मुख्य समाचार
ईरानी विदेशमन्त्री अब्बास अराग्चीले अमेरिकाविरुद्ध प्रत्याक्रमणका लागि ईरानी सेना तयारी अवस्थामा रहेको बताए
ईरानी विदेशमन्त्री अब्बास अराग्चीले अमेरिकाविरुद्ध प्रत्याक्रमणका लागि ईरानी सेना तयारी अवस्थामा रहेको बताए

— ईरानी विदेशमन्त्री अब्बास अराग्चीले अमेरिकाविरुद्ध प्रत्याक्रमणका लागि ईरानी सेना तयारी अवस्थामा रहेको बताएका छन् ।

उनले कुनै पनि सम्भावित आक्रमणको जवाफ तत्कालै र शक्तिशाली ढंगले दिइने बताएका छन् । ‘ हाम्रो प्यारो भूमी, आकाश र समुद्रमा हुने कुनै पनि आक्रमणविरुद्ध तत्कालै र शक्तिशाली जवाफ फर्काउनका लागि हाम्रा बहादुर सैनिकहरु तयार छन् । उनीहरुको औंला ट्रिगरमा छ,’ सामाजिक सञ्जालमा उनले बुधबार साँभ लेखेका छन् ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ईरानमाथि सैन्य कारबाही गर्ने धम्की दोहोर्‍याएको केही घण्टाभित्रै अराग्चीले यस्तो जवाफ फर्काएका हुन् ।

इरानले गत वर्ष जुनमा इजरायलको १२ दिने युद्धबाट ठूलो पाठ सिकेको पनि उनले बताए । त्यस दौरान पनि अमेरिकाले इजरायललाई सघाउँदै इरानी आणविक केन्द्रहरूमा आक्रमण गरेको थियो ।


'१२ दिने युद्धबाट सिकेका मूल्यवान पाठहरूले हामीलाई झन् बलियो, तीव्र र गहिरो प्रतिक्रिया दिन सक्षम बनाएको छ,' अराग्चीले भने ।

अमेरिकाले पछिल्लो समय सरकारविरोधी प्रदर्शनमाथि दमन गरेको भन्दै इरानमाथि दबाब बढाइरहेको छ । केही दिनअघि उसले आर्माडासहित विध्वंशकहरु अरेबियन सागरमा ईरान सामुन्ने लगेर राखेको छ ।



‘इरानतर्फ विशाल नौसेना समूह अघि बढिरहेको छ,’ ट्रम्पले आफ्नो ट्रुथ सोसल प्लेटफर्ममा लामो पोस्टमा लेखेका छन्, “यो समूह तुरुन्त आफ्नो मिसन पूरा गर्न तयार, इच्छुक र समर्थ छ ।’

अमेरिकी राष्ट्रपतिले थपे, ‘आशा छ इरानले चाँडै निष्पक्ष र सर्वस्विकार्य सम्झौता गर्नेछ । कुनै आणविक हतियार नराख्ने सम्झौता गर्नेछ । यो सम्झौता निकै महत्वपूर्ण छ किनकी समय सकिदैंछ । मैले ईरानलाई पहिले पनि सम्झौता गर भनेकै थिएँ ।’

गत २८ डिसेम्बरदेखि ईरानमा चलिरहेको सरकार विरोधी आन्दोलनका क्रममा ठूलो संख्यामा मानिसहरुले ज्यान गुमाइसकेका छन् । ट्रम्पले आन्दोलनकारीमाथि दमन नगर्न पटक–पटक ईरान सरकारलाई चेतावनी दिइरहेका छन् । उनले सैन्य हस्तक्षेप गर्ने धम्की पनि दिइरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
— थाईल्याण्डका राजपरिवार सदस्य सिनेनाथ बिलासकल्यानी बुद्ध जन्मस्थल लुम्बिनी आउँदैछिन्। भारतका विभिन्न बौद्ध तीर्थस्थलमा पूजाआजा गरी बिहीबार अपरान्ह ४ बजे भैरहवाको बेलहिया नाका हुँदै उनी नेपाल प्रवेश गर्ने कार्यक्रम छ। ४१ वर्षे उनी बिहीबार लुम्बिनी आएर यहाँ रहेको रोयल थाई मोनाष्ट्रीमा बस्ने कार्यक्रम छ । साँझ उनले थाई विहारमा पूजाआजा गर्ने कार्यक्रम रहेको लुम्बिनीस्थित थाई मोनाष्ट्रीका प्रमुख ...
। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दक्षिण कोरियाली सामानको आयातमा लाग्ने भन्सार शुल्क वृद्धि गर्ने घोषणा गरेका छन् । १५ प्रतिशतबाट बढाएर भन्सार शुल्क २५ प्रतिशत पुर्‍याउने ट्रम्पको घोषणा छ । दक्षिण कोरियाली व्यवस्थापिकाले गत वर्ष वासिङ्टनसँग भएको व्यापार सम्झौता अनुमोदन गर्न ढिलाइ गरेको भन्दै ट्रम्पले यो कदम चालेका हुन् । सामाजिक सञ्जाल ट्रुथ सोसलमार्फत निर्णय सार्वजनिक गर्दै ट्रम्पले ...
। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानको परमाणु कार्यक्रमलाई लिएर सम्झौता गर्न ‘समय सकिँदै गएको’ भन्दै आक्रमण भयावह हुनसक्ने धम्की दिएका छन् । खाडी क्षेत्रमा अमेरिकी सैन्य शक्ति क्रमश: बढ्दै गएको सन्दर्भमा उनले इरानलाई तत्काल वार्तामा आउन आग्रह पनि गरेका छन् । ट्रम्पले अमेरिकाको ठूलो नौसैनिक टोली इरानतर्फ अघि बढिरहेको जानकारी पनि दिएका छन् । यो सैन्य ...
— दक्षिण कोरियाका पूर्वराष्ट्रपति युन सुक योलकी पत्नी किम केओन हीलाई २० महिनाको जेल सजाय भएको छ। विवादास्पद युनिफिकेसन चर्चबाट घुस लिएको अभियोगमा पूर्वप्रथम महिला समेत रहेकी उनलाई बुधबार सियोल केन्द्रीय जिल्ला अदालतले सजाय फैसला सुनाएको बीबीसीले जनाएको छ। ५२ वर्षीया किमले युनिफिकेसन चर्चबाट करिब ५६ हजार अमेरिकी डलर बराबरका उपहार प्राप्त गरेकी थिइन्। उनले लिएको उपहारमा ...
— रुसले युक्रेनको उत्तरीपूर्वी खार्किभ क्षेत्रमा मंगलबार यात्रुवाहक रेलमा ड्रोन आक्रमण गर्दा कम्तीमा ५ जना मारिएका छन् । त्यस्तै केही व्यक्ति घाइते भएका छन् । स्थानीय अधिकारीहरूका अनुसार २०० भन्दा बढी यात्रु यस रेलमा सवार थिए । रेलको एउटा डिब्बामा ड्रोन आक्रमण भएको थियो भने अन्य दुई ड्रोन रेल नजिकै पड्किएका थिए । उक्त डिब्बामा १८ ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम