मुख्य समाचार
पपस्टार कान्ये वेस्टले आफूले दिएको नाजीवादी अभिव्यक्तिलाई लिएर माफी मागेका छन्
पपस्टार कान्ये वेस्टले आफूले दिएको नाजीवादी अभिव्यक्तिलाई लिएर माफी मागेका छन्

। पपस्टार कान्ये वेस्टले आफूले दिएको नाजीवादी अभिव्यक्तिलाई लिएर माफी मागेका छन् । सोमबारको ‘वाल स्ट्रिट जर्नल’ मा पूरा एक पानाको विज्ञापन नै छापेर आफ्ना कुराहरू राखेका छन् ।

ग्रामी विजेता गायकले सो विज्ञापनमा एउटा लामो माफीनामा लेखेका छन् । पछिल्ला वर्षमा उनले सामाजिक सञ्जालमार्फत यहुदी समुदायमाथि गरेको प्रहार र ‘नाजीवाद’ को समर्थन गरेकोमा पछुतो मान्दै माफी मागेका हुन् ।


उनले आफ्नो पत्रको सुरुवात सन् २००२ को एउटा कार दुर्घटनामा भएको चोटको विवरण दिएर गरेका छन् । उनका अनुसार, सो दुर्घटनामा टाउकोको अगाडिको भागमा चोट लागेकै कारण उनलाई ‘बाइपोलर टाइप–१’ (एक प्रकारको मानसिक स्वास्थ्य अवस्था) भएको थियो ।

उनले अगाडि लेखेका छन् कि त्यही रोगको आवेगमा आएर ‘मैले सबैभन्दा विनाशकारी प्रतीक खोजेँ र ‘स्वास्तिक’ (नाजी चिन्ह) तिर आकर्षित हुन पुगेँ ।’




उनी अघि लेख्छन्, ‘म वास्तविक संसारबाट टाढिएको थिएँ । मैले आफ्नो समस्यालाई जति धेरै बेवास्ता गर्दै गएँ, कुराहरू त्यति नै बिग्रिँदै गए । मैले त्यस्ता कुराहरू बोलेँ र गरेँ, जसको मलाई अहिले भित्री मनदेखि नै ठूलो पछुतो छ ।’

“पावर’ र “आई लभ कान्ये’ जस्ता हिट गीतका ४८ वर्षीय यी गायक सधैँजसो विवादमा त परिरहन्थे, तर सन् २०२२ को अन्त्यतिरबाट कुरा अलि बढी नै बिग्रियो । उनले सामाजिक सञ्जालमा ‘ह्वाइट सुप्रिमेसी’ (गोराहरूको सर्वोच्चता) को समर्थन गर्ने, एडोल्फ हिटलरको तारिफ गर्ने र यहुदी समुदायलाई हिंसाको धम्की दिने गर्न थालेपछि चौतर्फी आलोचना हुन थाल्यो ।

यो सबैका कारण उनको व्यवसाय र काममा निकै ठूलो धक्का लाग्यो । तर पनि उनी रोकिएनन् । सन् २०२५ मा उनले नाजी चिन्ह भएको टिसर्ट बेचे र ‘हेल हिटलर’ भन्ने गीत नै निकाले । त्यति मात्र होइन, गत वर्ष परेको एउटा मुद्दाका अनुसार उनले आफ्नै एक यहुदी कर्मचारीलाई आफू “नाजी’ भएको बताएका थिए र आफ्नो तुलना हिटलरसँग गरेका थिए ।

“मैले जसलाई सबैभन्दा धेरै माया गर्थेँ, उनीहरूलाई नै सबैभन्दा नराम्रो व्यवहार गरेँ । तपाईंहरूले डर, अन्योल र अपमान सहनुभयो । कहिलेकाहीँ त चिन्नै नसकिने बनेको मान्छेलाई माया गर्दागर्दै तपाईंहरू थाकिसक्नुभएको थियो । अहिले पछाडि फर्केर हेर्दा लाग्छ, म आफ्नै वास्तविक स्वभावबाट निकै टाढा पुगिसकेको रहेछु ।’

गायक वेस्ट भन्छन् कि मानसिक समस्याले गर्दा उनले कतिपय गलत निर्णय लिए र लापरवाहीपूर्ण व्यवहार गरे, जसमध्ये केही कुराहरू त उनलाई अहिले याद समेत छैन । उनले आफू “नाजी वा यहुदी विरोधी’ नभएको दाबी गर्दै अबका दिनमा आफ्नो गल्तीको जिम्मेवारी लिने, उपचार गर्ने र आफूलाई सुधार्ने प्रतिबद्धता जनाएका छन् ।

साथै, वेस्टले ‘ब्ल्याक कम्युनिटी’ (अश्वेत समुदाय) सँग पनि माफी मागेका छन् । उनले लेखेका छन्, “यो समुदाय नै मेरो अस्तित्वको जग हो ।’

‘गत वर्षको सुरुतिर मैले ४ महिनासम्म एउटा यस्तो मानसिक अवस्था भोगेँ, जहाँ मलाई शंका लाग्ने, छिटो आवेगमा आउने र अस्वभाविक व्यवहार गर्ने समस्या भयो । यसले मेरो जीवन नै तहसनहस बनाइदियो । त्यो समयमा कतिपय क्षणहरू यस्ता पनि आए, जब मलाई यो संसारमा बाँच्नै मन थिएन ।’

वेस्टले अगाडि भनेका छन् कि जब उनी जीवनको सबैभन्दा खराब मोडमा पुगे, तब श्रीमती बियान्का सेन्सरीको हौसलाले उनले उपचार खोज्न थाले । उनले रेडिटजस्ता प्लेटफर्ममा पनि मनको शान्ति भेटेको बताएका छन्, जहाँ अन्य प्रयोगकर्ताले पनि मानसिक उतारचढावका आफ्ना अनुभवहरू सेयर गर्ने गर्छन् ।

उनका अनुसार अब उनी औषधी, थेरापी, कसरत र एउटा ‘सफा र व्यवस्थित जीवनशैली’ मार्फत आफ्नो सोचमा स्पष्टता ल्याउँदै अघि बढ्दैछन् । अब उनको पूरा ध्यान संगीत, कपडा र अन्य व्यवसायमार्फत ‘संसारलाई मद्दत पुग्ने खालका राम्रा र अर्थपूर्ण कामहरू’ मा रहेको पनि उनले बताएका छन् । उनले भनेका छन्, “म कसैको सहानुभूति वा सजिलै माफी पाउनका लागि यो भनिरहेको छैन, बरु म आफैँलाई सुधार्ने प्रयासमा रहँदा तपाईँहरूबाट अलिकति धैर्यता र क्षमाको आशा राख्छु ।’

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
अहिलेको समयमा सर्वाधिक लोकप्रिय भारतीय गायकहरूमध्येका एक हुन्, अरिजीत सिंह । उनले आफ्नो सांगीतिक करियरमा कैयौँ सुपरहिट गीतहरू दिएका छन् । चलचित्र गायनमा त उनले कब्जा नै जमाएका छन्। तर हिजो मंगलबार साँझ अकस्मात् उनले चलचित्र गायन अब रोक्ने घोषणा गरे । सामाजिक सञ्जालमार्फत गरेको उनको त्यस्तो घोषणापछि फ्यानहरू अचम्ममा परे । किन ? भनेर प्रश्नहरू ...
४ वर्षको पर्खाइपछि चर्चित के-पप ब्यान्ड बीटीएस सांगीतिक टूरमा फर्कदैछ । अहिले यो टूरको टिकटलाई यति धेरै मारामार भएको छ कि मेक्सिकोकी राष्ट्रपतिले नै दक्षिण कोरियाली समकक्षीलाई आफ्नो देशमा अझै शो थपिदिन अनुरोध गरेकी छिन् । मेक्सिकोकी राष्ट्रपति क्लाउडिया सेनबाउमले सोमबार भनिन्, ‘मैले कोरियाका राष्ट्रपतिलाई चिठी त लेखेकी छु… अहिलेसम्म जवाफ त आएको छैन, तर आशा ...
। राष्ट्रियसभा अन्तर्गतको विधायन व्यवस्था समितिले चलचित्र विधेयक पारित गरेको छ । सिंहदरबारमा सोमबार बसेको समिति बैठकले चलचित्र विधेयक, २०८१ को मस्यौदा प्रतिवेदनमा छलफल गदै पारित गरेको हो । चलचित्र विधेयक, २०८१ सम्बन्धी समितिको प्रतिवेदन मंगलबार बस्ने राष्ट्रियसभा बैठकमा पेश गर्ने कार्यसूची रहेको छ । बैठकमा कानून, न्याय तथा संसदीय मामिला मन्त्री अनिलकुमार सिन्हाले चलचित्र क्षेत्रलाई सामाजिक, सांस्कृतिक ...
। कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अनिलकुमार सिन्हाले स्वदेशी चलचित्रको विकास, विस्तार र प्रवर्द्धन हुनेगरी सो सम्बन्धी कानुन परिमार्जन गर्न लागिएको बताएका छन् । सोमबार सिंहदरबारमा बसेको संघीय संसद राष्ट्रिय सभा अन्तर्गतको विधायन व्यवस्थापन समितिको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन् । मन्त्री सिन्हाले चलचित्र सम्बन्धि प्रचलित कानुनलाई परिमार्जनका लागि सांसदहरूले गरेका विमर्शले सिंगै देशको चाहनालाई प्रतिबिम्बित ...
— साहसिक जलयात्राका लागि विश्वकै उत्कृष्ट नदीनालामध्ये सातौं स्थानमा सूचीकृत भोटेकोशी र सुनकोशी नदी क्षेत्रमा हिउँदयाममै पर्यटकको चहलपहल लागेको छ। सिन्धु सुकुटे पर्यटन व्यवसायी संघका अध्यक्ष महेन्द्रसिं थापाकाअनुसार यहाँ कठ्याग्रिदो चिसोका बाबजुद नदीमा र्‍याफ्टिङ गर्ने आन्तरिक तथा विदेशी पर्यटक तानिएका छन् । बिहानदेखि नदीको छालसँग लुकामारी खेल्दै अघि बढ्ने र्‍याफबोट र साँझ अरनिको राजमार्गसँगै देखिने टेन्ट ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम