मुख्य समाचार
श्रीमतीको योजनामा श्रीमान् र सासुको धारिलो हतियार प्रहार गरी हत्या
श्रीमतीको योजनामा श्रीमान् र सासुको धारिलो हतियार प्रहार गरी हत्या

— परवानीपुर गाउँपालिका–१ रहरीयाडिह गाउँमा बुधबार मध्यराति श्रीमतीको योजनामा श्रीमान् र सासुको धारिलो हतियार प्रहार गरी हत्या गरिएको खुलेको छ ।

श्रीमती मनिताको योजनामा उनका २७ वर्षीय श्रीमान् रामेश्वर महतो मण्डल र ४८ वर्षीय सासु सुमित्राको हत्या भएको हो । मनिता घरबाटै पक्राउ परेपछि उनकै योजनामा दुवैको हत्या भएको प्रहरीको प्रारम्भिक अनुसन्धानले खुलेको हो। दुवैको घटनास्थलमै मृत्यु भएको हो ।

घटनामा मनिताकी अविवाहित २० वर्षीया नन्द रीना कुमारी मण्डल र उनका ५४ वर्षीय ससुरा जगरुप महतो प्रतिकारको क्रममा गम्भीर घाइते भई परवानीपुर एलएस न्युरो अस्पतालमा उपचाररत छन् । हत्याको आरोपमा प्रहरीले प्रसौनी गाउँपालिका–७ बन्जरिया गाउँका २७ वर्षीय धर्मेन्द्र महतोलाईसमेत वीरगन्जबाट पक्राउ गरी अनुसन्धान थालेको छ ।

धर्मेन्द्र पनि वैदेशिक रोजगारीबाट केही महिनाअघि घर आएका थिए । ‘प्रारम्भिक अनुसन्धानले मनिताको योजनामा प्रेमी धर्मेन्द्रसहितका केहीसँग मिलेर हत्या गराएकी हुन्,’ प्रहरी उपरीक्षक नरेन्द्र कुँवरले भने, ‘घटनाबारे थप सूक्ष्म अनुसन्धान भइरहेको छ ।’ घटनाको पृष्ठभूमिसहित थप अनुसन्धान भइरहेको उनले बताए। ‘मनिता र धर्मेन्द्रबीचको सम्बन्धबारे अझै गहिरो रूपमा बुझ्दै छौँ,’ उनले भने । धर्मेन्द्र मनिता माइतीको छिमेकी गाउँका हुन् । मनिताको घर रहरीयाडिह र माइती गाउँ बन्जरिया छिमेकी गाउँ हुन् ।

मनिताकी मृतक सासु सुमित्रा र ससुरा जगरुपका तीन छोरी र एक छोरा छन् । दुई छोरीको विवाह भइसकेको र एक छोरी रीना (घाइते) अविवाहित भएकाले घरमै थिए। उही एक छोरा रामेश्वर र उनकी सासु सुमित्राको हत्या भएको हो । योजना बनाएर हत्या गराएकी मनिता (पक्राउ परेकी) घरकी एकलौती बुहारी हुन् । पक्राउ परेकी मनिताकी आफन्त बचियाका अनुसार मनिता गत साउनदेखि न घर न माइतीमा थिइन् ।

गत साउनदेखि दुई छोरी घरमै छाडेर काठमाडौंमा बस्दै आएकी थिइन् । पछि खोजतलास गरेर गत मंसिरमा घरमा ल्याइएको थियो । मनिताका श्रीमान् दुई वर्ष रोजगारीको सिलसिलामा मलेसिया बसेर डेढ वर्षअघि घर फर्की फेरि विदेश जाने योजनामा रहेका बेला घरमा यस्तो बज्रपात परेको उनले बताइन् । बचिया मनिताकी छिमेकी हुन् ।

‘घरको पछाडि रहेको बारी र बाँसघारी भएर पछाडिको खोलेको ढोकाबाट प्रवेश गरी हत्या गरिएको छ,’ बचियाले भनिन्, ‘घरमा धारिलो हतियार प्रहार हुन थालेपछि मृतक रामेश्वरका ५ वर्षीय भान्जा चिच्याउँदै पछाडिको ढोकाबाट बारी हुँदै दुई घरको भित्ताबीचको गल्लीबाट आफ्नो घरको मूल सडकतर्फको ढोकामा आएका रहेछन्, उसले भने अनुसार जाँदा सडकतर्फको ढोका बन्द र पछाडिको ढोका खुलेको रहेछ । बारी, शौचालय, चापाकलतिर रगताम्य थियो ।’

पछाडिको ढोकातर्फ लछारपछार र महिलाको टाउकोको कपाल, मदिराको बोतल देखिएको छ । ‘आफू होहल्ला गर्दै घर पसेपछि कोही मरिसकेको, कोही घाइते भएको देखेँ । मनितालाई केही भएको रहेनछ । हत्या गर्न आएका भागिसकेका रहेछन्,’ उनले भनिन्। बचियाकाअनुसार मनिताले सुतेकी सासुलाई उठाएर शौचका लागि पछाडिको ढोका खोलेर गएकी थिइन् । त्यहीँ बेला घटना भएको हो ।



मनिताकी सासुको हत्या घर पछाडिको बारीतिर र श्रीमानको हत्या घरभित्रै भएको प्रहरीले जनाएको छ । मध्यम परिवारकी मनिताका श्रीमान् बोरा उद्योगमा कार्यरत थिए । उनका घाइते ससुरा तरकारी बिक्री गर्दै आएका थिए ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
— उम्मेदवार र राजनीतिक दलले निर्वाचन आचारसंहिता विपरीत सप्तरीको राजविराज नगरपालिकाका चोक–चोकमा लगाएका तथा टाँगेका चुनाव चिन्ह उल्लेखित तोरणसहितका सामग्री हटाइएको छ। निर्वाचन आचारसंहिता उल्लंघन गरेर सार्वजनिक स्थलहरुमा तोरणसहितका सामग्री टाँगेको पाइएपछि जिल्ला आचारसंहिता अनुगमन समितिले गत मंगलबार बैठक राखेको थियो। ती बैठकमा उम्मेदवार तथा दलका प्रतिनिधिले आचारसंहिता विपरितलगायका ती सामग्री हटाउने सहमति पनि जनाएका थिए। तर, ...
— गुल्मीमा आफ्नै बाबुद्वारा तीन महिने शिशुको हत्या भएको छ । इस्मा गाउँपालिका-३ छल्दीटारमा ४६ वर्षीय सन्तबहादुर कुमालले तीन महिने शिशु सुवास कुमाललाई भुइँमा पछारेर हत्या गरेको जिल्ला प्रहरी कार्यालय गुल्मीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक गंगाबहादुर सारुले जानकारी दिए । उनका अनुसार मापसे गरेर बुबाले आफ्नै तीन महिनाको शिशु छोरा सुवास कुमालकाे बिहान साढे ९ ...
— काठमाडौंको दरबारमार्गस्थित होटल वुडल्यान्डको माथिल्लो तलामा लागेको आगो नियन्त्रणमा आएको छ । होटल सञ्चालकहरूका अनुसार बिहान ९ बजेतिर आगलागी भएको थियो । होटलको माथिल्लो तल्लामा आगलागी भएको प्रत्यक्षदर्शीले बताएका छन् । प्रहरीले विजुली सट आएर आगलागी भएको हुनसक्ने प्रारम्भिक अनुमान गरेको छ । काठमाडौं प्रहरी परिसरका डीएसपी कौशल बुढाथोकीका अनुसार आगलागी नियन्त्रणमा लिन काठमाडौं र ललितपुर महानगरपालिकासहित ...
— घोराही उपमहानगरपालिका देशकै पहिलो लैंगिक हिंसा नियन्त्रित पालिका घोषणा भएको छ । घोराही उपमहानगरपालिकाले लैंगिक हिंसा नियन्त्रित नगर घोषणासम्बन्धी कार्यविधि २०८१ मा व्यवस्था भएअनुसार २६ चरण र ३२ वटा सूचक पूरा गरी बिहीबार लैंगिक हिंसा नियन्त्रित नगर घोषणा गरिएको हो । जिल्ला समन्वय समिति र प्रदेश सरकारले अनुगमन गरी लैंगिक हिंसा नियन्त्रित घोषणाका सबै प्रक्रिया, ...
— काठमाडौं महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोल सहरी सरसफाइ र स्वच्छता कायम गराउने दायित्वमा गल्ती गर्ने छुट कसैलाई नभएको बताएकी छिन् । सहरका सडक, सडककिनारा, ढल प्रणाली, पार्क, गल्ली, चोक र घरका ढोकामा कतै पनि फोहोरका पोका थुप्रिएको अवस्था हुन नहुने डंगोलले जनाएकी हुन्। काठमाडौं महानगरपालिका भित्रको फोहर संकलन, वर्गीकरण र ढुवानी गर्ने निजी क्षेत्रका प्रतिनिधिहरूसँग ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम