मुख्य समाचार
दक्षिण कोरियाली सामानको आयातमा लाग्ने भन्सार शुल्क वृद्धि गर्ने घोषणा
दक्षिण कोरियाली सामानको आयातमा लाग्ने भन्सार शुल्क वृद्धि गर्ने घोषणा

। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दक्षिण कोरियाली सामानको आयातमा लाग्ने भन्सार शुल्क वृद्धि गर्ने घोषणा गरेका छन् ।

१५ प्रतिशतबाट बढाएर भन्सार शुल्क २५ प्रतिशत पुर्‍याउने ट्रम्पको घोषणा छ ।




दक्षिण कोरियाली व्यवस्थापिकाले गत वर्ष वासिङ्टनसँग भएको व्यापार सम्झौता अनुमोदन गर्न ढिलाइ गरेको भन्दै ट्रम्पले यो कदम चालेका हुन् ।

सामाजिक सञ्जाल ट्रुथ सोसलमार्फत निर्णय सार्वजनिक गर्दै ट्रम्पले भनेका छन्, ‘विशेषगरी गाडी, काठजन्य सामग्री र औषधि लगायत अन्य सबै आयातित वस्तुहरूमा भन्सार वृद्धि हुनेछ ।’




ट्रम्पको यस घोषणाले अमेरिका र दक्षिण कोरियाबीचको दरिलो सम्बन्धलाई तनावपूर्ण बनाएको छ । खासमा यो तनाव सन् २०२५ जुलाइमा तय भएको र अक्टोबरमा सम्पन्न भएको ट्रम्पको सियोल भ्रमणका क्रममा पुन: पुष्टि गरिएको व्यापार खाकाबाट सुरु भएको हो ।

उक्त सम्झौता अनुसार वासिङ्टन दक्षिण कोरियाली सामानमा लाग्ने भन्सार शुल्क २५ प्रतिशतबाट १५ प्रतिशतमा झार्न सहमत भएको थियो । सियोलले पनि अमेरिकी सेमिकन्डक्टर, जहाज निर्माण र बायोटेक जस्ता रणनीतिक क्षेत्रहरूमा ३५० अर्ब डलर लगानी गर्ने वाचा गरेको थियो ।

अमेरिकाले आफ्नो तर्फबाट शुल्क घटाउने प्रक्रिया अघि बढाए पनि दक्षिण कोरियाको संसद्मा भने यो सम्झौता नोभेम्बरदेखि नै अड्किएको छ ।

‘दक्षिण कोरियाको व्यवस्थापिकाले अमेरिकासँगको सम्झौता पालना गरिरहेको छैन,’ ट्रम्पले लेखेका छन्, ‘हाम्रो ऐतिहासिक व्यापार सम्झौता कोरियाली संसद्ले किन अनुमोदन गरेन ? त्यसैले म अब भन्सार शुल्क बढाउँदैछु ।’

दक्षिण कोरिया अमेरिकाको आठौं ठूलो व्यापारिक साझेदार हो । २५ प्रतिशतको शुल्क वृद्धिले गम्भीर प्रभाव पार्ने अनुमान गरिएको छ । दक्षिण कोरियाले अमेरिका निर्यात गर्ने कुल सामानको करिब २७ प्रतिशत हिस्सा अटोमोबाइलले ओगट्छ । ह्युन्डाइ जस्ता ठूला कम्पनीहरूको आपूर्ति सञ्जालमा यसले ठूलो अवरोध पुर्‍याउन सक्छ ।

दक्षिण कोरियाली मुद्रा वन हालैका दिनहरूमा विश्वव्यापी वित्तीय संकटपछिकै कमजोर अवस्थामा पुगेको छ, जसले सियोललाई अमेरिकामा ठूलो लगानी गर्ने वाचा पूरा गर्न थप गाह्रो बनाएको छ ।

दक्षिण कोरियाको राष्ट्रपति कार्यालयले अमेरिकी तर्फबाट अझै कुनै औपचारिक कूटनीतिक जानकारी प्राप्त नभएको बताएको छ । यद्यपि राष्ट्रिय नीति निर्देशक किम योङ–बिम ले यस विषयमा छलफल गर्न आपतकालीन बैठक आह्वान गरेका छन् ।

विश्लेषकहरूका अनुसार यो कदम ट्रम्प प्रशासनको अधिकतम दबाब दिने रणनीतिको एक हिस्सा हो । विगतका कतिपय धम्कीपूर्ण कदमहरू कार्यान्वयन नभए पनि सन् २०२६ मा विश्वव्यापी बजारका लागि व्यापारिक स्थिरता अझै चुनौतीपूर्ण रहेको यसले संकेत गरेको छ ।

(एजेन्सीहरूको सहयोगमा)

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानको परमाणु कार्यक्रमलाई लिएर सम्झौता गर्न ‘समय सकिँदै गएको’ भन्दै आक्रमण भयावह हुनसक्ने धम्की दिएका छन् । खाडी क्षेत्रमा अमेरिकी सैन्य शक्ति क्रमश: बढ्दै गएको सन्दर्भमा उनले इरानलाई तत्काल वार्तामा आउन आग्रह पनि गरेका छन् । ट्रम्पले अमेरिकाको ठूलो नौसैनिक टोली इरानतर्फ अघि बढिरहेको जानकारी पनि दिएका छन् । यो सैन्य ...
— दक्षिण कोरियाका पूर्वराष्ट्रपति युन सुक योलकी पत्नी किम केओन हीलाई २० महिनाको जेल सजाय भएको छ। विवादास्पद युनिफिकेसन चर्चबाट घुस लिएको अभियोगमा पूर्वप्रथम महिला समेत रहेकी उनलाई बुधबार सियोल केन्द्रीय जिल्ला अदालतले सजाय फैसला सुनाएको बीबीसीले जनाएको छ। ५२ वर्षीया किमले युनिफिकेसन चर्चबाट करिब ५६ हजार अमेरिकी डलर बराबरका उपहार प्राप्त गरेकी थिइन्। उनले लिएको उपहारमा ...
— रुसले युक्रेनको उत्तरीपूर्वी खार्किभ क्षेत्रमा मंगलबार यात्रुवाहक रेलमा ड्रोन आक्रमण गर्दा कम्तीमा ५ जना मारिएका छन् । त्यस्तै केही व्यक्ति घाइते भएका छन् । स्थानीय अधिकारीहरूका अनुसार २०० भन्दा बढी यात्रु यस रेलमा सवार थिए । रेलको एउटा डिब्बामा ड्रोन आक्रमण भएको थियो भने अन्य दुई ड्रोन रेल नजिकै पड्किएका थिए । उक्त डिब्बामा १८ ...
— अमेरिकाका विभिन्न राज्यहरूमा आएको भीषण आँधीका कारण कम्तीमा ३० जनाको मृत्यु भएको छ भने पाँच लाखभन्दा बढी मानिस विद्युत् सेवाबाट वञ्चित भएका छन् । न्यु मेक्सिकोदेखि मेन राज्यसम्म फैलिएको आँधीले भारी हिमपात, चिसो वर्षा, असिना र तेज हावासहित जनजीवन अस्तव्यस्त बनाएको छ । अत्यधिक चिसो आर्कटिक हावाका कारण उद्धार तथा पुनःस्थापना कार्यमा कठिनाइ उत्पन्न भएको ...
— साउदी अरबको प्रिमियम रेसिडेन्सी केन्द्रले दक्ष जनशक्ति भित्र्याउन निजी क्षेत्रका ३ हजार ४ सय ८४ रोजगारदाता संस्थालाई स्वीकृति दिएको छ। ती संस्थामा कार्यरत कर्मचारीहरू आवश्यक मापदण्ड पूरा गरेमा विशेष प्रतिभा प्रिमियम रेसिडेन्सी प्राप्त गर्न योग्य हुनेछन्। ओकाज पत्रिकाका अनुसार यो निर्णय साउदी अरबको दक्ष जनशक्ति भित्र्याउने रणनीतिअन्तर्गत लिइएको हो। विशेष प्रतिभा प्रिमियम रेसिडेन्सी कार्यक्रम वैज्ञानिक, प्रशासनिक ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम