मुख्य समाचार
भक्तपुरको कमलविनायकमा सवारी दुर्घटना हुँदा एकको मृत्यु
भक्तपुरको कमलविनायकमा सवारी दुर्घटना हुँदा एकको मृत्यु

— भक्तपुरको कमलविनायक बसपार्क नजिकै भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन्।

बुधबार राति कमलविनायकबाट च्यामासिंहतर्फ आउँदै गरेको बा ५५ प १७४५ नम्बरको मोटरसाइकल अनियन्त्रित भइ लड्दा सोही दिशाबाट आउँदै गरेको बागमती प्रदेश ०२–०२० प ११६८ नम्बरको स्कुटरसँग ठोक्किएको थियो।

त्यसपछि विपरीत दिशाबाट आउँदै गरेको प्रदेश ३–०१–००३ क ६२९१ नम्बरको टिपरले स्कुटरलाई ठक्कर दिएको जिल्ला प्रहरी कार्यालय भक्तपुरका प्रमुख प्रहरी उपरीक्षक सूर्यबहादुर खड्काले जानकारी दिए।

दुर्घटनामा परेर स्कुटर चालक भक्तपुर नगरपालिका वडा नं.८ निवासी वर्ष २६ का बिमल वनमाला गम्भीर घाइते भएका थिए। उनलाई उपचारका लागि भक्तपुर अस्पताल लगिएको थियो। टाउकोमा गम्भीर चोट लागको उनको उपचारकै क्रममा मत्यु भएको प्रहरीले जनाएको छ ।

त्यसैगरी मोटरसाइकल चालक भक्तपुर नगरपालिका वडा नं. ७ इनाचोका २४ वर्षीय का राजेश वनमाला घाइते भएका छन्। उनको ललितपुरस्थित बी एन्ड बी अस्पताल उपचार भइरहेको छ ।

दुर्घटनापछि फरार रहेका टिपर चालक सिन्धुपाल्चोकका २५ वर्षीय राजकुमार माझीलाई प्रहरीले नियन्त्रणमा लिएको छ। दुर्घटनामा परेका तीनवटै सवारी साधन हाल प्रहरी वृत्त जगातीका राखिएको छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
— परवानीपुर गाउँपालिका–१ रहरीयाडिह गाउँमा बुधबार मध्यराति श्रीमतीको योजनामा श्रीमान् र सासुको धारिलो हतियार प्रहार गरी हत्या गरिएको खुलेको छ । श्रीमती मनिताको योजनामा उनका २७ वर्षीय श्रीमान् रामेश्वर महतो मण्डल र ४८ वर्षीय सासु सुमित्राको हत्या भएको हो । मनिता घरबाटै पक्राउ परेपछि उनकै योजनामा दुवैको हत्या भएको प्रहरीको प्रारम्भिक अनुसन्धानले खुलेको हो। दुवैको घटनास्थलमै ...
— उम्मेदवार र राजनीतिक दलले निर्वाचन आचारसंहिता विपरीत सप्तरीको राजविराज नगरपालिकाका चोक–चोकमा लगाएका तथा टाँगेका चुनाव चिन्ह उल्लेखित तोरणसहितका सामग्री हटाइएको छ। निर्वाचन आचारसंहिता उल्लंघन गरेर सार्वजनिक स्थलहरुमा तोरणसहितका सामग्री टाँगेको पाइएपछि जिल्ला आचारसंहिता अनुगमन समितिले गत मंगलबार बैठक राखेको थियो। ती बैठकमा उम्मेदवार तथा दलका प्रतिनिधिले आचारसंहिता विपरितलगायका ती सामग्री हटाउने सहमति पनि जनाएका थिए। तर, ...
— गुल्मीमा आफ्नै बाबुद्वारा तीन महिने शिशुको हत्या भएको छ । इस्मा गाउँपालिका-३ छल्दीटारमा ४६ वर्षीय सन्तबहादुर कुमालले तीन महिने शिशु सुवास कुमाललाई भुइँमा पछारेर हत्या गरेको जिल्ला प्रहरी कार्यालय गुल्मीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक गंगाबहादुर सारुले जानकारी दिए । उनका अनुसार मापसे गरेर बुबाले आफ्नै तीन महिनाको शिशु छोरा सुवास कुमालकाे बिहान साढे ९ ...
— काठमाडौंको दरबारमार्गस्थित होटल वुडल्यान्डको माथिल्लो तलामा लागेको आगो नियन्त्रणमा आएको छ । होटल सञ्चालकहरूका अनुसार बिहान ९ बजेतिर आगलागी भएको थियो । होटलको माथिल्लो तल्लामा आगलागी भएको प्रत्यक्षदर्शीले बताएका छन् । प्रहरीले विजुली सट आएर आगलागी भएको हुनसक्ने प्रारम्भिक अनुमान गरेको छ । काठमाडौं प्रहरी परिसरका डीएसपी कौशल बुढाथोकीका अनुसार आगलागी नियन्त्रणमा लिन काठमाडौं र ललितपुर महानगरपालिकासहित ...
— घोराही उपमहानगरपालिका देशकै पहिलो लैंगिक हिंसा नियन्त्रित पालिका घोषणा भएको छ । घोराही उपमहानगरपालिकाले लैंगिक हिंसा नियन्त्रित नगर घोषणासम्बन्धी कार्यविधि २०८१ मा व्यवस्था भएअनुसार २६ चरण र ३२ वटा सूचक पूरा गरी बिहीबार लैंगिक हिंसा नियन्त्रित नगर घोषणा गरिएको हो । जिल्ला समन्वय समिति र प्रदेश सरकारले अनुगमन गरी लैंगिक हिंसा नियन्त्रित घोषणाका सबै प्रक्रिया, ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम