मुख्य समाचार
घोराही उपमहानगरपालिका देशकै पहिलो लैंगिक हिंसा नियन्त्रित पालिका घोषणा
घोराही उपमहानगरपालिका देशकै पहिलो लैंगिक हिंसा नियन्त्रित पालिका घोषणा

— घोराही उपमहानगरपालिका देशकै पहिलो लैंगिक हिंसा नियन्त्रित पालिका घोषणा भएको छ । घोराही उपमहानगरपालिकाले लैंगिक हिंसा नियन्त्रित नगर घोषणासम्बन्धी कार्यविधि २०८१ मा व्यवस्था भएअनुसार २६ चरण र ३२ वटा सूचक पूरा गरी बिहीबार लैंगिक हिंसा नियन्त्रित नगर घोषणा गरिएको हो ।

जिल्ला समन्वय समिति र प्रदेश सरकारले अनुगमन गरी लैंगिक हिंसा नियन्त्रित घोषणाका सबै प्रक्रिया, चरण र सूचकहरू पूरा गरेको पाइएपछि घोषणाको आधार तयार भएको हो । घोराहीमा ०.०१ प्रतिशत मात्र हिंसाका घटना दर्ज भएका थिए ।

लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले नगर प्रमुख नरूलाल चौधरी र उपप्रमुख हुमाकुमारी डीसीलाई लैंगिक हिंसा नियन्त्रित नगर घोषणाको प्रमाणपत्र प्रदान गरी औपचारिक रूपमा घोषणा गरेका हुन् ।

कार्यक्रमलाई सम्बोधन गर्दै आचार्यले घोराहीले गरेको काम ठूलो सामाजिक उपलब्धि र स्थानीय सरकारको नमुना काम भएको बताए । यस घोषणाले समाजमा लैंगिक हिंसा न्यूनीकरणका लागि सकारात्मक सन्देश प्रवाह गर्ने विश्वास पनि उनले व्यक्त गरे ।

सार्वजनिक वा निजी जीवनमा लिंगका आधारमा कसैप्रति शारीरिक, मानसिक, यौनजन्य, सामाजिक, सांस्कृतिक, आर्थिक वा राजनीतिक रूपमा विभेदपूर्ण व्यवहार, पीडाजन्य वा धम्कीपूर्ण व्यवहार, दबाब, करकाप वा स्वेच्छाचारी रूपमा कसैलाई स्वतन्त्रताको उपभोग गर्नबाट वञ्चित गर्ने कार्यलाई लैंगिक हिंसा भनिन्छ ।

उपमहानगरपालिकास्तरमा लैंगिक हिंसा नियन्त्रित कार्यान्वयन गर्न नगर प्रमुखको अध्यक्षतामा र वडामा वडा अध्यक्षको अध्यक्षतामा लैंगिक हिंसा नियन्त्रित समितिहरू गठन भई क्रियाशील छन् । उपममहानगर, वडा कार्यालय, विद्यालय, स्वास्थ्य संस्था र टोल विकास संस्थामा लैंगिक हिंसाविरुद्धको फोकल पर्सन व्यवस्था गरी लैंगिक हिंसा न्यूनीकरणका लागि नियमित कामहरू गरिरहेको महिला, बालबालिका तथा सामाजिक विकास शाखा प्रमुख मोतीकुमारी विश्वकर्माले बताइन् ।

टोल विकास संस्थाहरूले लैंगिक हिंसा नियन्त्रणका लागि उपसमिति गठन गरी नियमित बैठक र साप्ताहिक सरसफाइ लगायतका कार्यक्रममा लैंगिक हिंसाविरुद्ध सचेतनामूलक छलफल तथा समीक्षा गर्ने गरेको उनले बताइन् ।



लैंगिक हिंसा नियन्त्रित नगर कायम गर्न विभिन्न सरोकारवाला निकायहरूले प्रतिबद्धता-पत्रमा हस्ताक्षर गरी यस अभियानको दिगोपनाका लागि सहयोग र सहकार्य गरेका छन् । लैंगिक हिंसा नियन्त्रित नगर घोषणाले सबै किसिमको असमानता, विभेदकारी सोच र संरचनाहरूलाई रूपान्तरण गर्दै समतामूलक समाज निर्माणमा सहयोग पुग्ने जिल्ला समन्वय समिति प्रमुख नित्यानन्द शर्माले बताए ।

२०७८ सालको राष्ट्रिय जनगणना अनुसार घोराही उपमहानगरपालिकामा ४९ हजार ७ सय ६१ घरधुरी छन् । यहाँको कूल जनसंख्या २ लाख ५ सय ३० रहेको छ । जसमा ४६.८ प्रतिशत पुरुष र ५३.२ प्रतिशत महिला छन् । घोराही २०७८ चैत २३ मा संघीय शासन व्यवस्थापछिको देशकै पहिलो बालमैत्री उपमहानगर घोषणा भएको थियो ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
— परवानीपुर गाउँपालिका–१ रहरीयाडिह गाउँमा बुधबार मध्यराति श्रीमतीको योजनामा श्रीमान् र सासुको धारिलो हतियार प्रहार गरी हत्या गरिएको खुलेको छ । श्रीमती मनिताको योजनामा उनका २७ वर्षीय श्रीमान् रामेश्वर महतो मण्डल र ४८ वर्षीय सासु सुमित्राको हत्या भएको हो । मनिता घरबाटै पक्राउ परेपछि उनकै योजनामा दुवैको हत्या भएको प्रहरीको प्रारम्भिक अनुसन्धानले खुलेको हो। दुवैको घटनास्थलमै ...
— उम्मेदवार र राजनीतिक दलले निर्वाचन आचारसंहिता विपरीत सप्तरीको राजविराज नगरपालिकाका चोक–चोकमा लगाएका तथा टाँगेका चुनाव चिन्ह उल्लेखित तोरणसहितका सामग्री हटाइएको छ। निर्वाचन आचारसंहिता उल्लंघन गरेर सार्वजनिक स्थलहरुमा तोरणसहितका सामग्री टाँगेको पाइएपछि जिल्ला आचारसंहिता अनुगमन समितिले गत मंगलबार बैठक राखेको थियो। ती बैठकमा उम्मेदवार तथा दलका प्रतिनिधिले आचारसंहिता विपरितलगायका ती सामग्री हटाउने सहमति पनि जनाएका थिए। तर, ...
— गुल्मीमा आफ्नै बाबुद्वारा तीन महिने शिशुको हत्या भएको छ । इस्मा गाउँपालिका-३ छल्दीटारमा ४६ वर्षीय सन्तबहादुर कुमालले तीन महिने शिशु सुवास कुमाललाई भुइँमा पछारेर हत्या गरेको जिल्ला प्रहरी कार्यालय गुल्मीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक गंगाबहादुर सारुले जानकारी दिए । उनका अनुसार मापसे गरेर बुबाले आफ्नै तीन महिनाको शिशु छोरा सुवास कुमालकाे बिहान साढे ९ ...
— काठमाडौंको दरबारमार्गस्थित होटल वुडल्यान्डको माथिल्लो तलामा लागेको आगो नियन्त्रणमा आएको छ । होटल सञ्चालकहरूका अनुसार बिहान ९ बजेतिर आगलागी भएको थियो । होटलको माथिल्लो तल्लामा आगलागी भएको प्रत्यक्षदर्शीले बताएका छन् । प्रहरीले विजुली सट आएर आगलागी भएको हुनसक्ने प्रारम्भिक अनुमान गरेको छ । काठमाडौं प्रहरी परिसरका डीएसपी कौशल बुढाथोकीका अनुसार आगलागी नियन्त्रणमा लिन काठमाडौं र ललितपुर महानगरपालिकासहित ...
— काठमाडौं महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोल सहरी सरसफाइ र स्वच्छता कायम गराउने दायित्वमा गल्ती गर्ने छुट कसैलाई नभएको बताएकी छिन् । सहरका सडक, सडककिनारा, ढल प्रणाली, पार्क, गल्ली, चोक र घरका ढोकामा कतै पनि फोहोरका पोका थुप्रिएको अवस्था हुन नहुने डंगोलले जनाएकी हुन्। काठमाडौं महानगरपालिका भित्रको फोहर संकलन, वर्गीकरण र ढुवानी गर्ने निजी क्षेत्रका प्रतिनिधिहरूसँग ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम