मुख्य समाचार
पपस्टार कान्ये वेस्टले आफूले दिएको नाजीवादी अभिव्यक्तिलाई लिएर माफी मागेका छन्
पपस्टार कान्ये वेस्टले आफूले दिएको नाजीवादी अभिव्यक्तिलाई लिएर माफी मागेका छन्

। पपस्टार कान्ये वेस्टले आफूले दिएको नाजीवादी अभिव्यक्तिलाई लिएर माफी मागेका छन् । सोमबारको ‘वाल स्ट्रिट जर्नल’ मा पूरा एक पानाको विज्ञापन नै छापेर आफ्ना कुराहरू राखेका छन् ।

ग्रामी विजेता गायकले सो विज्ञापनमा एउटा लामो माफीनामा लेखेका छन् । पछिल्ला वर्षमा उनले सामाजिक सञ्जालमार्फत यहुदी समुदायमाथि गरेको प्रहार र ‘नाजीवाद’ को समर्थन गरेकोमा पछुतो मान्दै माफी मागेका हुन् ।


उनले आफ्नो पत्रको सुरुवात सन् २००२ को एउटा कार दुर्घटनामा भएको चोटको विवरण दिएर गरेका छन् । उनका अनुसार, सो दुर्घटनामा टाउकोको अगाडिको भागमा चोट लागेकै कारण उनलाई ‘बाइपोलर टाइप–१’ (एक प्रकारको मानसिक स्वास्थ्य अवस्था) भएको थियो ।

उनले अगाडि लेखेका छन् कि त्यही रोगको आवेगमा आएर ‘मैले सबैभन्दा विनाशकारी प्रतीक खोजेँ र ‘स्वास्तिक’ (नाजी चिन्ह) तिर आकर्षित हुन पुगेँ ।’




उनी अघि लेख्छन्, ‘म वास्तविक संसारबाट टाढिएको थिएँ । मैले आफ्नो समस्यालाई जति धेरै बेवास्ता गर्दै गएँ, कुराहरू त्यति नै बिग्रिँदै गए । मैले त्यस्ता कुराहरू बोलेँ र गरेँ, जसको मलाई अहिले भित्री मनदेखि नै ठूलो पछुतो छ ।’

“पावर’ र “आई लभ कान्ये’ जस्ता हिट गीतका ४८ वर्षीय यी गायक सधैँजसो विवादमा त परिरहन्थे, तर सन् २०२२ को अन्त्यतिरबाट कुरा अलि बढी नै बिग्रियो । उनले सामाजिक सञ्जालमा ‘ह्वाइट सुप्रिमेसी’ (गोराहरूको सर्वोच्चता) को समर्थन गर्ने, एडोल्फ हिटलरको तारिफ गर्ने र यहुदी समुदायलाई हिंसाको धम्की दिने गर्न थालेपछि चौतर्फी आलोचना हुन थाल्यो ।

यो सबैका कारण उनको व्यवसाय र काममा निकै ठूलो धक्का लाग्यो । तर पनि उनी रोकिएनन् । सन् २०२५ मा उनले नाजी चिन्ह भएको टिसर्ट बेचे र ‘हेल हिटलर’ भन्ने गीत नै निकाले । त्यति मात्र होइन, गत वर्ष परेको एउटा मुद्दाका अनुसार उनले आफ्नै एक यहुदी कर्मचारीलाई आफू “नाजी’ भएको बताएका थिए र आफ्नो तुलना हिटलरसँग गरेका थिए ।

“मैले जसलाई सबैभन्दा धेरै माया गर्थेँ, उनीहरूलाई नै सबैभन्दा नराम्रो व्यवहार गरेँ । तपाईंहरूले डर, अन्योल र अपमान सहनुभयो । कहिलेकाहीँ त चिन्नै नसकिने बनेको मान्छेलाई माया गर्दागर्दै तपाईंहरू थाकिसक्नुभएको थियो । अहिले पछाडि फर्केर हेर्दा लाग्छ, म आफ्नै वास्तविक स्वभावबाट निकै टाढा पुगिसकेको रहेछु ।’

गायक वेस्ट भन्छन् कि मानसिक समस्याले गर्दा उनले कतिपय गलत निर्णय लिए र लापरवाहीपूर्ण व्यवहार गरे, जसमध्ये केही कुराहरू त उनलाई अहिले याद समेत छैन । उनले आफू “नाजी वा यहुदी विरोधी’ नभएको दाबी गर्दै अबका दिनमा आफ्नो गल्तीको जिम्मेवारी लिने, उपचार गर्ने र आफूलाई सुधार्ने प्रतिबद्धता जनाएका छन् ।

साथै, वेस्टले ‘ब्ल्याक कम्युनिटी’ (अश्वेत समुदाय) सँग पनि माफी मागेका छन् । उनले लेखेका छन्, “यो समुदाय नै मेरो अस्तित्वको जग हो ।’

‘गत वर्षको सुरुतिर मैले ४ महिनासम्म एउटा यस्तो मानसिक अवस्था भोगेँ, जहाँ मलाई शंका लाग्ने, छिटो आवेगमा आउने र अस्वभाविक व्यवहार गर्ने समस्या भयो । यसले मेरो जीवन नै तहसनहस बनाइदियो । त्यो समयमा कतिपय क्षणहरू यस्ता पनि आए, जब मलाई यो संसारमा बाँच्नै मन थिएन ।’

वेस्टले अगाडि भनेका छन् कि जब उनी जीवनको सबैभन्दा खराब मोडमा पुगे, तब श्रीमती बियान्का सेन्सरीको हौसलाले उनले उपचार खोज्न थाले । उनले रेडिटजस्ता प्लेटफर्ममा पनि मनको शान्ति भेटेको बताएका छन्, जहाँ अन्य प्रयोगकर्ताले पनि मानसिक उतारचढावका आफ्ना अनुभवहरू सेयर गर्ने गर्छन् ।

उनका अनुसार अब उनी औषधी, थेरापी, कसरत र एउटा ‘सफा र व्यवस्थित जीवनशैली’ मार्फत आफ्नो सोचमा स्पष्टता ल्याउँदै अघि बढ्दैछन् । अब उनको पूरा ध्यान संगीत, कपडा र अन्य व्यवसायमार्फत ‘संसारलाई मद्दत पुग्ने खालका राम्रा र अर्थपूर्ण कामहरू’ मा रहेको पनि उनले बताएका छन् । उनले भनेका छन्, “म कसैको सहानुभूति वा सजिलै माफी पाउनका लागि यो भनिरहेको छैन, बरु म आफैँलाई सुधार्ने प्रयासमा रहँदा तपाईँहरूबाट अलिकति धैर्यता र क्षमाको आशा राख्छु ।’

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: बलिउड अभिनेता आमिर खानका भान्जा तथा एक्टर इमरान खानलाई भारतको फरेनर्स रिजनल रजिष्ट्रेशन अफिसले नोटिस जारी गर्दै आगामी अक्टोबर २८ भित्र देश छाड्न निर्देशन दिएको छ। मुख्य निर्वाचन आयुक्त ज्ञानेश कुमारविरुद्ध आयोजना गरिएको एक राजनीतिक विरोध प्रदर्शनमा सहभागी भई 'फरेनर्स एक्ट' (विदेशी सम्बन्धी ऐन) को उलंघन गरेको आरोपमा उनीमाथि यो कारबाही अघि बढाइएको हो। यो मामला ...
: भारतीय सिनेमाका वरिष्ठ तथा बहुप्रतिभावान अभिनेता नाना पाटेकर (विश्वनाथ पाटेकर) को ७५ वर्षको उमेरमा निधन भएको छ। भारतको गोवास्थित डोना पाउला क्षेत्रमा रहेको आफ्नै निवासमा बेहोस अवस्थामा भेटिएपछि उनलाई तत्काल अस्पताल लगिएको भए पनि चिकित्सकहरूले मृत घोषणा गरेका थिए। अस्पतालका डाक्टरहरूले उनलाई होसमा ल्याउन करिब ४५ मिनेटसम्म लगातार सीपीआर दिएर बचाउने कोसिस गरे पनि कुनै ...
। लोकप्रिय नेपाली पप ब्यान्ड ‘मंगोलियन हार्ट’ तीन दशकपछि युरोप भ्रमणमा निस्कने भएको छ । ‘मंगोलियन हार्ट युरोप मिनी टूर २०२६’ अन्तर्गत ब्यान्डले ४ देशमा प्रत्यक्ष सांगीतिक प्रस्तुति दिनेछ । फोर ब्रदर्स इभेन्ट म्यानेजमेन्टको व्यवस्थापनमा टूर हुन लागेको हो । ब्यान्डको ८ सदस्यीय टोली २४ सेप्टेम्बरमा त्यसतर्फ प्रस्थान गर्ने कार्यक्रम छ । टोलीको लिड भोकलिस्टमा राजु लामा, ...
। के-पप समूह ‘स्ट्रे किड्स’ का सदस्य ब्याङ चानले २० करोड वन (१ लाख ४४ हजार २९५ अमेरिकी डलर) दान गरेका छन् । यो रकम दक्षिण कोरियामा पुनर्स्थापना उपचार र नेपालमा गएको भीषण बाढीपछिको पुनर्लाभका कार्यमा प्रयोग हुने जेवाईपी इन्टरटेनमेन्टले शनिबार जनाएको छ । ब्याङ चानले सोल पुनस्र्थापना अस्पताल र युनिसेफका लागि कोरियाली समितिलाई १०-१० करोड ...
। गायक एड सिरनले आफ्नो पछिल्लो सांगीतिक कार्यक्रममा मञ्चमा एक्लै उपस्थित भएर आफ्ना समर्थकहरूसँग माफी मागेका छन्। प्यालेस्टाइनको पक्षमा वक्तव्य दिएका अमेरिकी र्‍यापर म्याकलमोरलाई टुर प्रोग्रामबाट हटाइएपछि सिर्जित विवादलाई सम्बोधन गर्दै उनले केही ‘गल्ती’ भएको स्वीकारेका छन्। सिरनले भने, ‘म कहिल्यै पनि राजनीतिक रूपमा सक्रिय संगीतकार बन्न चाहन्नथेँ। यो घटनाले मलाई वाक् स्वतन्त्रता र विश्वकै सबैभन्दा जटिल ...