्रेसले आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गरी तत्काल कम्तीमा १२ वटा समिति गठन गर्न परिपत्र गरेको छ। पार्टी उपसभापति तथा केन्द्रीय निर्वाचन परिचालन समितिका संयोजक विश्वप्रकाश शर्माले बुधबार अधिकांश ठाउँमा समिति गठन भइसकेको र बाँकी रहेको ठाउँमा अविलम्ब गठन गर्न परिपत्र गरेका हुन्।
समिति संयोजक शर्माले 'विजय अभियान ' व्यवस्थित बनाउनका लागि आवश्यक समिति गठन गर्न ७ प्रदेश,७७ जिल्ला र १६५ वटा निर्वाचन क्षेत्रका सभापतिहरूलाई निर्देशन दिएका हुन्।
उनले विभिन्न १२ वटा समिति तथा उपसमिति गठन गरी केन्द्रीय कार्यालयमा विवरण पठाउन समेत आग्रह गरेका छन्।
प्रतिनिधिसभा सदस्य निर्वाचन फागुन २१ गते हुँदैछ।