मुख्य समाचार
ट्रम्पले इरानको परमाणु कार्यक्रमलाई लिएर सम्झौता गर्न ‘समय सकिँदै गएको’ भन्दै आक्रमण भयावह हुनसक्ने धम्की
ट्रम्पले इरानको परमाणु कार्यक्रमलाई लिएर सम्झौता गर्न ‘समय सकिँदै गएको’ भन्दै आक्रमण भयावह हुनसक्ने धम्की

। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानको परमाणु कार्यक्रमलाई लिएर सम्झौता गर्न ‘समय सकिँदै गएको’ भन्दै आक्रमण भयावह हुनसक्ने धम्की दिएका छन् । खाडी क्षेत्रमा अमेरिकी सैन्य शक्ति क्रमश: बढ्दै गएको सन्दर्भमा उनले इरानलाई तत्काल वार्तामा आउन आग्रह पनि गरेका छन् ।

ट्रम्पले अमेरिकाको ठूलो नौसैनिक टोली इरानतर्फ अघि बढिरहेको जानकारी पनि दिएका छन् । यो सैन्य टोली भेनेजुएलामा पठाइएकोभन्दा पनि ठूलो भएको ट्रम्पको भनाइ छ ।




यसको जवाफमा इरानका विदेशमन्त्री अब्बास अराघचीले देशका सशस्त्र बल ‘ट्रिगरमा औँला राखेर’ बसेको र जमिन वा समुद्रबाट हुने कुनै पनि आक्रमणको ‘तत्काल र शक्तिशाली’ जवाफ दिने चेतावनी दिएका छन् ।

इरानले आफ्नो परमाणु कार्यक्रम पूर्णत: शान्तिपूर्ण भएको दाबी गर्दै आएको छ । उसले अमेरिका र उसका सहयोगी राष्ट्रहरूले लगाउँदै आएका परमाणु हतियार विकासको आरोपलाई बारम्बार अस्वीकार गर्दै आएको छ ।




इरानी शासन इतिहासमै कमजोर अवस्थामा पुगेको दाबी

ट्रम्पको पछिल्लो चेतावनी इरानमा हालै भएको प्रदर्शन दमनसँग पनि जोडिएको छ । इरानी मुद्राको तीव्र अवमूल्यनपछि सुरु भएका प्रदर्शनहरू केही दिनमै धार्मिक नेतृत्वको वैधतामाथि प्रश्न उठ्ने स्तरसम्म पुगेका थिए । यस क्रममा सुरक्षा बलको कडा कारबाही भएको बताइन्छ ।

अमेरिकामा आधारित ह्युमन राइट्स एक्टिभिस्ट्स न्युज एजेन्सीका अनुसार गत डिसेम्बर अन्त्यदेखि सुरु भएको अशान्तिमा ६ हजार ३ सयभन्दा बढीको मृत्यु भइसकेको छ । तीमध्ये करिब ५ हजार ९ सय प्रदर्शनकारी रहेको दाबी छ । इन्टरनेट बन्द गरिएका कारण प्राप्त १७ हजार थप मृत्युको विवरण अझै पुष्टि हुँदै गरेको पनि सो संस्थाले जनाएको छ ।

नर्वेमा आधारित इरान ह्युमन राइट्सले भने मृतकको संख्या २५ हजार नाघ्न सक्ने चेतावनी दिएको छ ।

भयावह आक्रमण गर्ने अमेरिकाको चेतावनी

यसैबीच अमेरिकी विदेशमन्त्री मार्को रुबियोले सिनेटको वैदेशिक सम्बन्ध समितिमा बोल्दै इरानी शासन इतिहासमै कमजोर अवस्थामा पुगेको बताएका छन् । उनका अनुसार अर्थतन्त्र धराशायी भएकाले सरकारसँग प्रदर्शनकारीको मुख्य गुनासो सम्बोधन गर्ने क्षमता छैन ।

तर ट्रम्पको पछिल्लो अभिव्यक्ति मुख्यत: परमाणु कार्यक्रममै केन्द्रित देखिएको बीबीसीले जनाएको छ । उनले सामाजिक सञ्जाल ट्रुथ सोसलमा ‘इरान चाँडै वार्तामा आएर निष्पक्ष सम्झौता गरोस्, परमाणु हतियार होइन’ लेखेका छन् ।

उनले खाडीमा तैनाथ अमेरिकी सैन्य शक्ति आवश्यक परे तीव्र र हिंसात्मक ढंगले मिशन पूरा गर्न तयार रहेको बताएका छन् । साथै, गत जुनमा इरानी परमाणु केन्द्रमाथि गरिएका अमेरिकी आक्रमणको स्मरण गराउँदै अर्को आक्रमण अझै भयावह हुने चेतावनी समेत दिएका छन् ।

इरानले भन्यो– निष्पक्ष परमाणु सम्झौताका लागि तयार

ट्रम्पको चेतावनीप्रति प्रतिक्रिया दिँदै इरानी विदेशमन्त्री अराघचीले भने इरान सधैं ‘बराबरी र दबाबरहित वातावरणमा निष्पक्ष परमाणु सम्झौता’ का लागि तयार रहेको बताएका छन् । उनले शान्तिपूर्ण परमाणु प्रविधिमा इरानको अधिकार सुनिश्चित हुने र परमाणु हतियार नहुने सम्झौता स्वीकार्य हुने स्पष्ट पारे ।

इरानका उप–विदेशमन्त्री काजेम घारिबाबादीले भने अमेरिका–इरानबीच औपचारिक वार्ता सुरु नभएको, तर सन्देशहरूको आदानप्रदान भने भइरहेको जानकारी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दक्षिण कोरियाली सामानको आयातमा लाग्ने भन्सार शुल्क वृद्धि गर्ने घोषणा गरेका छन् । १५ प्रतिशतबाट बढाएर भन्सार शुल्क २५ प्रतिशत पुर्‍याउने ट्रम्पको घोषणा छ । दक्षिण कोरियाली व्यवस्थापिकाले गत वर्ष वासिङ्टनसँग भएको व्यापार सम्झौता अनुमोदन गर्न ढिलाइ गरेको भन्दै ट्रम्पले यो कदम चालेका हुन् । सामाजिक सञ्जाल ट्रुथ सोसलमार्फत निर्णय सार्वजनिक गर्दै ट्रम्पले ...
— दक्षिण कोरियाका पूर्वराष्ट्रपति युन सुक योलकी पत्नी किम केओन हीलाई २० महिनाको जेल सजाय भएको छ। विवादास्पद युनिफिकेसन चर्चबाट घुस लिएको अभियोगमा पूर्वप्रथम महिला समेत रहेकी उनलाई बुधबार सियोल केन्द्रीय जिल्ला अदालतले सजाय फैसला सुनाएको बीबीसीले जनाएको छ। ५२ वर्षीया किमले युनिफिकेसन चर्चबाट करिब ५६ हजार अमेरिकी डलर बराबरका उपहार प्राप्त गरेकी थिइन्। उनले लिएको उपहारमा ...
— रुसले युक्रेनको उत्तरीपूर्वी खार्किभ क्षेत्रमा मंगलबार यात्रुवाहक रेलमा ड्रोन आक्रमण गर्दा कम्तीमा ५ जना मारिएका छन् । त्यस्तै केही व्यक्ति घाइते भएका छन् । स्थानीय अधिकारीहरूका अनुसार २०० भन्दा बढी यात्रु यस रेलमा सवार थिए । रेलको एउटा डिब्बामा ड्रोन आक्रमण भएको थियो भने अन्य दुई ड्रोन रेल नजिकै पड्किएका थिए । उक्त डिब्बामा १८ ...
— अमेरिकाका विभिन्न राज्यहरूमा आएको भीषण आँधीका कारण कम्तीमा ३० जनाको मृत्यु भएको छ भने पाँच लाखभन्दा बढी मानिस विद्युत् सेवाबाट वञ्चित भएका छन् । न्यु मेक्सिकोदेखि मेन राज्यसम्म फैलिएको आँधीले भारी हिमपात, चिसो वर्षा, असिना र तेज हावासहित जनजीवन अस्तव्यस्त बनाएको छ । अत्यधिक चिसो आर्कटिक हावाका कारण उद्धार तथा पुनःस्थापना कार्यमा कठिनाइ उत्पन्न भएको ...
— साउदी अरबको प्रिमियम रेसिडेन्सी केन्द्रले दक्ष जनशक्ति भित्र्याउन निजी क्षेत्रका ३ हजार ४ सय ८४ रोजगारदाता संस्थालाई स्वीकृति दिएको छ। ती संस्थामा कार्यरत कर्मचारीहरू आवश्यक मापदण्ड पूरा गरेमा विशेष प्रतिभा प्रिमियम रेसिडेन्सी प्राप्त गर्न योग्य हुनेछन्। ओकाज पत्रिकाका अनुसार यो निर्णय साउदी अरबको दक्ष जनशक्ति भित्र्याउने रणनीतिअन्तर्गत लिइएको हो। विशेष प्रतिभा प्रिमियम रेसिडेन्सी कार्यक्रम वैज्ञानिक, प्रशासनिक ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम